-->
तृणमूल कङ्ग्रेसले बन्दलाई सफल हुन नदिने

तृणमूल कङ्ग्रेसले बन्दलाई सफल हुन नदिने

डी के वाइबा, कालिमन्युज, कालेबुङ 26 सितम्बर 2016। गोर्खा जनमुक्ति मोर्चाले एकातिर बन्दलाई सफल पार्न कार्यकर्ताहरू सडकमा उतार्ने घोषणा गरेको छ भने त्यहीँ बन्दलाई दार्जीलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेसले सय प्रतिशत विफल पार्ने चुनौति दिएको छ। जसको कारण उक्त बन्दको अवधी पहाडको वातावरण संघर्षपूर्ण हुन सक्ने सम्भावना पनि बढेर गएको छ। 
बन्दलाई लिएर आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै दार्जीलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेसका कार्यकारी अध्यक्ष छेवाङ भोटियाले उक्त बन्दलाई तृणमूल कङ्ग्रेसले विफल पार्ने चुनौति दिएका छन्। “मोर्चाले डाकेको बन्दको हिल तृणमूलले विरोध जनाउँछ। यो बन्द आन्दोलन होइन। सरकारले आवण्टित गरेको पैसाको हिसाब दिन नसकेको कारण नै बन्द डाकिएको हो। यसकारण यहाँ बन्द डाक्नु कुनै औचित्य नै छैन। जसको हामी विरोध गर्दछौँ’ छेवाङ भोटियाले भने। 
उनले बन्दअवधि यहाँका सम्पूर्ण शैक्षिक संस्थान, व्यापारिक प्रतिष्ठान यातायात सबै सामान्य राखिदिने अपिल पनि गरेका छन्। उनले यदि बन्दको नाममा कसैलाई पनि बलजफ्ति बन्द गर्न लगाइन्छ भने त्यसको सहन नगरिने अनि त्यसदिन कुनैपनि अप्रिय घटना भए मोर्चा जिम्मेवार बन्नुपर्ने चेतावनी दिएका छन्। 
यसक्रममा गोजमुमोले डाकेको बन्दलाई विरोध जनाउन तृणमूल कङ्ग्रेसले मङ्गलबार शहरमा ऱ्याली निकाल्ने जानकारी भोटियाले दिए। सूत्रमार्फत प्राप्त जानकारी अनुसार उक्त कार्यक्रममा सम्भवत राज्यका एकजना मन्त्रीले पनि सहभागिता जनाउन सक्नेछन्। 
अर्कोतिर हिल तृणमूलका युवा कार्यकारी अध्यक्ष प्रणय थुलुङले पनि पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यले 4 हजार करोड रूपियाँको हिसाब दिइसकेकोले उक्त बन्द औचित्यहिन रहेको बताए। यसरी नै दलका राज्य समिति सदस्य सीपी खतिवडाले पनि उक्त दिन हरेक क्षेत्रमा मोर्चालाई असहयोग गरेर बन्द विफल बनाइदिन अनुरोध गरे।

0 Response to "तृणमूल कङ्ग्रेसले बन्दलाई सफल हुन नदिने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.