-->
बनवासीको समस्याबारे जाप टोलिको अधिकारीसँग भेट

बनवासीको समस्याबारे जाप टोलिको अधिकारीसँग भेट

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 21 जून। बनबस्ती क्षेत्रका मानिसहरूले भोग्न परिरहेको विविध समस्याहरूलाई लिएर जन आन्दोलन पार्टीको बनबस्ती संगठनले पश्चिम बंगाल बन विकास निगमका कालेबुङ डिभिजलन म्यानेजरसित भेटघाट गरेको छ।
जाप गोरूबथान खण्ड ब्यूरो सदस्य प्रमोद छेत्रीको नेतृत्वमा रहेको टोलिले डिभिजलन म्यानेजरसित भेटघाट गरेर विविध समस्याबारे कुराकानी गरेका छन्। उक्त भेटघाटपछि पत्रकारहरूलाई सम्बोधन गर्दै बनबस्तीवासीहरूको निम्ति केन्द्र सरकारले पारित गरेको बन अधिकार ऐन 2006 अहिलसम्म जीटीए क्षेत्रमा लागु नभएकोमा संगठनको पक्षबाट चर्चा गरिएको प्रमोद छेत्रीले जानकारी गराए। 
बन विभागका डीएम समीर गजमेरले उपरोक्त ऐनमाथि विभागीय काम भइरहेको जानकारी दिएको पनि छेत्रीले जानकारी गराएका छन्। उक्त भेटघाटको क्रममा प्रतिनिधी टोलिले बनबस्ती क्षेत्रको विकासको निम्ति विभागबाट प्राप्त हुने एफडीएफ कोष, बनबस्तीवासीले पाउनु पर्ने घर, शौचालय आदि माथि पनि चर्चा भएको छेत्रीले बताएका छन्। 
यसक्रममा टोलिले अहिलेसम्म बनबस्ती क्षेत्रमा सरकारद्वारा प्रायोजित गीताञ्जली घर सम्बन्धि पनि कुराकानी भएको थियो। बनबस्तीमा खेतीबारी गर्दा जङ्गली जानवरहरूले खेती नष्ट गर्ने गरेकोले बनवासीको निम्ति वैकल्पिक खेतीबारे पनि बैठकमा चर्चा गरिएको थियो । 
दैनिक हाजिरामा काम गर्नहरूको निम्ति एउटै पारिश्रमिकमा समानता ल्याउने विषयमाथि पनि चर्चा भएको छेत्रीले पत्रकारहरूलाई बताए।

Related Posts

0 Response to "बनवासीको समस्याबारे जाप टोलिको अधिकारीसँग भेट "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.