-->
जनजातिको मागमा एकत्रित हुँदै मगर समुदाय

जनजातिको मागमा एकत्रित हुँदै मगर समुदाय

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 21 जून। जनजातिको मान्यता प्राप्त गर्नका निम्ति मगर समुदाय एकत्रित भएर कार्य अघि बडाइरहेका छन्। मगर परिवारले सबै मगर समुदायलाई एकत्रित गर्दै जनजातिको मागलाई अघि बढाउने कार्यलाई अघि बडाएको छ।
आजसम्म छुट्टा छुट्टै संस्थामा रहेर कार्य गर्दै आइरहेका सबै मगर जातिका संघ-संस्थाहरूलाई जनजातिको मान्यता प्राप्तिका निम्ति मगर परिवारले पहल गरेको हो। यसभन्दा अघि मगर समुदाय अन्तर्गतका अखिल भारतीय मगर सङ्घ, नव मगर सङ्घले आ-आफ्नै स्तरमा कार्य गर्दै आएको थियो भने हाल दुवै सङ्गठनलाई एत्रत्रित गर्न मगर परिवारले पहल गरेको हो। 
जनजातिको मान्यता प्राप्तिकै निम्ति पहल गर्न आज मगर परिवारको आयोजनामा स्थानीय छिबोबस्ती स्थित मगर नमुना घरमा एक सभा सम्पन्न भएको थियो। मगर परिवारका सदस्यहरूसितै छिबोबस्ती मगर गाउँका मानिसहरूलाई लिएर आयोजना गरिएको सभामा वक्ताहरूले सबै मगर समुदायलाई जनजातिको निम्ति एक हुनुपर्ने आह्वान गरे।
अमर बहादुर थापाको अध्यक्षतामा सम्पन्न सभालाई राजेश थापा, एसबी राणा, अनिलचन्द्र राणा, दीप थापा, ममता थापा आदिले सम्बोधन गरेका थिए। 
जनजातिको मान्यता नपाएको कारण हाल मगरहरू शिक्षा साथै विभिन्न सहुलियतहरूबाट वञ्चित भइरहेको बताउँदै दीप थापाले अब सबैलाई एकत्रित पार्न मगर परिवारले महाअधिवेशनको आयोजना गर्ने बताउँदै सबै मगर समुदाय एकबद्ध भएर कार्य गर्नुपर्ने आह्वान गरे।

Related Posts

0 Response to "जनजातिको मागमा एकत्रित हुँदै मगर समुदाय"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.