-->
विधानसभामा जनताको आवाज उठाउनेछु  - सरिता राई

विधानसभामा जनताको आवाज उठाउनेछु - सरिता राई

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 19 मई। कडा प्रतिद्वन्दिता हुदा हुदै पनि गोर्खा जनमुक्ति मोर्चा प्रार्थी सरिता राईले विजय हासिल गरेपछि खुशी व्यक्त गर्दै सम्पूर्ण जनतालाई बधाई सँगै धन्यवाद दिएका छन्।
उनले विजय पछि पत्रकारहरूलाई सम्बोधन गर्दै जनतालाई शान्ति बनाएर राख्ने अपिल गरिन्। यसक्रममा उनले विजयी भएपछि अब कालेबुङका जनताको हितमा विधानसभामा कार्य गर्ने बताउँदै ‘जनताले विजय बनाएर पठएपछि अब जनताको हितमा कार्य गर्नेछु’ भनिन्। 
उनले कालेबुङ जिल्लाको मुद्दालाई गोजमुमोले कहिल्यै विरोध नगरेको दाबी गर्दै पूर्व विधायक डा. छेत्रीले जिल्लाको मुद्दा कहाँ पुर्‍याए त्यँहादेखि त्यसलाई अघि बडाएर पारित गर्ने कार्य गर्ने दाबी गरिन्। 
‘विधानसभामा गएर धेरै काम गर्न बाँकी छ। सबै कार्यहरू गर्नेछु। जिल्लाको मुद्दालाई पारित गर्ने कार्य पनि गर्नेछु’ सरिता राईले भनिन्। उनले राजनैतिक शिष्टता अप्नाउँदै नजिकका प्रतिद्वद्वि डा. छेत्रीलाई आफ्नो शुभकामना व्यक्त गरिन्।

0 Response to "विधानसभामा जनताको आवाज उठाउनेछु - सरिता राई"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.