-->
जापले हारेर पनि जितेको छ – डा. हर्कबहादुर छेत्री

जापले हारेर पनि जितेको छ – डा. हर्कबहादुर छेत्री

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 19 मई। विधानसभा चुनावमा मोर्चा विरूद्ध 11,431 भोटले पराजित भएका जाप अध्यक्ष डा. हर्कबहादुरले ‘जापले हारेर पनि जितेको छ’ भनेका छन्। उनले पार्टी गठन भएको छोटो समयमा पहाडको 9 वर्ष पुरानो राजनैतिक दल गोजमुमोलाई कडा चुनौति दिन सकेको बताउँदै चुनाव प्रक्रियामा सन्तुष्ट रहेको मंतव्य व्यक्त गरेका छन्। 
‘पार्टी गठन भएको अढाई महिनामा हामीले 56,262 भोट पाएका छौँ। समग्रमा यो जापको जित हो। हामीले हारेर पनि जितेका छौँ’ डा. छेत्रीले भने। 
यसक्रममा उनले आफूलाई भोट दिने सम्पूर्ण जनतालाई धन्यवाद दिँदै विजयी प्रार्थी सरिता राईलाई पनि वधाई दिएका छन्। कढा चुनावी प्रतिद्वन्दितामाझ हारको सामना गर्नपरेका डा. छेत्रीले अब कालेबुङ जिल्ला गठनको मुद्दालाई अघि बढाउने जिम्मा नयाँ विधायीका सरिता राईको रहेको बताएका छन्। 
‘हामीले एउटा जिल्लाको मुद्दालाई लिएर अघि बढेका थियौँ। यस मुद्दामाथि हामीले काम गर्दैथियौँ। अब यो मुद्दालाई टुङ्गोमा पुऱ्याउने जिम्मेवारी नयाँ विधायिकाको हो’-छेत्रीले भने। 
उनले जनआन्दोलन पार्टी गठन भएको अढाईँ महिनाभित्र चुनाउ लड्नुपर्ने स्थिति रहेको कारण पनि जापले समय कम पाएको बताए। ‘जनआन्दोलन पार्टी फरवरी 2016 मा गठन भएको हो। पार्टी गठन भएको अढाई महिना पनि बित्न नपाइ चुनाउ लड्नुपर्ने बाध्यता आइपरेको थियो। तर यो अढाई महिनाको समयमा 9 वर्षको पार्टीलाई हामीले प्रतिद्वन्तिता गऱ्यौँ। केवल 11 हजारको मार्जिनले हार्नपऱ्यो। यतिको वर्षदेखि सत्तामा रहेको दलसित कम मार्जिनले हार्नु भनेको यो हाम्रो हार होइन जीत हो’-डा. छेत्रीले भने। 
उनले आफूले व्यक्तिगत महत्त्वकांक्षाका निम्ति नभएर कालेबुङको निम्ति चुनाउ लडेको कारण चुनाउ परिणामसित निराश नरहेको बताए। यद्पि उनले हारको जिम्मेवारी लिँदै अडाई महिनाको अवधिमा साङ्गठनिक गतिविधिहरूलाई ठिकसित अघि बढाउनमा केही गल्ती पनि भएको हुनसक्ने बताए। 
डा. छेत्रीलाई लागेको छ अब नयाँ विधायिकाले जिल्लाको मुद्दालाई अघि बढाउने हुन् या होइनन। किनभने गोजमुमो अध्यक्ष विमल गुरूङले कालेबुङ जिल्ला गठन हुँदैन भनेर मेलाग्राउण्डबाट भनिसकेको कारण नै डा. छेत्रीले जिल्लालाई लिएर गोजमुमोको नियतमाथि शङ्का गरेका हुन्। 
विधानसभा चुनाउमा हारको सामना गर्नपरे पनि अब जापले अझ शक्तिशाली र सङ्गठित भएर अघि बढ्ने भएको छ। चाँडै जाप ब्यूरो मेम्बरहरूको सभा गरी जापले चुनाउको समीक्षासितै भावी कार्यक्रमहरू तय गर्नेछ। जापले अब पहाडको हरेक चुनाउमा अङ्शग्रहण गर्ने अनि जनताको कुरा लिएर जनतामा पुग्ने डा. छेत्रीले बताएका छन्। 
यसबाहेक कालेबुङ जिल्लाको मुद्दामा सरकारले अथवा विधायिकी सरिता राईले पनि सहयोगिताको आवश्यकता महशुस गरे हरसम्भव सहयोग गर्ने डा. छेत्रीले बताएका छन्। यद्यपि जिल्लाको मुद्दामा आफूले गर्नुपर्ने काम धेरै कम हुने अनुभव गरिरहेको डा. छेत्रीले बताउदै आवश्यक परेको खण्डमा व्यक्तिगत रूपमा पनि यस मुद्दाको निम्ति काम गर्ने बताए। तथापी पहाडको चुनाउ परिणामको कारण जिल्लाको मुद्दा लम्बिनसक्ने आशय व्यक्त गर्दै छेत्रीले भने, वास्तवमा मोर्चाको निम्ति विधायकको कुनै महत्त्व नै छैन। केवल आफ्नो वर्चस्व देखाउन मात्र मोर्चाले चुनाउ लडेको हो। 
यसपल्ट पुनः राज्यमा तृणमूल कङ्ग्रेसको सरकार बहुमतमा आएको छ। नयाँ सरकार आएपछि जिल्लाको प्रक्रिया अघि बढ्ने सम्भावना थियो। तर जुनप्रकारले दार्जीलिङको चुनाउ परिणाम आएको छ त्यस परिणामको कारण मुख्यमन्त्री ममता व्यानर्जीको मानसिकतामा कस्तो प्रभाव पर्छ अनि उनले कस्तो कदम चाल्ने हुन् भन्ने प्रश्न छ। 
नयाँ विधायिकालाई स्वन्त्र रूपमा काम गर्नदिने अनि आफ्नो वरिपरि ठीक मानिसहरू राखेर ठीक काम गर्ने सुझाउ डा छेत्रीले दिएका छन्। यदि भोलिको दिनमा विमल गरूङले ठीकसित जनताको हितमा काम गर्न नसके उनको चौकी समेत असुरक्षित हुने डा. छेत्रीले चेताउनी दिएका छन्।

0 Response to "जापले हारेर पनि जितेको छ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.