-->
विमल गुरुङको आरोप हर्कबहादुरको जवाब .....गोर्खाल्याण्डको आवाज उठाउनु भन्दै भनेनन् – ड, हर्कबहादुर छेत्री

विमल गुरुङको आरोप हर्कबहादुरको जवाब .....गोर्खाल्याण्डको आवाज उठाउनु भन्दै भनेनन् – ड, हर्कबहादुर छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ 2 अप्रेल। गोजमुमो अध्यक्ष विमल गुरूङले कालेबुङमा जापलाई 60 हजार मतदानले पराजित गर्ने भनि गरेको दाबीलाई डा. हर्कबहादुर छेत्रीले प्रतिक्रिया व्यक्त गरेका छन्। ‘दुई महिना भएको नयाँ दलसँग मोर्चालाई डर लागेर आत्तिएको छ। उनी जापको कार्यक्रम देखेर हरेस खाएका छन्’ डा. छेत्रीले विमल गुरुङ प्रति कटाक्ष गर्दै भने। 
उनले कालेबुङ जिल्ला गठन हुन्छै हुन्छ भन्दै विमल गुरुङले विगत 9 वर्षदेखि गोर्खाल्याण्डको नारा जपेर पनि आजसम्म केहि ल्याउन नसकेको दाबी गरे। उनले मोर्चाको विरक्तिबाट विरक्त भएका सबै दलहरूलाई समर्थन माग्दै पत्रचार गरेको बताउँदै उनीहरूले आफूलाई निश्चित सहयोग गर्ने दाबी समेत गरेका छन्। 
‘डा. हर्कबहादुर नाउँ काटेर जिल्ला घोषणा गर्दा कसरी कालेबुङ जिल्ला बनिन्छ?’ भने विमल गुरुङले प्रश्न गरेछन्। यसो जवाब यति दिँदैछु कि एउटा व्यक्तिको नाउँ काटेर कालेबुङ जिल्लाको मुद्दालाई क्याबिनेट कमिटिले पारित गरेको छ। यदि सक्छ भने विमल गुरुङ अथवा आशा गुरुङको नाउँ काटेर गोर्खाल्याण्डको मुद्दा क्याबिनेट कमिटिले पारित गरेर देखाओस। यो मेरो उनलाई चुनौति हो’ डा. छेत्रीले भने। 
एकातिर जिल्ला हुँदैन भन्ने गुरुङको युवा मोर्चाले जिल्ला पारित हुँदा पटेका पट्काए पछि आफैले जिल्ला हुँदैन भन्दैछन् भन्दै गुरुङले आफ्नो भाषणमा पनि के भने भन्ने आफैलाई थाह नहुने गरेको बताएका छन्। यसक्रममा गुरुङले डा. छेत्रीलाई विधायक बनाएको दाबी प्रति पनि कटाक्ष गर्दै आफूलाई विमल गुरुङले होइन जनताले बनाएको दाबी गरेका छन्। ‘2007 भन्दा अघि विमल गुरुङ को हो भन्ने कसैलाई थाह थिएन। पछि उनलाई जनताले नेता बनाए। आज उनैलाई जनताले बनाएको हो भन्ने थाह छैन। यो जनताको अपमान हो’ डा. छेत्रीले भने। 
उनले जनताको भावनासँग खेलवाड गर्ने नेतालाई जनताले यसपल्ट चुनावमा सही जवाब दिनेछ भन्दै ‘अब प्रोडक्ट चेञ्ज जनताले गर्नुपर्छ’ भने। यता विधानसभामा छुट्टै राज्य गोर्खाल्याण्डको आवाज उठाउनु विधायकलाई पठाएको हो भनि मोर्चा अध्यक्ष विमल गुरुङले दिएको वयानलाई पनि डा. छेत्रीले खारेज गरेका छन्। विधानसभामा गोर्खाल्याण्डको आवाज उठाउनु पठाएको भए आफूहरूलाई तृणमूल सरकारको ट्रेजरी बेञ्चमा बस्न लगाउने थिएन भन्दै पछिबाट विमल गुरुङले राज्यसभाको चुनावमा समेत तृणमूल कङ्ग्रेसलाई भोट हाल्ने निर्देश दिएको डा. छेत्रीले दाबी गरेका छन्। 
‘विधानसभामा गोर्खाल्याण्डको आवाज उठाउनु पठाएको हो भनेर विमल गुरुङले सफेद झूट बोल्दैछन्। उनै गुरुङले ममता व्यानर्जीलाई आमा हुन् भने। कुनै दिन उनले गोर्खाल्याण्डको आवज उठाऊ भनेर भनेको छ भन्ने प्रमाण छैन’ डा. छेत्रीले भने। उनले गोजमुमो पार्टी दिशाहिन रहेको आरोप लगाउँदै यसले भविष्यमा जनतालाई खाल्डोमा हाल्नेछ भन्ने स्पष्ट भएको कारण आफू जनहितमा काम गर्न रिस्क लिएर अघि आएको दाबी गरेका छन्। 
‘मैले कालेबुङका जनताको उत्तरदायित्व सम्झेर आज दल त्यागेर निस्केको हुँ। यदि मलाई व्यक्तिगत स्वार्थ भएको भए पार्टीबाट राजीनामा दिने थिइन। यो कुरा मोर्चा अध्यक्षले बुझ्न आवश्यक छ’ डा. छेत्रीले भने। पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा उनले दलबाट राजीनामा दिने साहस हुनपर्ने बताउँदै पार्टी त्याग्ने आफ्नो साहस हो भने। आज पार्टी नत्याग्नेहरू सबै विमल गुरुङको स्वार्थमा रहेकाहरू रहेको बताउँदै उनीहरू जनताको स्वार्थको साटो विमल गुरुङको स्वार्थको अघि शिर झुकाउनेहरू मात्र रहेको दाबी गरे।

Related Posts

0 Response to "विमल गुरुङको आरोप हर्कबहादुरको जवाब .....गोर्खाल्याण्डको आवाज उठाउनु भन्दै भनेनन् – ड, हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.