-->
विधानसभामा गोर्खाल्याण्डको मुद्दा उठाउन पठाएका विधायकले केहि बोलेन – विमल गुरुङ

विधानसभामा गोर्खाल्याण्डको मुद्दा उठाउन पठाएका विधायकले केहि बोलेन – विमल गुरुङ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 2 अप्रेल। चुनाव प्रचारमा कालेबुङ आइपुगेका विमल गुरूङले आज कालेबुङ महकुमा अन्तर्गत तीनवटा खण्डका आइसीडीएस कर्मी अनि सहकर्मीहरूसँग एक बैठक गरे। यस अवसरमा तीनवटा खण्डबाट धेर मात्रमा आइसीडीएस कर्मी अनि सहकर्मीहरूको उपस्थिति रहेको थियो। थम्बुमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा मोर्चा प्रमुख विमल गुरूङ लगायत सभासद कल्याण देवान, सुनिल प्रधान, आर मोक्तान आदिको विशेष उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्ने क्रममा गुरूङले स-साना समस्याहरू आउँदा आत्तिने आवश्यक्ता नरहेको बताउँदै सबै एकमुष्ठ बनेर बस्नुपर्ने आह्वान गरे। यसक्रममा उनलले आइसीडीएस कर्मीहरूको समस्यालाई गोजमुमो पार्टीले चुनावी घोषणा पत्रमा उल्लेख गरेको बताउँदै चुनाव पछि जीटीएको पक्षबाट कार्य गर्ने बताएका छन्। आफ्नो राजनैतिक स्वार्थपुर्तिको निम्ति आफूले काम गर्न नचाहेको बताउँदै पाँचवर्ष विधायक बनाएको विधायकले आइसीडीएस कर्मी अनि आगनबाडी कर्मीहरूको कार्य नगरेको आरोप लगाए। उनले कालेबुङका जनताको हितमा पठाएको विधायकले विधानसभामा आवज नउठाएर आज पुन: भोट मागिरहेको बताए।
उनले आफ्नो सम्बोधनको क्रममा कालेबुङ जिल्ला छ महिना अघि बनायो भनेर दाबी गर्नेले आज जिल्ला गठनको निम्ति जनतालाई भोट मागिरहेको आरोप लगाए। आफूले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति विधानसभामा पठाएको बताउँदै डा. छेत्रीको नाउँ नलिइ उनले विधानसभामा गोर्खाल्याण्डको केहि कुरा नउठाएको आरोप लगाए। आफूले कालेबुङ जिल्ला हुनुहुँदैन भनेर कहिले नभनेको बताउँदै जिल्लाको मुद्दा जीटीएको सम्झौता पत्रमा उल्लेखित रहेको बताउँदै गोर्खाल्याण्ड त होइन आइसीडीएस कर्मीगरूको मुद्दा समेत सदनमा नउठाएको दाबी गरेका छन्।
‘यसपालीको विधायकलाई गोर्खाल्याण्डको मुद्दा भन्दा पनि पहिला आइसीडीएसको मुद्दा उठाऊ भन्नेछु’ विमल गुरूङले भने। ‘आजको राजनीति माकुराको कथा जस्तै हुँदैछ। नानी जन्माएपछि आफ्नो आमाहरूलाई खाए जस्तै खाने कार्य गर्नु खोज्दैछ’ विमल गुरूङले भने। गोजमुमोले उज्यालो ल्याउन चाहेको कारण मौनबत्ती पाएको बताउँदै डा. छेत्रीले आगमी चुनावपछि ट्राफिकमा बसेर सिटि नै फुकिरहने आरोप लगाए।

Related Posts

0 Response to "विधानसभामा गोर्खाल्याण्डको मुद्दा उठाउन पठाएका विधायकले केहि बोलेन – विमल गुरुङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.