-->
जापको घोषणा पत्रको पहिलो बुँदामा छुट्टै राज्यको मुद्दा

जापको घोषणा पत्रको पहिलो बुँदामा छुट्टै राज्यको मुद्दा


डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 26 मार्च 2016 । जन आन्दोलन पार्टीको चुनावी घोषणा पत्रको खेस्रा सार्वजनिक गरेको छ। 
आज यहाँको थाना डाँडामा आयोजित चुनावी सभामा जापको चुनावी घोषणा पत्र सार्वजनिक गरिएको हो। कालेबुङ जिल्लाको मुद्दा उठाएर गोजमुमो पार्टी त्यागी जन आन्दोलन पार्टी गठन गर्ने डा. हर्कबहादुर छेत्रीलाई बारम्बार छुट्टै राज्यको मुद्दा त्याग्यो भन्ने आरोप लागिरहेको अवस्थामा उक्त आरोप लगाउनेहरूलाई चुनावी घोषणा पत्र मार्फत जापले गतिलो जवाब दिएको छ। 
जापले सार्बजनिक गरेको चुनावी घोषणा पत्रको पहिलो बुँदामा नै जापले छुट्टै राज्यको मुद्दालाई प्राथमिकता दिएर उल्लेख गरेको छ। पहिलो बुँदामा छुट्टै राज्यको बुँदा उल्लेख गरेपछि मात्र दोस्रो बुँदामा कालेबुङ जिल्ला गठनको मुद्दालाई जापले आफ्नो चुनावी घोषणा पत्रमा समावेश गरेको छ। यसका साथै आज सार्वजनिक गरिएको घोषणा पत्रको तीन नम्बर बुँदामा भुजेल, गुरूङ, मगर, नेवार, जोगी, खस, राई, सुनुवार, थामी, याखा अनि धिमाल जातिलाई जनजातिको मान्यता दिलाउन लड्ने प्रतिबद्धता जाहेर गरेको छ। 
यसका साथै विद्यार्थीवर्गलाई उच्च शिक्षाका निम्ति विशेष आरक्षणको मुद्दालाई पनि जापले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरेको छ। घोषणा पत्रको चौथो बुँदामा भ्रष्टचारा विहिन समाज निर्माणको मुद्दालाई उठान गरेको छ भने पाँचौ बुँदामा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन कालको बिजुली बील माफीको मुद्दालाई प्राथमिकता दिएको छ। 
गोजमुमो पार्टीले सुरू गरेको गोर्खाल्याण्ड आन्दोलन कालको सम्पूर्ण बिजुली बील माफीको निम्ति सरकार समक्ष आवाज उठाउने घोषणा पत्रमा प्रतिबद्धता जाहेर गरेको छ। जन आन्दोलन पार्टीले सार्वजनिक गरेको चुनावी घोषणा पत्रको सातौँ बुँदामा हस्तकला अनि क्षमता विकासको कुरा उल्लेख गरेको छ भने आठौँ बुँदामा दार्जीलिङ पहाडमा रहेको पिउँने पानीको मुद्दालाई प्राथमिकता दिएको छ। 
यसक्रममा धेरै वर्षदेखि नभएको पञ्चायत चुनावलाई जन आन्दोलन पार्टीले चुनावी घोषणा पत्रको नवौँ बुँदामा उल्लेख गर्दै पञ्चायत चुनावको निम्ति सरकारलाई आवाज उठाउने बताएको छ। यस लगायत पनि जापले अस्थायी कर्मचारीवर्गको स्थायीकरण, कल कारखाना, जैविक ओखती, मैला व्यवस्थापन आदिको मुद्दालाई पनि चुनावी घोषणा पत्रमा सार्वजनिक गरेको छ।

0 Response to "जापको घोषणा पत्रको पहिलो बुँदामा छुट्टै राज्यको मुद्दा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.