-->
क्रामाकपाले आगामी 28 मार्च नामङ्कन पत्र दर्ता गर्ने ....... गोर्खाल्याण्डको मुद्दानै पहिलो प्राथमिकता हुनेछ – मोहन पौड्याल

क्रामाकपाले आगामी 28 मार्च नामङ्कन पत्र दर्ता गर्ने ....... गोर्खाल्याण्डको मुद्दानै पहिलो प्राथमिकता हुनेछ – मोहन पौड्याल

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 26 मार्च 2016 । क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले आगामी 28 मार्चको दिन कालेबुङ अनि दार्जीलिङबाट विधानसभा चुनावका निम्ति नामाङ्कन पत्र दर्ता गर्ने भएको छ। क्रामाकपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आञ्चलिक कमिटिका प्रवक्ता मोहन पौड्यालले उक्त जानकारी दिएका हुन्। 
छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा बोकेर माकपा त्यागेर क्रामाकपा गठन भएपछि प्रथम पल्ट एक्लै चुनावी मैदानमा उत्रिएको क्रामाकपा पार्टीबाट कालेबुङ विधानसभामा क्षेत्रबाट किशोर प्रधानले नामाङ्कन पत्र दर्ता गर्ने भएको छ। बङ्गालको विधानसभाले छुट्टै राज्य गोर्खाल्याण्ड नदिए पनि बङ्गालका मानिसहरूलाई गोर्खाल्याण्डबारे बुझाउनको निम्ति विधानसभा मात्र एउटा सही ठाउँ रहेको कारण नै यसपल्टको चुनावमा क्रामाकपाले तीनवटै आसनबाट आफ्नो प्रार्थीहरू खडा गरेको मोहन पौड्यालले जानकारी दिएका छन्। 
‘हामी माकपाबाट गोर्खाल्याण्ड गठनको निम्ति नै छुटिएर क्रामाकपा भएका हौँ। चुनावमा गोर्खाल्याण्डको मुद्दानै पहिलो प्राथमिकता हुनेछ’ मोहन पौड्यालले भने। यसक्रममा उनले कालेबुङ जिल्लाको मुद्दालाई क्रामाकपाको समर्थन रहेको बताउँदै सिमाङ्कन हुँदा गोर्खा बाहुल क्षेत्र छुट्न नहुने बताएका छन्।स्मरन गराइंछ क्रामाकपा प्रार्थी अरुण घतानीले हिजो खर्सांगबाट नामांकन दर्ता गरेका छन।

0 Response to "क्रामाकपाले आगामी 28 मार्च नामङ्कन पत्र दर्ता गर्ने ....... गोर्खाल्याण्डको मुद्दानै पहिलो प्राथमिकता हुनेछ – मोहन पौड्याल"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.