
बंगाल विधानसभाको चुनाउ घोषणा –
राजेश शर्मा, कालिमन्युज, जयगाँउ 4 मार्च । बंगालमा विधान सभा चुनाउको घोषणा मिति आज चुनाउ आयोगले गरेको छ । चुनाउको घोषणाको साथसाथ अलिपूरद्वार, कोचबिहार, दार्जीलिङ, जलपाईगड़ी जिल्लामा राजनैतिक गर्मी आरम्भ हुन शुरु भएकोछ ।
1)पहिलो चरणमा -4 तारीख अप्रेलमा 18 सिटको निम्ति चुनाउ हुने छ 11 अप्रेलमा 31 वटा सिटको निम्ति चुनाउ गरिने छ ।2 दोस्रो चरणको चुनाउ- 17 तारीख अप्रेलमा 56 सिटको निम्ति हुनेछ ।3) तेस्रो चरणमा चुनाउ -21 तारीख अप्रेलमा 62 वटा सिटको निम्ति चुनाउ हुने घोषणा भएको छ ।4 चौथो चरणमा चुनाउ -25 तारीख अप्रेलमा 49 वटा सिटको निम्ति हुनेछ । 5)पाँचौ चरणमा -30 अप्रेलमा 53 वटा को निम्ति अनि 6) छैटौ चरणमा -5 मई 2016 को दिन 25 वा सिटको निम्ति चुनाउ हुनेछ ।
अलिपूरद्वारमा विधान सभा क्षेत्रको सिटहरुको नामावाली यस प्रकार छन 1)कुमारग्राम 2 ) कालचिनि एसटि ,3) अलिपूरद्वार ),4 फालाकट्टा (एससि ) ,5) मदारीहाट (एसटी)। दार्जीलिङ् विधान सभा क्षेत्रमा 1) दार्जीलिङ 2) खरसांङ 3) कालेबुङ्ग 4) मतिगड़ा नकसलबाड़ी (एससी) 5) सिलगड़ी 6) फासीदेवा (एसटी) 7) इसलामपुर –चोपड़ा । जलपाइगड़ी जिल्लाको विधानसभा क्षेत्रमा नामावली यस प्रकार छन- 1) जलपाईगड़ी (एससी), 2) धुपगड़ी (एससी), 3) मदारीहाट (एसटी,) 4) मैनागड़ी (एससी) 5) राजगंज (एससी) 6) डाबग्राम फुलबारी, 7) मालबजार (एसटी) 8) नगरकट्टा (एसटी) सिटहरुमा तेस्रो चरणको चुनाउ हुने छ ।
तृणमूल पार्टीले यस आउदो 2016 को विधान सभा चुनावको निम्ति उम्मेद्वारको घोषणा गरेको छ जसमा अलिपूरद्वार सिटमा स्वरभ चक्रवति, कालचिनि एसटी सिटमा विलसन चमप्रमारी, कुमारग्राम एसटी सिटदेखी जेमस कुजूर, फालाकट्टा एससी सिटमा अनिल अधिकारी , मदारीहाट एसटी सिटमा पदम लामालाई उम्मेद्वार बनाएको छ ।
जलपाईगड़ी जिल्लाबाट तृणमूल पार्टीका उम्मेद्वार धुपगड़ी एससी सिटको निम्ति श्रीमती मिथाली रोय ,मैनागड़ी एससी सिटमा आन्त देव अधिकारी, जलपाईगड़ी एससी सिटमा धरीत्रि मोहन रोय, राजगंज एससी सिटमा खगेस्वर रोय, डाबग्राम फुलबारीमा गौतम छन ।
दार्जिलिङ विधान सभाक्षेत्रमा तृणमूल पार्टीले कालेबुङ्गमा डा हर्क बहादुर छेत्रीलाई समर्थन गर्नेछ भने दार्जीलिङबाट् सारदा राई सुब्बा, खरसाङ्बाट श्रीमती सान्ता छेत्री, मतिगड़ा- नकसलवाड़ी एससी सिटबाट अमर सिन्हाको नाम उम्मेद्वारको रुपमा घोषणा गरेको छ। यता भाइचुङ्ग भूटीयालाई सिलगड़ी विधान सभाबाट् अनि फासिदेवा एसटी सिटबाट करलोस लाकड़ालई उम्मेद्वारको रुपमा घोषणा गरेको छ ।
0 Response to "बंगाल विधानसभाको चुनाउ घोषणा –"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.