जलढक्काको मोडल विध्यालय भवन निर्माण युद्ध स्तरमा
कालिमन्युज, कालेबुङ, 7 मार्च। कालेबुङ महकुमाको सुदुर्वर्ती भारत भोटाङ सिमानामा अवस्थित 45 नम्बर समस्टी अंतर्गत जलढक्का भेकको जलढक्का उच्चतर माध्यमिक विध्यालयको मोडल स्कूल भवन निर्माण कार्य युद्ध स्तरमा चलिरहेकोछ। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले यो भवन निर्माण गर्न प्राय रु साडे आठ करोड अनुमोदन गरेकोछ।
यो भेकमा सबैभन्दा वृहत शिक्षाभवनको निर्माण हुनुले गोक्षेप्र अनि गोजमुमोले शिक्षाको क्षेत्रलाई प्राथमिकता दिएको अनि धेरै उल्लेखनिय कुरा गरेको प्रमाणीत भएको विध्यालयका भार प्राप्त प्रधान अध्यापक प्रकाश चन्द्र राईले बताएका छन।
तिनले उक्त विध्यालय भवन निर्माणको निम्ति गोक्षेप्रका मुख्य कार्यकारी बिमल गुरुङ्प्रति आभार प्रकट गरेका छन। मुख्य कार्यकारी गुरुङ्ले यस भवन निर्माणको निम्ति चासो राखेको र यहाको सर्वांगीन विकाशको निम्ति यो भवन निर्माणको अनुमोदन गरेको निम्ति प्रधान अध्यापक राईले गोक्षेप्र मुख्य कार्यकारी गुरुङ्प्रति विध्यालय र सम्पूर्ण क्षेत्रको तर्फबाट् कृतज्ञता प्रकट गरेका छन।
उक्त विध्यालय भवन निर्माणले विध्यालयको धेरै समस्या समाधान हुने र पठन पाठनमा सहयोग मिल्ने आशा गरिएकोछ।
वर्तमान विध्यालय भवनका श्रेणीकक्षहरु छेउ छेउमै भए पनि चारवटा स्थानमा छरिएर बनिएकोले कतिपय समस्या झेल्नु परिरहेको थियो सो समस्या यस मोडल विध्यालय भवन निर्माणले समाधान हुनेछ भन्ने विध्यालय प्रशासनले ठानेको छ। सबै कक्ष एउटै स्थानमा भए वरिपरिको घेरो लगाएर अनुशासन कायम राख्न तथा कतिपय असामाजिक क्रियाहरु रोक्न सजिलो हुने थियो जुन समस्या विध्यालयले वर्तमानमा झेल्नु परिरहेको छ।
विध्यालयका वर्तमान संचालन समितिका सभापति तथा गोक्षेप्रका उपाध्यक्ष अनि स्थानिय सभासद डा लोब्साङ लामा योल्मो तथा स्थानिय गोजमुमो नेतृवृन्दले यस भवन निर्माणको निम्ति धेरै पहल गरेको कारण यो समस्या अब समाधान हुने भएको मंतव्य गर्दै राईले उनीहरु सबैलाई धन्यवाद प्रकट गरेका छन।
स्मरण गराइन्छ यो तिनतल्ले भवन निर्माण हेतु गोक्षेप्रले केन्द्र सरकारबाट् प्राप्त धनराशीबाट् रु छ करोड अनुमोदन गरेकोछ।
श्रीनिवास अग्रवाल कम्पनि मार्फत बनिन लागेको यो भवन मा थप अन्य बस्तुहरु जडान गर्न अझ रु अडाइ लाख अनुमोदन गरिएकोछ।
विध्यालय कतृपक्षले नया भवनको देखरेख गर्न थप कर्माचारीको आवश्यक्ता पनि पर्ने हुनाले थप शिक्षक अशिक्षण कर्मचारी नियुक्तिको पनि गोक्षेप्रबाट हुने आशा राखेकोछ।
विध्यालय भवनको निर्माण कार्यमा वर्तमानमा घडेरि निर्माण काम भैरहेकोछ। यसको निम्ति थप जमिन पनि चाहिने हुनाले स्थानिय पब राज्य विध्युत विभागसंग अनुमोदनको निम्ति आवेदन चडाएको र त्यो चाडै अनुमोदन हुने आशा गरिएको थप जानकारी प्राप्त भएको छ।
0 Response to "जलढक्काको मोडल विध्यालय भवन निर्माण युद्ध स्तरमा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.