मोर्चाले घृणित प्रचार गरिरहेको जापको आरोप .... एक अङ्ग्रेजी दैनिक विरुद्ध मानहानिको मुद्दा दर्ता गर्ने
कालिमन्युज, कालेबुङ, 6 मार्च। कालेबुङ्को विधान सभा आसनमा डा. हर्कबहादुर छेत्रीलाई तृणमूलले उम्मेद्वार बनाएको घोषणा पछि जापले यसलाई खण्डन गरेपछिको विवाद अझ साम्य भएको छैन। आज कोलकाताबाट प्रकाशित हुने एक अङ्ग्रेजी दैनिकमा राज्यका मन्त्री एवं तृणमूल कङ्ग्रेस महसचिव पार्थ च्याटर्जीले स्वयं डा. छेत्रीले तृणमूल कङ्ग्रेसको उम्मेद्वार हुने इच्छा जाहेर गर्दै पत्राचार गरेको कुरा प्रकाशमा आएपछि यो अन्योलताको स्थिति अझ बढेर गएको हो।
यस्तो स्थितिमा आज जनआन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले उक्त खबर पूर्ण रूपमा झूटो रहेको पुन दावी गरेका छन्।
डा. छेत्री अनुसार उनले यसबारे मन्त्रीसित टेलिफोनि कुराकानी गर्दा मन्त्रीले पत्रीकालाई कुनै वयान नदिएको स्पष्टिकरण दिएका छन्। यसैले डा. छेत्री अनि तृणमूल कङ्ग्रेसलाई बद्नाम गराउन नै यसकिसिमको झुटो खबर छापेको हुनसक्ने भएको कारण उक्त पत्रिका विरूद्ध मानहानीको मुद्दा दर्ता गर्ने डा. छेत्रीले चेताउनी दिएका छन्।
‘मन्त्रीले यसकिसिमको कुनै वयान दिएका छैनन्। यो भ्रामक प्रचार किन गरियो यसबारे हामी अनभिज्ञ छौँ। यस घटनाले कुनैपनि मिडिया हाउस कुनै दलको नियन्त्रणमा हुने कुरा प्रमाणित भएको कारण तृणमूल कङ्ग्रेसलाई लक्ष्य गरेर नै यस्तो भ्रामक खबर फैलाइएको हो भन्ने अनुमान गर्न सकिन्छ। यसैले मन्त्रीले पनि उक्त खबरको स्पष्टिकरण दिने आश्वासन दिएका छन् भने हामी पनि आवश्यक परेको खण्डमा उक्त पत्रिकाविरूद्ध मानहानीको मुद्दा दर्ता गर्नेछौँ-डा. छेत्रीले भने।
अर्कोतिर यस घटनालाई लिएर गोजमुमोले घृणित प्रचार गरिरहेको डा. छेत्रीले आरोप लगाएका छन्। उनी अनुसार तृणमूल प्रार्थीको रूपमा डा. छेत्रीको नाम घोषणा हुनेबित्तिकै जापले स्पष्टिकरण दिइसकेको हो। यद्यपि यो भ्रामक खबरलाई मोर्चाले तेल-मसला लगाएर प्रचार गरिरहेको कारण जनतालाई यस्ता भ्रममा नपर्ने छेत्रीले आह्वान गरेका छन्।
उनले अझ भने,डा. छेत्री जाप अध्यक्ष हो। जाप पार्टी 27 जनवरी 2016 मा गठन भएको पार्टी हो। हाम्रो टीएमसीसित कुनै सॉंठगॉंठ छैन। यसैले म जापबाट नै चुनाउ लड्छु। यदि तृमणूल कङ्ग्रेसले जापको उम्मेद्वारितामाथि समर्थन जनाउँछ भने त्यसलाई दलले स्वागत जनाउने डा. छेत्रीले बताए। यसैले मोर्चाले गरिरहेको यस दुष्प्रचार केवल चुनावी रणनीतिद्वारा गरिएको राजनैतिक षड्यन्त्र मात्र रहेको उनको आरोप रहेको छ।
यसैले उनले मोर्चाप्रति कटाक्ष गर्दै भने, बङ्गाललाई अथवा बङ्गालको राजनीतिलाई घृणा गरेर पहाडमा धेरै पीडिसम्म राजनीति गर्ने काम भयो। अहिले गोजमुमोले पनि एकातिर हर्कबहादुर छेत्री अनि बङ्गालको आलोचना गरिरहेको छ भने अर्कोतिर त्यही गोजमुमोले जीटीएको चौकीमा बसेर शुरूदेखि बङ्गालको कोश चुसिरहेको छ। यसैको फलस्वरूप गोजमुमोले चुनाउ नलड्ने वाचा गर्यो अनि फेरि चुनाउ लड्यो। चौकीमा नबस्ने वाचा गर्यो अनि चौकीमा बस्यो। यहॉंसम्म कि 2013 मा राजीनामा दिएर पनि पुनः चौकीको मोहको कारण विमल गुरूङ जीटीएमा नै फर्किएको छेत्रीले आरोप लगाएका छन्।
आफ्नो घट्दो लोकप्रियता र बढ्दो भ्रष्टचारको कारण नै अहिले मोर्चाले आफूलाई बद्नाम गर्ने कोशिश गरिरहेको डा. छेत्रीको आरोप रहेको छ।
अर्कोतिर आजसम्म तृणमूल कङ्ग्रेसको वेबसाइटमा डा. छेत्रीको नाम उम्मेदवारका रूपमा उल्लेख रहेको गोजमुमोको आरोपको प्रसङ्गमा छेत्रीले भने, जुन वेबसाइटमा मेरो नाम उल्लेख छ भनिँदैछ त्यो मेरो नियन्त्रणमा छैन। यदि यसबारे प्रश्न सोध्नुर्छ भने राष्ट्रिय मिडियाले तृणमूल हेडक्वाटरमा प्रश्न सोध्नुपर्छ। जापलाई यसबारे सरोकार नरहेको भन्दै उनले वेबसाइटमा नाम भएपनि अथवा नभए पनि आफू जापबाट नै चुनाउ लड्ने प्रतिबद्धता जाहेर गरे।
0 Response to "मोर्चाले घृणित प्रचार गरिरहेको जापको आरोप .... एक अङ्ग्रेजी दैनिक विरुद्ध मानहानिको मुद्दा दर्ता गर्ने "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.