-->
पहाडका जनताले नियमित राशीन पाउनुपर्छ – तारा सुन्दास

पहाडका जनताले नियमित राशीन पाउनुपर्छ – तारा सुन्दास

डी के वाइबा, कालिमन्युज, कालेबुङ 6 फरवरी 2016। पहाडका जनताले नियमित रूपले राशिन पाउनुपर्छ भन्ने माग गर्दै माकपा प्रतिनिधी टोलिले जिल्ला खाद्य निरिक्षकलाई भेट गरेर ज्ञापन बुझाएको छ। उक्त जानकारी माकपा नेता तारा सुन्दासले एक पत्रकार सम्मेलन आयोजना गरेर दिएका हुन्। 
राष्ट्रिय खाद्य सुरक्षा आयोगले पहाडी क्षेत्रमा वसोवास गर्ने मानिसहरूलाई पूर्ण राशिन दिनपर्ने आदेश दिए पनि जीटीए क्षेत्रमा राशन कटौती गरेको दाबी गर्दै पहाडका जनतालाई सरकारले अन्याय गरिरहेको आरोप लगाएका छन्। 
‘पहाडका जनताले राशीन पूर्णरूपले पाउनु पर्छ। हामीले हाम्रो अधिकार मागेका हौँ। यो राशन पाउनुपर्छ भनेर हामीले कसैलाई भिख मागेका छैनौँ। हाम्रो अधिकार सरकारले झट्टै दिनपर्छ’ माकपा नेता सुन्दासले भने। हाल राशन वितरण गर्नका निम्ति विभागले उपभोक्ताहरूलाई आधार कार्ड, भोटर कार्ड आदि माग्ने गरेको बताउँदै यसले आम मानिसहरूलाई धेरै समस्या भइरहेको दाबी गरे। 
यसक्रममा सरकारले जनतालाई समस्या दिनको साटो नियमित रूपले पूर्ण राशन दिनपर्ने माग गरे। राष्ट्रिय खाद्य सुरक्षा आयोगले केहि महिना अघि जनतालाई बीपीएल अनि एपीएल छुट्टाउन फारम भर्ने प्रक्रिया आरम्भ गरेपनि पहाडका ग्रामिण क्षेत्रका मानिसहरूले भने उक्त फारम भर्न समेत नपाएको उनको आरोप लगाएका छन्। यसबारे जिल्ला खाद्य निरिक्षकले चाँडै पुन: फारम भर्न लगाउने आश्वासन दिएको उनले जनाएका छन्। 
उनले पहाडमा राशन वितरण गर्दा मनपरी गरिरहेको आरोप लगाउँदै सरकारले यस्ता मनपरी गर्ने अधिकारी विरूद्ध कार्वाही गर्नुपर्ने माग पनि गरेका छन्। हाल समतल क्षेत्रमा जनतालाई विभागले नामावली झुन्डाएर राशन वितरण गर्दा जुन प्रकारले तनाव सिर्जना भइरहेको छ त्यस्तो समस्या पहाडमा पनि सिर्जना हुनसक्ने बताउँदै विभागले सही प्रकारले काम गर्नु पर्ने सुन्दासले सुझाव दिएका छन्। यसक्रममा सुन्दासले पहाडका सत्तासिन राजनैतिक दल लगायत अन्य राजनैतिक दलहरूले पनि आम जनताको समस्याबारे आवाज उठाउनुपर्ने आह्वान गरेका छन्।

0 Response to "पहाडका जनताले नियमित राशीन पाउनुपर्छ – तारा सुन्दास"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.