-->
मंगरहरूको चाड वारहिमिजोङ पालन

मंगरहरूको चाड वारहिमिजोङ पालन

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २९ दिसम्बर। मंगर बिकास बोर्डको गठन पछि पहिलोपल्ट आज भव्यताको साथ मगरहरूको पारम्पारिक पर्व वारहिमीजोङ यहाँको बिज्ञान केन्द्र नजिक पालन गरिएको थियो। 
यस अवसरमा मंगर जातिका पुजारी वापा खड्काबहादुर मंगरद्वार पारम्पारिक ढङ्गमा पुजा अर्चना गरिएको थियो। आफ्ना ईष्टदेव, कूलदेव, शिकारी अनि मंगर राजा सिन्तुपति सेनको पूजा गरेपछि सुरू भएको कार्यक्रममा विभिन्न स्थानहरूबाट मंगर जातिका मानिसहरू व्यापक रूपले भेला भएका थिए। 
कार्यक्रममा मंगर बोर्डका अध्यक्ष नवीन थापा, उपाध्यक्षद्वय दिवस थापा, हेमन थापा आदिको बिशेष उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सांस्कृतिक झाँकीहरूको प्रदर्शनी सङ्गै अन्य सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो। 
यस अवसरमा मंगर बिकास बोर्डका अध्यक्ष नवीन थापा मंगरले उक्त पूजा मंगर जातिले प्रत्येक वर्ष पालन गर्दै आइरहे पनि यसवर्ष भने बिकास बोर्डको गठन सँगै भव्यताका साथ पालन गरिएको जानकारी दिएका छन्।

0 Response to "मंगरहरूको चाड वारहिमिजोङ पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.