-->
अखिल भारतीय गोर्खा कप कराते डु च्याम्पियनसिप सम्पन्न

अखिल भारतीय गोर्खा कप कराते डु च्याम्पियनसिप सम्पन्न

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २९ दिसम्बर। यहाँको एसयुएमआईको जिम हलमा सम्पन्न भइरहेको पहिलो अखिल भारतीय गोर्खा कप कराते डो च्याम्पियनसिपको आज समापन भएको छ। 
दार्जीलिङ कराते डो एसोसिएसनको आयोजनामा सम्पन्न भइरहेको प्रतियोगितामा मुख्य अतिथिका रूपमा सभासद निमा तामाङ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा सभासद दावा लेप्चा, पी.आर.प्रधान, जायन लेप्चा आदि उपस्थित रहेका थिए। 
यस अवसरमा उक्त प्रतियोगितामा अरूनाचल, सिक्किम, महाराष्ट्र, कोलकोता, बिहार, सिलगडी अनि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रतियोगिहरूले भाग लिएका थिए। मोठ 95 जना प्रतियोगिहरूले भाग लिएको उक्त प्रतियोगिताको फाइनलमा जीटीए टोलि च्याम्पियन बनेका छन् भने सिक्किम उपबिजेता भएका छन्। यसक्रममा अरूनाचल प्रदेशका टोलिले तेस्रो स्थान ओगटेका छन्। 
उक्त प्रतियोगिताबारे जानकारी दिँदै आयोजक पक्षका कराते खेलाडी सुसन थापाले दार्जीलिङ पहाडमा राष्ट्रिय स्तरका खेलहरू आयोजना गरेर स्थानीय खेलाडीवर्गलाई राष्ट्रिय अनि अन्तराष्ट्रिय स्तरमा सहयोग पुर्‍याउने योजना रहेको बताएका छन्। 
प्रतियोगितामा बिजयी अनि उपविजय बनेका खेलाडीवर्गलाई मुख्य अतिथि अनि विशिष्ट अतिथिको बाहुलीबाट प्रमाण पत्र अनि स्मृति चिन्ह प्रदान गरिएको थियो।

0 Response to "अखिल भारतीय गोर्खा कप कराते डु च्याम्पियनसिप सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.