जिल्ला गठनको खुशीयालीमा झुम्यो कालेबुङ
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 18 दिसम्बर। बङ्गालको क्याबिनेटले अघिबाटै आज कालेबुङ जिल्लाको प्रस्ताव पारित गर्ने निश्चित थियो, यसैकारण जिल्ला माग समितिका कार्यकर्ताहरू प्रस्ताव पारित हुन साथै खुशीयाली मनाउन आतुर थिए।
थाना डाँडा स्थित त्रिकोण पार्कमा विविध मागहरू लिएर जिल्ला माग समितिका कार्यकर्ताहरूले सुरु गरेको धर्ना कार्यक्रममा पनि मानिसहरूको भीड सधैँको भन्दा धेरै बेसी थियो। यता टाउन हल परिसरमा पनि जिल्ला समर्थकहरू भेला भएर भाषण दिइरहेका थिए। सोही समय घडीले जब दुई बजेर दस मिनट गएको सङ्केत दियो त्यसै समय एकाएक जिल्ला माग समितिका कार्यकर्ताहरू “डा. हर्कबहादुर छेत्री जिन्दावाद ! कालेबुङका जनतालाई बधाई छ !!” भन्दै नारा लगाएर पटेका पड्काउन थाले। क्षणभरमा कालेबुङ शहर नयाँ जिल्ला गठनको खुशीयालीमा रमायो। थाना डाँडामा एकाएक मानिसहरूको भीड जम्यो, खुशीयालीका पटेकाहरू एकाधिक पडकिए अनि गुञ्जियो “डा. हर्कबहादुर छेत्री जिन्दावास ! कालेबुङ जिल्लावासीलाई बधाई छ !!” को नारा।

कालेबुङ महकुमालाई छुट्टै जिल्ला गठन गर्न आज राज्यको क्याबिनेटले प्रस्ताव पारित गरेको हो। उक्त प्रस्ताव पारित सँगै कालेबुङ शहर जिल्ला गठनको खुशीयालीमा झुमेको थियो। अघिबाटै खुशी मनाउन आतुर रहेका ‘जिल्ला माग समिति’का कार्यकर्ताहरूले यस अवसरमा जोडदार नाराबाजी लगाउँदै पटेका पड्काएर शहरमा बिजय जुलुस नै निकालेका थिए। उक्त बिजय जुलुस यहाँको थाना डाँडाबाट सुरु भएर मेनरोड, डम्बर चौक, दश माइल फाटक, आरसी मिन्त्री रोड हुँदै पुन: थाना डाँडामा आइपुगेर पथसभामा परिणत भएको थियो।
जिल्ला माग समितिका संयोजकद्वय युसुफ सिमिक, नयन प्रधान, युवा प्रतिनिधि अमिर बस्नेत आदिको नेतृत्वमा सैयौँ समर्थकहरूले शहरमा कालेबुङ जिल्ला अनि डा. हर्कबहादुर छेत्रीको पक्षमा नाराबाजी गर्दै शहरमा विजय जुलूस निकालेका थिए। पथसभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै संयोजक युसुफ सिमिकले सम्पूर्ण कालेबुङवासीलाई बधाई दिएका छन्।
यसक्रममा उनले डा. हर्कबहादुर छेत्रीको कुशल नेतृत्व,इमान्दारिता अनि दृढ संकल्पको कारण आज कालेबुङ जिल्ला गठनको प्रस्तावलाई क्याबिनेटले पारित गरेको बताउदै मुख्यमन्त्री लगायत बिधायक छेत्रीलाई बधाई दिए। पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले कालेबुङ जिल्ला व्यवहारिक रूपमा अस्तिवमा आउन केही समय लाग्ने भएपनि जिल्ला गठनको प्रारम्भिक आधिकारिक प्रक्रिया पूर्ण भएको बताएका छन्।
कालेबुङ जिल्ला गठनको प्रक्रिया आधिकारिक अघि बडेपछि जिल्ला माग समितिको उद्देश्य पुर्ती भएको कारण अब नयाँ राजनैतिक दलको रुपमा यो समिति परिणत हुनेछ भनि प्रश्न गर्दा युसुफ सिमिकले “हामी आवश्यक परेको खण्डमा नयाँ राजनैतिक दल बनाउनेछौँ” भने। यद्यपी यदि भविष्यमा डा. छेत्रीको नेतृत्वमा नयाँ राजनैतिक दल गठन भए यसले कु-संस्कार अनि जनतालाई समस्यामा पार्ने कार्यक्रमहरू नगर्ने स्पष्ट पारेका छन्।

अर्कोतर्फ जिल्ला गठनको प्रस्ताव क्याबिनेटले पारित गरेपनि यता त्रिकोण पार्कमा जारी जिल्ला माग समितिको धर्ना जारी रहने तिनले बताएका छन्। 13 सूत्रीय माग लिएर बसेको धर्नामा आधारभुत समस्याहरूको समाधानको उल्लेख रहेको दाबी गर्दै यसबारे क्षेत्रिय प्रशासनले कुनै कार्य नगरेको तिनले आरोप लगाएका छन्।
अर्कोतिर संयोजक नयन प्रधानले पनि हर्ष प्रकट गर्दै विधायक डा. छेत्रीले गोजमुमो छोडेर निर्दलीय रूपमा माग उठाएका कारण नै जिल्ला गठन सम्भव भएको बताए।
यसरी नै कमिटीका युवा प्रतिनिधि अमीर बस्नेतले जिल्ला गठनपछि पनि आफूहरूको सङ्घर्ष जारी रहने बताए।
“दलको कप्तान राम्रो हुनपर्छ त्यसैले खेल जित्नेछ। जिल्ला मागको निम्ति दलका कप्तान राम्रा थिए अनि आज यो सफल भएको हो” अमिर बस्नेतले भने। यसक्रममा उनले जिल्ला गठनसितै कालेबुङमा पिउने पानी, बाटो, शिक्षा,स्वास्थ्य लगायतता समस्याहरू जटिल रहेका कारण आफूहरूले यसदिशामा सङ्घर्षरत रहने बताएका छन्।

अर्कोतर्फ जिल्ला गठनको खुशीयाली मनाउने क्रममा गोर्खा जनमुक्ति मोर्चा पनि पछि परेन। गोजमुमो कार्यक्रताहरू पनि कालेबुङ जिल्ला गठनको श्रेय लिने होडबाजीमा अघिबाटै पार्टी कार्यलयमा भेला भएर बसेका थिए। यसक्रममा जिल्ला गठनको प्रस्ताव पारित भएर जिल्ला माग समितिले बिजय जुलुस निकालेपछि गोजमुमो पार्टीका सभासद स्यामुएल गुरुङ, निमा तामाङ, सुनिल प्रधान आदिको नेतृत्वमा मोर्चा कार्यकर्ताहरूले यहाँक़ो डम्बर चौकमा जोडदार पटेका पड्काएर खुशीयाली मनाए।
यसक्रममा उनीहरूले “बिमल गुरुङ जिन्दावाद !’ को नारा पनि जोडदार लगाएका थिए। एकाएक मोर्चा कार्यकर्ताहरूले डम्बर चौकमा पटेका पड्काउन थालेपछि जिल्ला माग समिति अनि गोजमुमो समर्थहरू माझ झडप हुने सम्भावना देखेर पुलिस प्रशासनले सुरक्षा व्यवस्था कठोर बनाएको थियो। जसको कारण दुई दल माझ कुनै हिंसात्मक घटना हुन पाएन।
0 Response to "जिल्ला गठनको खुशीयालीमा झुम्यो कालेबुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.