कालेबुङको निम्ति ऐतिहासिक दिन- डिस्ट्रिक्ट डिमान्ड कमिटि
कालेबुङ,18 दिसम्बर। आज अपरान्हको कालेबुङ शहर डा हर्कबहादुर छेत्रीको जयजयकारले गुञ्जयमान थियो। आजको दिन डा हर्कबहादुर छेत्री र कालेबुङ दुवैको निम्ति ऐतिहासिक दिन थियो।
कालेबुङको लागि यसकारण आजको दिन ऐतिहासिक थियो कि उसले अब आजदेखि उसको आत्मसम्मान र आत्मनिर्भरताको मार्ग प्रशस्त भएको थियो। अनि डा हर्कबहादुर छेत्रीको निम्ति यसकारण यो दिन ऐतिहासिक थियो किनभने आजसम्मको राजनैतिक जीवनमा उनले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धी थियो कालेबुङ जिल्ला गठनको घोषणा।
आज राज्य सरकारको मञ्त्री परिषदले कालेबुङलाई जिल्लाको दर्जा दिने प्रस्तावलाई सैद्धान्तिक रूपले अनुमोदन गरेको छ। बिधानसभाको शीतकालिनसत्रमा भाग लिन भएका कालेबुङका विधायक डा हर्कबहादुर छेत्री कालेबुङलाई जिल्लाको दर्जा दिइएको घोषणा सुन्ने पहिलो कालेबुङे थिए। हुन त आज क्याबिनेटले यो प्रस्तावलाई मञ्जुरी दिने कुरा निकै दिन अघि नै मिडीयामार्फत चुहिसकेको थियो। तर दीर्घ दिनको प्रतीक्षापछि आज मञ्त्रीपरिषदबाट यो आधिकारिक खबर सुन्न उनी बिहानैदेखि उत्साहित थिए।
आज 12 बजीसम्म पनि यो घोषणा गरिएको थिएन। समय बित्दै जाँदा डा छेत्री अधैर्य हुँदै जाँदै थिए। एकबजी दिँउसो मालदामा मुख्यमञ्त्री ममता व्यानर्जीको मिटिङ थियो। उनले फोन गरेर मिटिङको समय तीन बजी सार्न लगाइन। एकबजी क्याबिनेटको मिटिङ बोलाइन। कालेबुङलाई जिल्लाको मर्यादा दिने कुराको छलफल गर्न उनलाई आधा घण्टा पनि लागेन।
केही नयाँ जिल्ला र महकुमाको गठनको निम्ति छलफल गर्न बोलाइएको क्याबिनेट बैठकमा मुख्यमञ्त्री ममता व्यानर्जीले कालेबुङलाई राज्यको 25औं जिल्लाको रूपमा घोषणा गरिन। कालेबुङ यतिखेर एउटा उत्सवको माहौलमा डुबेको छ। जिल्लाको दावी गरिरहेको डिस्ट्रिक्ट डिमाण्ड कमिटिका सदस्य र कार्यकर्ताहरूले आफ्नो माग हासिल भएको यो जीतको अवसरलाई सहर्ष पालन गरिरहेका छन। तर राजनीतिदेखि आफूलाई टाडो राख्न रूचाउने कालेबुङका सामान्य नागरिक पनि यो उत्सवको मूडबाट अक्षुण्ण बस्न सकेका छैनन। शहरी क्षेत्रका मानिसहरू साँझपख पनि स्वतःस्फूर्त घरबाट निस्केर सडकमा आएका छन। एक अर्कालाई बधाइ आदान प्रदान गरिरहेका छन। यतिखेर कालेबुङ शहरको दृश्य यस्तो बनेको छ, मानौँ कुनै महान चाढ मनाउन मानिसहरू हर्षित र उत्साहित बनेका छन।
यतिबेला, यसलाई बिडम्बना नै मान्नुपर्छ कि सारा कालेबुङ शहर जिल्ला गठनको उत्सव मनाइरहेका बेला यो संघर्षका मुख्य योद्धा डा हर्कबहादुर छेत्री भने कलकताको एमएलए होस्टेलमा आफ्ना बंगाली प्रशंसकहरूबाट घेरिएर बसेका छन। उनलाई सन्तोष यतिमै छ कि विभिन्न सरकारी काम लिएर कालेबुङबाट भएका आफ्ना समर्थक र शुभचिन्तकहरूले भेट्न र बधाइ दिन ओइरिरहेका छन। भेट्न नसक्नेहरूले पनि फोन गरेर उनलाई बधाइ दिइरहेका छन। सारा जनताले कालेबुङलाई जिल्ला बनाउने सफलताको सम्पूर्ण श्रेय डा हर्कबहादुर छेत्रीलाई दिइरहेका छन तर उनी आफै पनि यो श्रेय राज्यकी मुख्यमञ्त्रीसँग पनि साझा गर्न चहान्छन। कालेबुङलाई जिल्लाको दर्जा दिने प्रस्तावलाई क्याबिनेटले अनुमोदन गरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया जनाउँदै उनले भने, “यसको श्रेय मुख्यमञ्त्रीआई पनि दिनुपर्छ। राजनीतिक निर्णय नलिइ यस्तो प्रशासनिक निर्णय लिनु मुश्किल नै हुन्छ। म मुख्यमञ्त्रीको यो निर्णयप्रति आभारी छु। डिस्ट्रिक्ट डिमाण्ड कमिटिका सदस्य र सम्पूर्ण कालेबुङे जनतालाई बधाइ दिनचहान्छु”

उनले मिरिकवासीहरूलाई बधाइ दिन पनि कञ्जुस्याइ गरेनन। राज्यको क्याबिनेटले कालेबुङलाई जिलाको दर्जासँगै मिरिकलाई पनि महकुमाको रूपमा अनुमोदन गरेको छ। यसबारे राज्य सरकारको सचिव तहमा धेरै समयदेखि कुरा चलिरहेको थियो। प्रशासनिक रूपले मिरिकलाई सुबिधा होस भन्ने राज्य सरकारको पनि चहाना थियो। “मिलेर गर्यौं भने सबै कुरा कसरी सहज र सम्भव छ भन्ने कुरा प्रणामित भयो । मिरिकवासीहरूलाई पनि हामी बधाइ दिन चहान्छौँ” उनले भने।उनी 20 दिसम्बरको दिन कालेबुङ फर्किदैछन्। यो जीतको साँचो खुसी कालेबुङमै आएर मनाउने मूडमा छन डा हर्कबहादुर छेत्री। डिडिसीका हजारौँ समर्थकहरू उनलाई एनजेपी रेलवे स्टेशनबाट भव्य स्वागतसहित कालेबुङ ल्याउने तयारी जुटिसकेका छन। यस्तो खुसीको मौकामा कलकतामा एक्लो हुनु परेको अनुभव सुनाउँदै उनले भने, “हाम्रो लागि आजको दिन एउटा ऐतिहासिक दिन हो। हामी 20 तारिकको दिन जोडतोडले आफ्नो खुसी ब्यक्त गर्नेछौँ”
कालेबुङलाई जिलाको रूपमा अनुमोदन गर्दा आज कालेबुङमा खुसी हुनेहरूमा मोर्चा नेतृत्व र यसका कार्यकर्ता-समर्थकहरू पनि थिए। उनीहरूले पनि पटेका पड्काए, खुशयाली मनाए। आफ्नो तीक्ष्ण प्रतिक्रियाको निम्ति माहिर मानिने डा हर्कबहादुरको कानसम्म यो कुरा पुग्न बेर लागेन। उनले आफ्नो प्रतिक्रिया गर्दै भने, “पटेका पड्काएर मात्र जिला पाउने हो भने त उनीहरूले कलकतामा आएर पटेका पड्काउन्, कलकता उनीहरूको हुन्छ? संसदभवनमा पड्काउँदा त्यो उनीहरूको हुन्छ| मोर्चामै बसेर पटेका पड्काएर पनि उनीहरू कालेबुङका मान्छे हुन। त्यसकारण उनीहरूलाई पटेका पड्काउने पुरा अधिकार छ। आजको दिन जो पनि रमाओस, मलाई केही भन्नु छैन| साभार: http://kpgdistrict.blogspot.in/
0 Response to "कालेबुङको निम्ति ऐतिहासिक दिन- डिस्ट्रिक्ट डिमान्ड कमिटि"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.