
मुख्यमन्त्री ममता व्यानर्जीलाई खम्बुहरूले जनाए भव्य स्वागत
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 4 नोभेम्बर। उत्तर बङ्गालको भ्रमणमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई खम्बु राईटस मुभमेन्टका प्रतिनिधी टोलीले सुकुनामा भेटघाट गरेर भव्य स्वागत जनाएको छ। यस अवसरमा खम्बु राईटस मुभमेन्ट, एपेक्स बडी आदिका लग़भग़ 200 भन्दा आदि खम्बु कार्यकर्ताहरूको उपस्थिती रहेको थियो।
कालेबुङ, दार्जीलिङ, खरसाङ आदि स्थानहरुबाट भेला भएका खम्बुहरूले मुख्यमन्त्रीलाई स्वागत गर्दै जनजातिको माग अनि छुट्टै विकास बोर्ड गठनको मागमा नाराबाजी लगाएका थिए।
कालेबुङ, दार्जीलिङ, खरसाङ आदि स्थानहरुबाट भेला भएका खम्बुहरूले मुख्यमन्त्रीलाई स्वागत गर्दै जनजातिको माग अनि छुट्टै विकास बोर्ड गठनको मागमा नाराबाजी लगाएका थिए।
यस अवसरमा उनीहरूले सांस्कृतिक सिल्ली नृत्य आदि प्रस्तुत गर्दै जनजाति अनि खम्बुहरूलाई यथाशिघ्र छुट्टै बिकास बोर्ड गठन गरेर सरकारले न्याय दिनुपर्ने माग गरे।
यसैक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले मन्त्री अरुप विश्वासलाई पठाएर खम्बु राईहरूको मागबारे कुराकानी गर्न लगाएका थिए। मन्त्री अरुप विश्वासलाई खम्बु राईटस मुभमेन्टका प्रतिनिधी टोलीले ज्ञापन पत्र चढाएर राईहरूका निम्ति सरकारले गठन गर्ने आश्वासंन दिएको छुट्टै बिकास बोर्ड यथाशिघ्र गठन गर्नुपर्ने माग दोहोर्याएका थिए।
छुट्टै बिकास बोर्ड गठन सँग़ै राईहरूलाई जनजातिको मान्यता प्रदान गर्न राज्य सरकारले स्वीकृति पठाउनुपर्ने माग गरेका थिए। यस क्रममा मन्त्री अरुप विश्वासले मुख्यमन्त्रीको पक्षबाट स्वागतको निम्ति धन्यवाद दिँदै राईहरूको मागलाई सरकारले गम्भिरतापूर्वक लिएको बताए। उक्त स्वागत कार्यक्रम पछि बोर्ड गठनको माग अघि बडाइरहेको एपेक्स बडीका सचिव सन्दिप कुलुङले मुख्यमन्त्रीको पक्षबाट सकारात्मक आश्वासन पाएको जनाएका छन्।
उनले खम्बुहरूको निम्ति सरकारले छुट्टै बिकास बोर्ड गठन गर्ने आश्वसन अघिबाटै दिएको बताउँदै उक्त बोर्डले जनजातिको मुद्दालाई बाधा होइन अझ सहज हुने बताएका छन्। ‘खम्बु बिकास बोर्ड साधारण ग्रामीण क्षेत्रका खम्बुहरूको निम्ति हो। यसले सरकारको आधारभूत सहुलियतबाट बञ्चित रहेका खम्बुहरूको बिकास हुनेछ। यसको साथै भारतभरी छरिएर बसेका खम्बुहरूको भाषा, साहित्य, संस्कृति बचाउनुका निम्तिपनि बिकास बोर्डले सहयोग पुग्नेछ’ सन्दिप कुलुङले भने।
सोहीक्रममा उनले अझ भने –‘जनजातिको मागलाई बोर्ड गठनले बाधा पुग्दैन। उल्टा यसले जनजातिको मुद्दालाई सहयोग पुग्नेछ’। उनले उक्त बोर्ड कालेबुङ, डुवर्स, दार्जीलिङ, खर्साङ आदिका खम्बुहरूलाई लिएर माग गरिरहेको बताउँदै यसमा सबै स्तरबाट आफूहरूलाई सहयोग प्राप्त भइरहेको जनाएका छन्। यसक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत गर्न एपेक्स बडीका मुख्य सन्योजक विनेश राई, सचिव सन्दिप कुलुङ, खम्बु राईट मुभमेन्टका उपाध्यक्ष मिलन, राई सुदास राई आदि रहेको थप सन्दिप राईले जानकारी दिएका छन्।
0 Response to "मुख्यमन्त्री ममता व्यानर्जीलाई खम्बुहरूले जनाए भव्य स्वागत"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.