-->
जलढक्कामा बिज्ञान दिवस पालन

जलढक्कामा बिज्ञान दिवस पालन

डी के वाइबा, कालिमन्युज, जलढक्का, 4 नोभेम्बर 2015: जलढक्का उच्चतर माध्यमिक विध्यालयले आज बिज्ञान दिवस पालन गर्य़ो । यस कार्यक्रमलाई पश्चिम बंगाल राज्य बिज्ञान तकनिकि परिषदद्वारा प्रायोजित अनि केन्द्रिय बिज्ञान अनि तकनिकि बिभागको राष्ट्रिय बिज्ञान अनि तकनिकि संचार परिषदद्वारा उत्प्रेरित गरिएको थियो। 
बिध्यार्थीहरुमाझ बिज्ञानमा चासो बडाउन अनि बिज्ञानको माध्यमद्वारा देशको विकाश र विश्वकै निम्ति योगदान दिन उत्साह जगाउन यो कार्यक्रम गरिएको थियो कार्यक्रममा प्रमुख अतिथिको रुपमा कालेबुङ साइंस सेंटरका प्रमुख अनि क्युरेटर डा बी बी गुरुङ आमंत्रित थिए।
कार्यक्रममा भारतिय बैज्ञानिकहरुको बिज्ञान क्षेत्रमा योगदान बिषयमा नवौ श्रेणी उभोका विध्यार्थीहरुमाझ इंटर् हाउस वाकपटुता प्रतियोगिता राखिएको थियो। प्रत्येक हाउसबाट् 2 जना विध्यार्थीहरुले यस वाकपटुता प्रतियोगितामा भाग लिएका थिए जसमा प्रथम ममता तामाङ्, दोस्रो सरोजा राई अनि तेस्रो मिरा शर्मा चुनिए। सांतवना पुरस्कार सुजाता राईलाई प्रदान गरियो। तर्क प्रतियोगिताका निर्णायक शिक्षक बिनोद सोताङ, बिकाश थापा, मोहन काफ्ले अनि सुभास चन्द्र पात्र थिए। 
उसरिनै कम खर्चमा रिसाइकल गरिएका बस्तुको उपयोगद्वारा निर्मित बस्तुहरुको निर्माण प्रतियोगितामा प्रथम निमा डोल्मु लेप्चा दोस्रो सामुएल राई अनि तेस्रो प्रनिशा राई चुनिए । प्रणिता खवास अनि बिन्ध्या तामाङ्लाई सांतवना पुरस्कार दिइयो। यस प्रतियोगिताका निर्णायक शिक्षक सागर छेत्री, बिनोद सोताङ, बिकाश थापा र अरुणध्वती बसु थिए। जम्मा 16 बिध्यार्थीहरुले आफ्नो हातले बनाएका कम दामका मुल्यवान चिजहरुको बनौट भन्दा प्रयोग गरिएका बस्तु र बनाउने तरिका ज्यादै चाखलाग्दो र प्रभावकारी थिए ।
कार्यक्रममा कालेबुङ बिज्ञान केन्द्रका सहायक हेमंत थापाले खगोल शास्त्र बारेमा एक रोचक जानकारी प्रस्तुत गरे। कार्यक्रमको संचालन र समन्वयन शिक्षक ए के राईले गरेका थिए। अन्तमा सबै प्रतियोगिहरुलाई प्रमाण पत्र अनि बिजेताहरुलाई पारितोषिक प्रमुख अतिथि डा बी बी गुरुंगको अनि प्रधान अध्यापक पी सी राई अनि सह प्रमुख एग्नेस तामाङको बाहुलीद्वारा गरियो। 
डा गुरुङ्ले आफ्नो सम्बोधनमा विधार्थीहरुलाई आफुमा भएको विशेषतालाई प्रयोग गरेर उचाइमा पुग्ने परामर्श दिदै परिश्रमसाथ अघि बडने सुझाव दिए।

0 Response to "जलढक्कामा बिज्ञान दिवस पालन "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.