-->
९ नोभेम्बरको दिन जीटीए अनि राज्य सरकारमाझ वार्ता हुने .......  जीटीएलाई क्षमताशिल बनाउन राज्यसँग कुराकानी गर्नेछौँ – रोशन गिरी

९ नोभेम्बरको दिन जीटीए अनि राज्य सरकारमाझ वार्ता हुने ....... जीटीएलाई क्षमताशिल बनाउन राज्यसँग कुराकानी गर्नेछौँ – रोशन गिरी

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ ३१ अक्टोबर। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अनि राज्य सरकार माझ आगामी ९ नोभेम्बरको दिन दुईपक्षिय वार्ता हुने भएको छ। दुईपक्षिय वार्ताको निमन्त्रण पत्र जीटीएलाई राज्यको कमिश्नर, होम एवं हिल एफेयर्स विभागले पठाएको छ। उक्त दुईपक्षिय वार्तावारे जीटीए शिक्षा विभागका सभासद रोशन गिरीले यहाँको पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्। 
उक्त पत्रमा जीटीएसँग मोठ 14 वटा विषयहरूमा चर्चा हुने कुरा पनि पत्रमा स्पष्ट उल्लेख गरेको छ। राज्य सरकारले पठाएको पत्रमा जीटीएमा विभाग हस्तान्तरण, जीटीए सञ्चालनको नियम, खर्साङमा निर्माण हुने मल्टि स्पेसियलिटी मेडिकल कलेज अनि अस्पताल एवं स्वास्थ्य विभागका कार्यक्रम, गोर्खाहरूलाई जनजातिको मर्यादा, त्रिस्तरीय पञ्चायत चुनावको पुन: लागु, जीटीएमा कार्यरत कर्मचारीवर्गको हिल एलाउन्स, सव-अर्डिनेट सर्भिस सेलेक्सन बोर्ड, जीटीएमा छुट्टै स्कूल सर्भिस कमिसन, छुट्टै कलेज सर्भिस कमिसन, केन्द्रिय विश्वविद्यालय निर्माण, अस्थायी कर्मचारीवर्गको स्थायीकरण, जीटीए सचिवालय निर्माणार्थ 5 करोड अनुमोदन, आन्दोलनकालको विजुली बिल अनि टेलिफोनको बिल समबन्धी चर्चा अनि जीटीए क्षेत्रको बन-जंगलको हस्तांतरण सम्बन्धि चर्चा हुने राज्य सरकारद्वारा पठाइएको पत्रमा उल्लेख रहेको सभासद रोशन गिरीले जानकारी दिएका छन् ।
यसक्रममा पत्रकारहरूलाई सम्बोधन गर्दै गिरीले अहिलेसम्म जीटीएलाई आफूहरूले चलाउन नजानेको भनि आरोप लगाइरहेको बताउँदै उक्त सम्पूर्ण आरोपहरू पूर्ण झूटो रहेको दाबी गरे। ‘सरकारले पठाएको पत्रको पहिलो नम्बरमा नै जीटीएमा विभाग हस्तान्तरणको बुँदा लेखिएको छ। यदि सरकारले विभागहरू पूर्णरुपले हस्तान्तरण गरेको भए पत्रमा विभाग हस्तान्तरणको कुरा लेखिएको हुने थिएन। यसले नै यहाँ हामीले जीटीए चलाउँन नजानेको होइन सरकारले चलाउन नदेको प्रमाणित भएको छ’ रोशन गिरीले भने। 
उनले उक्त दुईपक्षिय वार्तामा जीटीएको पक्षबाट कसले प्रतिनिधी गर्नेहुन् भने तय नभएको बताउँदै यसबारे पछिबाट तय गरिने जनाएका छन्। उनले आफ्नो सम्बोधनको क्रममा हाल स्थायीकरणको माग गरिरहेको जिस्टोको आन्दोलनलाई आफूहरूको पूर्ण समर्थन रहेको बताउँदै दुईपक्षिय वार्तामा पनि उक्त मुद्दाबारे चर्चा गरिने जानकारी दिएका छन्। 
यसक्रममा हाल जीटीए प्रमुख बिमल गुरुङले गरिरहेको गोर्खाल्याण्ड जागरण यात्रा जारी रहने बताउँदै गोर्खाल्याण्डको सन्दर्भमा कुराकानी भने केवल केन्द्र सरकारसँग गर्ने अडान रोशन गिरीले पनि स्पष्ट पारेका छन्। ‘हामी जीटीएलाई क्षमतासिल बनाउँन चाहन्छौँ। जीटीएलाई क्षमतासिल बनाउन राज्यसरकार सँगनै चर्न गर्न पर्छ। तर, जहाँ सम्म गोर्खाल्याण्डको प्रसंग आउँछ त्यसबेला हामी केवल केन्द्र सरकारसँग मात्र कुराकानी गर्छौँ’ गिरीले भने।  

Related Posts

0 Response to "९ नोभेम्बरको दिन जीटीए अनि राज्य सरकारमाझ वार्ता हुने ....... जीटीएलाई क्षमताशिल बनाउन राज्यसँग कुराकानी गर्नेछौँ – रोशन गिरी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.