-->
विकास बोर्ड अनि जनजातिको मागमा खम्बु राईको शक्ति प्रदर्शन गर्ने ........ बिकास बोर्ड संगठनमाथि आस्था राख्नेहरूको निम्ति हो – खरामु

विकास बोर्ड अनि जनजातिको मागमा खम्बु राईको शक्ति प्रदर्शन गर्ने ........ बिकास बोर्ड संगठनमाथि आस्था राख्नेहरूको निम्ति हो – खरामु

डी.के.वाइबा,कालिमन्युज, कालेबुङ 30 अक्टोबर। धेरै चर्चामा आएको राई विकास बोर्ड गठन हुन अघि नै विवादमा परेको छ। उक्त विवाद अहिलेघरी चारैतिर दिनदिनै बढीरहेको छ भने खम्बु राईटस मुभमेन्ट उक्त बोर्ड प्राप्ति अनि जनजातिको मुद्दालाई अघि बढाउने कार्यमा तिव्ररुपले लागीपरेको छ।
यसक्रममा खम्बु राईटस मुभमेन्टले खम्बु राई जातिको संस्कार सस्कृति, भाषा, लिपि, सङ्गीत तथा आर्थिक रूपमा विकास गर्नुपर्छ साथै खम्बु जातिको दीर्घ मियादी माग जनजाति मान्यताको निम्ति राज्यबाट सिफारिस दिने मागमा भोलि शनिबार कालेबुङमा शक्ति प्रदर्शन गर्ने भएको छ। उक्त जानकारी मुभमेन्टका सचिव सन्दिप कुलुङले दिएका हुन्।
खम्बु राइट्स मुभमेन्टद्वारा आयोजित यस जुलूसको कार्यक्रम होम्स ग्राउण्ड़बाट शुरू भएर शहर परिक्रमा गरी महकुमा अधिकारी मार्फत जिल्ला अधिकारी साथ मुख्यमन्त्री अनि विधायकलाई ज्ञापन पत्र बुझाउने भएको छ। 
जुलूसको कार्यक्रममा कालेबुङका शाखा प्रशाखा लगायत डुवर्स, सिलगढ़ी, मिरिक, खरसाङ, दार्जीलिङ, जलपाइगढ़ी आदि क्षेत्रबाट खम्बु प्रतिनिधिहरू उपस्थित बन्ने मुभमेन्टका सचिव सन्दिप कुलुङले जनाएका छन्। विकास बोर्ड राई जातिको निम्ति गठन गरिदिनुपर्छ भनेर खम्बु राइट्स मुभमेन्टले माग गरिरहेको भए तापनि खरसाङको अल इण्डिया किराँती खम्बु राईले भने यसको बारम्बार विरोध जनाइरहेको छ। 
यस विषयमा आफ्नो टिप्पणी राख्दै सन्दिप कुलुङले भने, खरसाङमा बसेर् अनि अवकाशप्राप्त भएकाहरुले सङ्गठन चलाउने हरुको निम्ति विकास बोर्ड कदाचित होइन। विकास बोर्ड गाउँ बस्ती, कमान आदि क्षेत्रका नब्बे प्रतिशत गरिबी रेखा मुनिका साधारण खम्बुहरूको निम्ति हो। जुन खम्बुहरूलाई सङ्गठनको निम्ति मासिक शुल्क तिर्नसमेत हम्मे पर्छ, उनिहरुको निम्ति हो। 
विकास बोर्डको माग खरामुले गरे तापनि इच्छा भने साधारण खम्बु तथा शाखा प्रशाखाको हो। विकास बोर्डको माग गर्ने व्यक्तिहरू राजनीति प्रेरित हुन भनेर जुन प्रकारले आरोप लगाइएको छ यसको हामी सोझै खण्डन गर्न चाहन्छौँ। यदि राजनीति प्रेरित हो भने हामीलाई प्रमाण दिनुपर्छ। 
सरकार र राजनैतिक पार्टी छुट्टाउन सक्ने क्षमता सङ्गठन चलाएर बस्ने महानुभावहरूलाई हुनुपर्ने सुझाउ राख्दै उनले भने, बङ्गालका मुख्यमन्त्री टीएमसीका नेतृ मात्र नभएर एउटा राज्यको मुख्यमन्त्री पनि हुन्। यसरी नै मोर्चा अध्यक्ष विमल गुरुङ गोजमुमोको अध्यक्ष मात्र नभएर वर्तमान जीटीएका मुख्य कार्यपाल पनि हुन्। हामी साधारण अनि पछौटेवर्गमा रहेको जाति भएको कारणले गर्दा हामी उनीहरूमाथि आफ्नो दुखेसो पोख्न सक्छौँ। यसैले हामीले बोर्ड ममता ब्यानर्जीसंग होइन तर बंगालका मुख्य मंत्री समक्ष राखेका हौ।
यता एपेक्स बडीका मुख्य संयोजक एवं खम्बु राइट्स मुभमेन्टका संयोजक विनेश राईले पनि अल इण्डियामाथि टिप्पणी राख्दै उनीहरूलाई विकास बोर्डबारे कुनै प्रकारको जानकारी नभएको बताएका छन्। यदि उनीहरूलाई विकास बोर्डबारे कुनै प्रकारको जानकारी छैन भने बोल्ने अधिकार पनि छैन। खरामुले खम्बु जातिको कुनै पनि अधिकारको कुरालाई अघि ल्याउने गर्छ। भोलिको दिनमा यदि सरकारको सहुलियत जस्ता कुराहरूबाट गरीब खम्बुहरू वञ्चित हुन्छन भने त्यसको जिम्मेवारी आज विरोध गर्ने प्रतिनिधिहरू हुनेछन्। 
खरामुले क्षेत्रीयदेखि लिएर दिल्लीसम्म गएर जनजातिको आन्दोलनलाई अघि बढ़ाइसकेको दावी गर्दै राईले भने, अल इण्डिया यदि राष्ट्रियस्तरको हो भने यसरी क्षेत्रीय कुरामा टाउको दुखाउनु भनेको लज्जास्पद कुरा हो। अल इण्डियाको सोच अनुसारको राज्यले जनजातिको आन्दोलनको निम्ति पहल गरिदिनुपर्ने कुरा छ त्यसमा हामी आजभन्दा धेरै समय अघिदेखि लागिपरिरहेका छौँ। अहिलेको समय आउने भावी सन्तानको निम्ति खम्बुहरू एक हुने समय हो। खरामु खम्बुहरूको एकता चाहन्छ। यसैले गर्दा हाल भारतको विभिन्न खम्बु संघ संस्थासित सम्पर्क बनाएर खरामुले कार्यक्रम गरिरहेको छ। 
तिनले अझै भने खरामुले यँहा अन्योलता ल्याएको छैन तर नथापौ, थाप्नै हुँदैन, त्यसलाई दिनु हुँदैन, त्यसलाई दिए म थाप्दिन भन्नेहरुले नै खम्बुहरुलाई बिभाजित गरिरहेका छन। हाम्रो कुरा सरल छ खम्बुहरुको सर्वांगिन बिकाश हामीलाई चाहिन्छ जसको निम्ति अनुसुचित जनजातिको मर्यादाको मागलाई खरामुलो उठाइरहेकोछ अनि यसलाई पार लगाउन बंगाल सरकारको अत्यन्तै प्रभावकारी सिफारिसको नितान्त आवश्यक्ता परेकोछ | 
यही कारण सिफारिस दिने ब्याकवार्ड क्लासेस वेल्फेयर डिपार्ट्मेंट अंतर्गत नै खम्बुहरुको सर्वांगिन बिकाश गर्न दिइरहेको डेभलपमेंट बोर्ड पनि लिएर खम्बु संस्कृति लगायत अन्य विकाश गर्ने संगसंगै सिफारिस पनि लिने हामीले निर्णय लिएका हौ। तर बगमफुसे कुरा र अन्योलमा पार्ने कुराहरु गरेर आफै पनि नगर्ने अनि हामी काम गर्नेलाई पनि गर्न नदिने कुरा भैरहे ता पनि हामीलाई शाखा शाखाका खम्बु सदस्यहरुले सहयोग दिइरहेकोले हामी अझै अगाडी बड्न सक्षम भैरहेका छौ, राईले अझै बताए ।

Related Posts

0 Response to "विकास बोर्ड अनि जनजातिको मागमा खम्बु राईको शक्ति प्रदर्शन गर्ने ........ बिकास बोर्ड संगठनमाथि आस्था राख्नेहरूको निम्ति हो – खरामु"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.