-->
जनताको हितमा मोर्चाले शक्ति खर्च गर्नुपर्ने बिधायकको सुझाव ......२०१८ भित्र गोजमुमोले गोर्खाल्याण्ड ल्याउन पटक्कै सक्दैन – डा. हर्कबहादुर छेत्री

जनताको हितमा मोर्चाले शक्ति खर्च गर्नुपर्ने बिधायकको सुझाव ......२०१८ भित्र गोजमुमोले गोर्खाल्याण्ड ल्याउन पटक्कै सक्दैन – डा. हर्कबहादुर छेत्री

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २९ अक्टोबर। ‘आगामी २०१८ भित्र गोर्खाल्याण्ड हुन्छ भनेर गोजमुमो अध्यक्ष विमल गुरुङले जनतालाई ढाँट्ने कार्य गर्दैछन्। यदि २०१८मा राज्यसभामा भाजपा पूर्ण बहुमतमा आएको खण्डमा पनि गोर्खाल्याण्ड हुँदैन। यो म लेखेर दिन सक्छु’-उक्त कुरा कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले आज कालिमन्युजसंग विशेष कुराकानीको क्रममा भनेका हुन्।
 कुराकानीको क्रममा डा. हर्कबहादुर छेत्रीले हाल कालेबुङ जिल्लाको मुद्दा बिधानसभा चुनाव अघि पार लाग्न नसके त्यसपछि हुँदैन भन्ने कुराकानी मोर्चाले गर्ने गरेको बताउँदै कालेबुङ जिल्ला हुने सम्भावना छुट्टै राज्य गठनको सम्भावना भन्दा धेर रहेको दाबी गरे। 
‘जतिको गोर्खाल्याण्ड गठन नहुने सम्भावना धेर छ त्यतिकै धेर कालेबुङ जिल्ला गठन हुने सम्भावना धेर छ’ – उनले अझ भने। यसक्रममा हाल कालेबुङमा गोर्खाल्याण्ड जागरण यात्राको नाउँ गरेर गोजमुमो अध्यक्ष विमल गुरुङ डेरा हालेर बस्नुको मूल उद्देश्य डा. हर्कबहादुर छेत्रीले जिल्ला गठन गरे आफूहरूको अस्तित्व संकटमा पर्छ भन्ने चिन्ताले मात्र हो भनि टिप्पणी गरेका छन्। 
‘कालेबुङ जिल्ला गठन भईहाले गोजमुमो पार्टीले केही गर्न नसकेको स्पष्ट बन्नेछ। यहीँ चिन्ताले गर्दानै हाल विमल गुरुङ कालेबुङमा डेरा हालेर बसेका हुन्’-डा. छेत्रीले अझ भने। ‘तिमी गोर्खाल्याण्ड माग्दै गर, जहाँ माग्नु मनलाग्छ त्यहीँ माग। म मेरो काम गर्छु, म जिल्ला गठन गरेर देखाइदिनेछु’ – डा. हर्कबहादुर छेत्रीले विमल गुरुङलाई कटाक्ष गर्दै भने। 
उनले छुट्टै राज्य गठन असम्भव भने पटक्क नरहेको बताउँदै यहाँ ल्याउँछु भन्ने व्यक्तिहरूमा योग्यता नरहेको आरोप लगाए। ‘एघारपल्टको त्रिपक्षिय वार्ता मध्ये 9 वटा त्रिपक्षिय वार्तामा म आफै बसेको हो। त्यहाँ के कुराकानी भयो भन्ने मलाई राम्ररी थाह छ। मैले गोर्खाल्याण्ड हुँदैन भनेक होइन। तर, यहाँ ल्याउँछु भन्ने यस्तो योग्यता नभएका नेताहरूले भने ल्याउँन सक्दैन’ – डा.छेत्रीले मोर्चा नेताहरू प्रति कटाक्ष गर्दै भने। 
यसक्रममा हाल मोर्चाका नेताहरूले आफूले गर्न सक्ने कार्यहरू समेत नगरेको आफ्नो शक्ति विनाकारण कुनै लक्ष्य प्राप्ति नगर्ने ठाउँमा खर्चगरिएको बताए। यसको निम्ति मोर्चा नेताहरूले काम गर्न नसक्ने कुराको निम्ति आफ्नो शक्ति खर्च गरे असल हुने सुझाव पनि दिएका छन्। 
कुराकानीको क्रममा उनले कोलकोतामा मुख्यमन्त्री ममता व्यानर्जीसितको भेटघाटमा चाँढै खण्ड बडोत्तरीको कार्य थाल्ने गर्ने आश्वासन दिएको बताउँदै खण्ड बडोत्तरीको काम सुरु भएपछि जिल्ला गठनको मार्ग स्पष्ट बन्ने थप बताए। 
“मुख्यमन्त्री ममता ब्यानर्जीले पहिला खण्ड बडोत्तरीको कार्य गर्ने बताएकी छन्। खण्ड बडोत्तरीको कुरा अघि बडेपछि जिल्ला गठनको प्रक्रिया सुरु हुनेछ भन्ने बुझ्न आवश्यक छ’ डा. छेत्रीले अझ भने। उनले मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ भ्रमणमा आउँदा आफूले जिल्ला गठनको घोषणा हुनसक्ने कुरामा धेर आशावादी रहेको बताउँदै मुख्यमन्त्रीको भ्रमणको तारिक अहिले नै निर्दिष्ट नभएको बताएका छन्। 
उनले जिल्ला गठनको निर्दिष्ट तारिक नदिने बताउँदै आफूले यदि तारिक दिए विमल गुरुङ अनि आफूमा कुनै फरक नहुने बताए। 
‘मुख्यमन्त्रीले चाहेको खण्डमा जिल्ला भईहाल्न सक्छ। उनले आफ्नो भ्रमणमा चाहे घोषणा गर्न सक्छन् तर, आफ्नो राजनैतिक नाफा हेरेका छन् भने त्यो नाफाको समय कहिले उचित लाग्छ सक्छ त्यसैबेला घोषणा गर्न सक्छन्। यदी हामीले राजनैतिक नाफा हेर्न सक्छौँ भने त्यो उनले पनि हेरेको हुनसक्छ। यसकारण समय अनुरुप मुख्यमन्त्रीले जिल्ला घोषणा गर्न सक्छन्’ डा. छेत्रीले स्पष्ट भने। 
आज मोर्चा आफैले जिल्लाको माग गरिरहेको छौँ भनेर भन्ने गरेको बताउँदै मोर्चा नेता विमल गुरुङले हैकमवादी नीति अप्नाएर जनता समेतलाई अवहेलना गर्ने गरेको आरोप लगाएका छन्। 
यता हाल दार्जीलिङ पहाडमा गोर्खा जनमुक्ति मोर्चा सत्तासिन पार्टी भएको कारण उक्त पार्टीले जनताको हितमा कार्य गर्नुपर्ने सुझाव दिँदै सत्तामा बस्नेहरूले जनताको हितमा कार्य नगरेको डा.छेत्रीले आरोप लगाएका छन्। यसक्रममा उनले राष्ट्रिय खाद्य सुरक्षा समबन्धि केन्द्र सरकारले काम गर्ने आदेश दिए पनि मोर्चाले पहाडमा काम गर्नै नदिएको उनले आरोप लगाए। 
यसैक्रममा जनताको हितमा मोर्चाले काम नगरेको स्पष्ट उदाहरण अहिले स्थायिकरणको माग गरिरहेको शिक्षक शिक्षिकावर्गको अवस्था हो भने। ‘शिक्षा जिटिएमा हस्तान्तर भएको विभाग हो। तर उनीहरूले असुरक्षित अस्थायी शिक्षक-शिक्षिकावर्गको समस्यालाई समाधान गरेको छैन। जसको कारण आज उनीहरू धर्नामा बस्न परिरहेका छ’ डा छेत्रीले भने। यसक्रममा अस्थायी शिक्षक-शिक्षिकावर्गले धर्ना प्रदर्शन गरिरहेको थाह पाएपछि उक्त मुद्दालाई समाधानको माग गर्दै शिक्षा मन्त्री ब्रात्य वशुसँग कुराकानी गरेको पनि छेत्रीले जानकारी दिएका छन्।

Related Posts

0 Response to "जनताको हितमा मोर्चाले शक्ति खर्च गर्नुपर्ने बिधायकको सुझाव ......२०१८ भित्र गोजमुमोले गोर्खाल्याण्ड ल्याउन पटक्कै सक्दैन – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.