-->
वीरेन्द्र खड्काद्वारा अनुवादित ‘भाषा नीतिकोबारेमा अन्तराष्ट्रिय खोज’ पुस्तिकाको विमोचन

वीरेन्द्र खड्काद्वारा अनुवादित ‘भाषा नीतिकोबारेमा अन्तराष्ट्रिय खोज’ पुस्तिकाको विमोचन

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २९ अक्टोबर। वीरेन्द्र खड्काद्वारा ‘भाषा नीतिकोबारेमा अन्तराष्ट्रिय खोज’ नामक अनुवादित पुस्तिका आज यहाँको साहित्य अध्ययन समितिको प्रेक्षा गृहमा विमोचन गरियो। कार्यक्रममा विशेष रुपले उपस्थित रहेका कथाकार सञ्जय विष्ट, पेदोङ कलेजका प्रभारी नवीन पौड्याल, कवि मनोज वोगटी अनि अनुवादक विरेन्द्र खड्काको बाहुलीबाट उक्त पुस्तिकाको विमोचन गरिएको हो। 
गजलकार सुवास श्रेष्टद्वारा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै डी.वी मगरले पुस्तिकावारे जानकारी गराएका थिए। अहिलेघरी विश्वभरी नै अङ्ग्रेजी भाषाको बढ्दो प्रभाव अनि शिक्षाको माध्यम चारैतिर अङ्ग्रेजी बनिरहेको अवस्थाना शिक्षाको माध्यम मातृभाषा गर्न सके अङ्ग्रेजी भाषामा जस्तै उचित ज्ञान प्राप्त गर्न सकिनेछ भन्ने पञ्जाब विश्वविद्यालयका प्रो. डा. जोगा सिहको धारणा रहेको छ। 
यसैसन्दर्भमा उनले ‘भाषा नीतिकोबारेमा अन्तराष्ट्रिय खोज’ भन्ने पुस्तिका लेखेका छन्। सोही पुस्तिकालाई विरेन्द्र खड्काले नेपालीमा अनुवाद गरेका हुन्। 
कार्यक्रमलाई सम्बोधन गर्दै अनुवादक विरेन्द्र खड्काले पुस्तिकाबारे जानकारी गराउँदै मातृभाषाको मह्वबारे प्रकाश पारेका थिए। सोही अवसरमा विशिष्ट अतिथिका रुपमा उपस्थित कथाकार सञ्जय विष्टले मातृभाषाको माध्यमबाट सबैले उचित शिक्षा प्राप्त गर्न सक्ने बताउँदै उक्त पुस्तिका अनुवादक विरेन्द्र खड्काको भाषा प्रेमको उपज हो भने। 
यसैक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै नवीन पौड्यालले उक्त पुस्तिका एउटा महत्वपूर्ण अनि खोजमूलक दस्तावेज रहेको बताउँदै यस कार्यका निम्ति अनुवादकलाई धन्यवाद दिए। अर्कोतिर कार्यक्रममा कवि मनोज बोगटी, राकेस क्रान्तिकारी आदिले कविता वाचन पनि गरेका थिए।

0 Response to "वीरेन्द्र खड्काद्वारा अनुवादित ‘भाषा नीतिकोबारेमा अन्तराष्ट्रिय खोज’ पुस्तिकाको विमोचन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.