-->
कालेबुङ सँगै अन्य महकुमालाई पनि जिल्ला बनाउनुपर्छ – भागोप

कालेबुङ सँगै अन्य महकुमालाई पनि जिल्ला बनाउनुपर्छ – भागोप

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 5 अक्टोबर। भारतीय गोर्खा परिसंघले छुट्टै कालेबुङ जिल्लाको मागलाई समर्थन जनाएको छ। भागोप प्रवक्ता आर.मोक्तानले पत्रकार सम्मेलन आयोजना गरेर छुट्टै जिल्लाको मागलाई समर्थन जनाउँदै उक्त मुद्दाले छुट्टै राज्यको मागलाई बाधा पुग्न नहुने पनि बताएका छन्। 
“कालेबुङलाई छुट्टै जिल्ला बनाउनु राम्रो कुरा हो। यद्यपी यस जिल्लाको मुद्दाले छुट्टै राज्य गोर्खाल्याण्डको मागमा बाधा आउनु हुँदैन” आर.मोक्तानले भने। कालेबुङ महकुमा एउटा ठूलो महकुमा भएको कारण यसलाई छुट्टै जिल्ला बनाउँदा प्रशासनिक सुविधा हुने बताउँदै कालेबुङको साथ-साथै दार्जीलिङ, खर्साङ, सिलगडीलाई पनि छुट्टै जिल्ला बनाउनुपर्ने अडान राखेको छ। यसका साथै भागोपले जिल्लाको साथ-साथै महकुमा अनि खण्डहरूको बडोत्तरी पनि गर्नुपर्ने माग गर्दै यसका निम्ति विभिन्न राजनैतिक पार्टीहरुसित बैठक बस्नुपर्ने पनि आर.मोक्तानले बताएका छन्।

0 Response to "कालेबुङ सँगै अन्य महकुमालाई पनि जिल्ला बनाउनुपर्छ – भागोप"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.