-->
गोजमुमो पार्टीमा पैह्रो जाने क्रम जारी

गोजमुमो पार्टीमा पैह्रो जाने क्रम जारी

डी के वाइबा, कालिमन्युज, कालेबुङ 5 अक्टोबर। कालेबुङ जिल्लाको समर्थन गर्दै गोर्खा जनमुक्ति मोर्चा छोड्नेहरूको संख्या दिनोदिन वृद्धि भइरहेको छ। गत 2 अक्टोबर गान्धी जयन्तीका दिन कालेबुङ जिल्लाको समर्थन गर्दै सभासद निमा तामाङका भाइ पासाङ तामाङ लगायत 70 भन्दा धेर मोर्चा समर्थकहरूले पार्टीबाट राजीनामा दिएपछि हाल मोर्चामा पैह्रो जाने क्रम जारी रहेको छ। 
यसैक्रममा कालेबुङ जिल्लालाई समर्थन गर्दै आज लकभग एकसय भन्दा अधिक मोर्चा कार्यकर्ताहरूले पार्टीबाट राजीनामा दिएका छन्। कालेबुङ महकुमा क्षेत्रको गोरुबथान, 15 माइल, दलपचन्द, डा. ग्राह्म होम्स, पैयुङ, छोटा भालुखोप आदि क्षेत्रका मोठ सय भन्दा अधिक गोजमुमो कार्यकर्ताहरूले पार्टीबाट सामुहिक राजीनामा दिँदै पासाङ तामाङको समुहमा सामेल भएका छन्। 
यहाँको टाउन हल परिसरमा आज उक्त मोर्चा कार्यकर्ताहरू गोजमुमो पार्टी त्यागेर पासाङ तामाङको समुहमा सामेल भएको आधिकारिक घोषणा गरेका छन्। यसैक्रममा पासाङ तामाङले पत्रकारहरुलाई सम्बोधन गर्दै छुट्टै जिल्लाको मागमा वितेका तीन दिनमा पुन: ढेडसय भन्दा अधिक मोर्चा कार्यकर्ताहरूले पार्टी त्यागेको दाबी गरेका छन्। 
“छुट्टै कालेबुङ जिल्लाको मागलाई समर्थन गर्दै हामीले पार्टी त्यागेपछि हाल कालेबुङका धेरै मानिसहरूले हामीलाई समर्थन गरिरहेका छन्। उक्त जिल्लाको मागलाई अघि बढाउनको निम्ति भविष्यमा हामी धेरै कार्यक्रमहरू गर्नेछौँ” पासाङ तामाङले भने। हाल आफूले कुनै पनि राजनैतिक पार्टीमा सामेल हुने अथवा नयाँ राजनैतिक दल गठन गर्ने कुरा नसोंचेको जानकारी गराउँदै भविष्यमा जनताको चाहना पुरा गर्न राजनैतिक पार्टीको झण्डा समात्न पछि नपर्ने पनि तामाङले बताएका छन्। 
यसैक्रममा गोरुबथानका ओम कार्कीले पनि पत्रकारहरूसँग कुराकानी गर्दै छुट्टै जिल्ला गठन भए यहाँका जनतालाई सुविधा हुने भएको कारण नै आफूहरूले जिल्लाको मुद्दालाई समर्थन जनाएको जानकारी गराए।

0 Response to "गोजमुमो पार्टीमा पैह्रो जाने क्रम जारी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.