
शहरका असहायहरू साराङ्गीको धुनसँगै जमेर नाँचे
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ १८ अक्टोबर। ‘सारङ्गीको तारले मेरो मनको गीत गाउँछ, लेख देखि बेँसी सम्म गाईने गीत गाउँछ राजै... गाईने गीत गाउँछ’ ... सारङ्गी रेट्ने दुईजनाले यस्तै धुन बजाइरहेका थिए। सारङ्गीको मिठो धुनमा मस्त बनेका असहायहरू कालेबुङको त्रिकोण पार्कमा गलामा सयपत्रीको माला अनि शिरमा ढाका टोपी ढलक्क ढल्काएर नाचीरहेका थिए। बजारमा दशैँको सौदापात गर्न हतार साथ हिँडिरहेका पाइलाहरू पनि जब त्रिकोण पार्क नजिक पुग्थ्यो त्यस समय एकक्षण उभिररै ती ‘असहायहरू’-का मनमोहक नृत्य हेर्दै रमाईरहेका थिए। जुन दृष्यले साँच्चै कालेबुङमा दशैँको रौनका पूर्णरूपले बडाएको थियो। उक्त सम्पूर्ण कार्यक्रम कालेबुङ शहरदेखि हाल दार्जीलिङ सिक्किम, तराई-डुवर्स अनि ११ वटा देशहरूमा संगठन विस्तार भइसकेको गैरसरकारी संस्थान ‘हू केयर्स्’-को सक्रियतामा सम्पन्न भइरहेको थियो।
शहरका गल्ली गल्छेडीँहरूमा असहायहरू मागेर खान्छन्। उनीहरूको न त घर छ न त आफ्नतहरूनै छन्। आज यो गल्ली त भोलि अर्को गल्लि उनीहरूको वासस्थान हुने गर्छ। मैला लुगाफाटा लगाएर जथाभावी माग्दै हिँड्ने ती असहायहरू मानिसहरूले फ्याकेका सडेका खानहरू खान्छन्। कसैले दया गरेर खानेकुरा दिए उनीहरूका अनुहार भरी खानेकुरा पाउनुको खुशीयाली झल्किने गर्छ। यस्ता गल्ली गल्छेडीँहरूमा दैनिक अरुकै जुठो खानेकुराको आशामा जीवन बिताउनेहरूलाई न त दैशैँको चिन्ता छ न त पर्वको खुशीयाली नै हुने गर्छ। यद्यपी उनीहरू हाम्रो समाजका मानिसहरू हुन्। उनीहरूले पनि यस्ता चाँढ पर्वमा खुशीयाली मनाओस भन्ने गैरसरकारी संस्थाका संस्थापक एरोण योञ्जन ठान्छन्। जसको सक्रियतामा गठन भएको ‘हू केयर्स्’-ले आज ती शहरका असहायहरूलाई त्रिकोण पार्कमा दशैँको भोज खुवाएर कालेबुङमा दशैँको स्वागत गरे। शहरको गल्ली गल्लीमा मैला लुगाफाटा लगाएर हिँडीरहेका ती माग्ने असहयहरूलाई सर्वप्रथम त्रिकोण पार्कमा हू केयर्सका सदस्यहरूले भेला पारे अनि नुहाई-धुवाई गरेर नयाँ लुगाफाट अनि शिरमा ढाका टोपी र गलामा सयपत्रीका माला लगाईदिएका थिए। यस समय साँच्चै ती असहाय मानिसहरूको आँखाभरी खुशीको धर्सा स्पष्ट देखिएको थियो। नयाँ लुगाफाटा लगाएर सजिएका असहायहरू पनि नाँच्दो’रैछ भन्ने भान पनि आज नै देख्न पाइएको थियो। जतिबेला बाटोमा साराङ्गी बजाएर हिँड्नेहरूलाई त्यहाँ निम्ताइयो अनि बजाइयो सारङ्गीको मिठो धुन तब सुरू भयो ती असहयहरूको नृत्य। भेला भएका सबै असहायहरू रमाएर नाँचे। दशैँको खुशीयाली मनाए। मानव समाजबाट सधैँ तिरस्कृत ती असाहयहरूको यस प्रकारको जमघट अनि नृत्यले सबैको ध्यान आकर्षण गराएको थियो।
‘मानव समाजबाट अवहेलित बनेका अनि शहरको गल्लीहरूमा मागेर खाने ती असाहयहरू पनि हाम्रै समाजका अङ्गहरू हुन्। उनीहरू पनि सामाजिक प्राणी हुन्। उनीहरूलाई हामीले मानवीय प्रेम दिन सक्नुपर्छ’ – हू केयर्सका संस्थापक एरोण योञ्जनले भने। मानवीय प्रेम अनि सामाजिक उत्तरदायित्व सम्झेर नै ती असहायहरूको सेवामा लागीपरेको हू केयर्सले आज ती असहायहरूसित दशैँको रमझम मनाएको योञ्जनले थप जानकारी गराए। ‘यस्ता व्यक्तिहरूलाई दशैँको समय कसलाई सम्झने फुर्सद छ र ? यद्यापी हामीले मानवीय प्रेम बाँढेर दशैँको मरोञ्जन अनि खुशीयाली उनीहरूलाई पनि मनाउने मौका दिनुपर्छ भन्ने लागेर यसरी असहायहरूसँग दशैँ मनाएका हौँ’ एरोण योञ्जनले थप भने। उनले ती असहायहरूको घर नभएको कारण घरमा चाँढ मनाउने व्यवस्था नभएको बताउँदै हू केयर्सले आगमी दिनमा यस्ता असहायहरूलाई राख्ने एउटा आश्रम निर्माण गर्ने योजना रहेको बताउँदै यस कार्यका निम्ति सबैबाट सहयोगको अपेक्षा साँचेको बताएका छन्। ‘शहरका गल्लीहरूमा समाजबाट उपेक्षित बनी मागेर खानेहरूलाई घरमा राखेर भविष्यमा दशैँ मनाउँने योजना छ। तर हामी ती धेरै असहायहरूलाई राख्न सक्ने आश्रम बनाउँन सक्षम छैनौँ। मानवीय मूल्यलाई बुझेर हामीलाई ती असाहयहरू राख्न सक्ने आश्रम निर्माणको निम्ति सबैबाट सहयोगको अपेक्षा राख्दछौँ’ – योञ्जनले भने। उनले आज यसरी असाहयहरूसँग दशैँ मनाउन पाउँदा हर्षित बनेको बताउँदै आफूहरूले प्रत्येक चाँढ-पर्व उक्त असायहरूसँग मनाउने गरेको अनि भविष्यमा पनि मनाइरहने बताएका छन्।
0 Response to "शहरका असहायहरू साराङ्गीको धुनसँगै जमेर नाँचे "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.