प्रम कोइराला नेतृत्वको चौबीस सदस्यीय टोली सार्क सम्मेलनमा
21 Nov 2014
Comment
राजेश शर्मा, कालिमन्युज, काठमाण्डौ, 21 नोभेम्बर 2014: 22 देखि 27 नोभेम्बरसम्म हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र यससँग सम्बन्धित शिखर सम्मेलनअघिका बैठक राजधानीमा हुने भएका छन् ।यही नोभेम्बर 22 देखी 27 तारीख हुने अठारौं शिखर सम्मेलनमा नेपालको नेतृत्व प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुनेछ । त्यसअघि मङ्सिर ९ गते हुने ३६औं सार्क मन्त्रिपरिषद् बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।यसैगरी 24 र 25 गते हुने सार्कको ४१औं स्थायी समिति बैठकमा नेपाली पक्षको नेतृत्व कामु परराष्ट्र सचिव शङ्करदास वैरागीले गर्नुहुनेछ ।
शनिबारदेखि हुने ४९औं सार्क कार्यक्रम समितिको बैठकमा नेपालको प्रतिनिधित्व मन्त्रालयको क्षत्रीय सङ्गठन विभागका प्रमुख एवम् सहसचिव यज्ञबहादुर हमालले गर्नुहुनेछ ।सार्क शिखर सम्मेलन भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा तथा अन्य बैठक राजधानीको सोल्टी होटलमा हुनेछन् । अठारौंँ सार्क शिखर सम्मेलनमा 24 सदस्यीय नेपाली प्रतिनिधिमण्डलले भाग लिनेछ ।
प्रतिनिधिमण्डलमा प्रधानमन्त्री कोइराला, परराष्ट्रमन्त्री पाण्डे, मुख्यसचिव लीलामणि पौडेल, कामु परराष्ट्र सचिव वैरागी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री, बङ्गलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठ, पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्याल र परराष्ट्र मन्त्रालयको क्षेत्रीय सङ्गठन विभागका प्रमुख एवम् सहसचिव यज्ञबहादुर हमाल हुनुहुन्छ ।
प्रतिनिधिमण्डलका अन्य सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव खगनाथ अधिकारी, नयाँदिल्लीस्थित नेपाली दूतावासका कावा राजदूत कृष्णप्रसाद ढकाल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला, उद्योग मन्त्रालयका सहसचिव यामकुमारी खतिवडा, परराष्ट्र मन्त्रालयको सार्क महाशााखाका उपसचिवद्वय मणिरत्न शर्मा र आनन्दप्रसाद शर्मा, मन्त्रालयका उपसचिव रीता धिताल र लोकबहादुर पौडेल क्षेत्री, सार्क महाशाखाका शाखा अधिकृतद्वय भोगेन्द्र लिङ्देन र विनोद मुखिया हुनुहुन्छ ।
सम्मेलनमा सहभागी हुने पाँच सदस्यीय सल्लाहकार समूहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराई, आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपाल, प प्रमुख स्वकीय सचिव वसन्त गौतम र परराष्ट्रमन्त्रीका सल्लाहकार अश्विन पुडासैनी हुनुहुन्छ ।यसैगरी परराष्ट्रमन्त्री पाण्डेको नेतृत्वमा सहभागी हुने ३६औं सार्क मन्त्रिपरिषद् बैठकमा कामु परराष्ट्र सचिव वैरागी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सिटौला, ऊर्जा सचिव क्षेत्री, बङ्गलादेशका लागि नेपाली राजदूत श्रेष्ठ, पाकिस्तानका लागि नेपाली राजदूत पौड्याल र परराष्ट्र मन्त्रालयको क्षेत्रीय सङ्गठन विभागका प्रमुख एवम् सहसचिव हमाल हुनुहुन्छ ।
बैठकमा सहभागी हुने अन्य सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव खगनाथ अधिकारी, नयाँदिल्लीस्थित नेपाली दूतावासका कावा राजदूत ढकाल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचि कोइराला, उद्योग मन्त्रालयका सहसचि खतिवडा, परराष्ट्र मन्त्रालयको सार्क महाशााखाका उपसचिवद्वय मणिरत्न र आनन्दप्रसाद, पराष्ट्र मन्त्रालयका उपसचिव धिताल र क्षेत्री, सार्क महाशाखाका शाखा अधिकृतद्वय लिङ्देन र मुखिया तथा परराष्ट्र मन्त्रीका सल्लाहकार पुडासैनी हुनुुहुन्छ ।
त्यसैगरी कामु परराष्ट्र सचिव वैरागीले नेतृत्व गर्ने ४१औंँ स्थायी समिति बैठकका सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको क्षेत्रीय सङ्गठन विभागका प्रमुख एवम् सहसचिव हमाल, परराष्ट्र मन्त्रालयका सहसचिव अधिकारी, नयाँदिल्लीस्थित नेपाली दूतावासका कावा राजदूत ढकाल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव कोइराला, उद्योग मन्त्रालयका सहसचिव खतिवडा, परराष्ट्र मन्त्रालयको सार्क महाशााखाका उपसचिवद्वय मणिरत्न र आनन्दप्रसाद, पराष्ट्र मन्त्रालयका उपसचिव धिताल र क्षेत्री तथा सार्क महाशाखाका शाखा अधिकृतद्वय लिङ्देन र मुखिया हुनुहुन्छ ।

0 Response to "प्रम कोइराला नेतृत्वको चौबीस सदस्यीय टोली सार्क सम्मेलनमा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.