-->
सार्कको ट्राफिक व्यवस्थापनको सम्पूर्ण तयारी पूरा

सार्कको ट्राफिक व्यवस्थापनको सम्पूर्ण तयारी पूरा

राजेश शर्मा कालिमन्युज, काठमाण्डौ, 21 नोभेम्बर 2014: 26 अनि 27 तारीख हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनका लागि आवश्यक ट्राफिक व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको महानगरिय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले जनाएको छ । 
महाशाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक केशव अधिकारीले मङ्सिर ८ गतेदेखि १२ गतेसम्म उपत्यकामा सवारीसाधन संचालनमा जोरविजोर नम्बर प्रणाली लागू गरिने जानकारी दिनुभयो ।जोर विजोर प्रणालीअनुसार मङ्सिर 24 ,26 र 28 तारीख जोर नम्बर प्लेट र मङ्सिर 25 र 26 गते विजोर नम्बर प्लेटका सवारी साधनमात्रै गुड्न पाउनेछन् । सो प्रणाली लागु भएपश्चात जोर विजोर प्रणाली मिच्ने गरी सवारी साधन चलाए कारबाही गरिने महाशाखाले जनाएको छ ।
नोभेम्बर 24 तारीख सो प्रणाली उल्लङ्घन गर्नेलाई जुनबाटो आएको हो त्यही बाटो फर्काइदिने र 25 गतेदेखि नियम उल्लङ्घन गर्नेको सवारी साधन नियन्त्रणमा लिनुका साथै जरिमाना पनि गरिने छ ।आकस्मिक सेवाका सवारी साधन (अस्पताल, एम्बुलेन्स, दमकल, शववाहन), विवाहका सवारी साधन र हरियो नम्बर प्लेटका पर्यटक सवारीसाधनमा भने जोरविजोर प्रणाली लागू हुने छैन । 
नायब महानिरीक्षक अधिकारीले भन्नुभयो, “अत्यावश्यक सेवाका सवारीसाधन (ग्यास, दूध, पानी, तरकारी, पेट्रोलियम पदार्थ आदि) उपत्यकाबाट बाहिरका लागि चल्ने सवारीसाधन, रात्रि बस र दिवा सेवाका यात्रुवाहक सवारीसाधनलाई सीमित मात्रामा जोरविजोर प्रणाली लागू गरिनेछ ।ती सवारी साधनलाई बिहान ५ बजे अगावै आफ्नो गन्तव्यतर्फ लाग्न आग्रह गरिने तथा विशिष्ट पाहुनाको रुटका आधारमा नियन्त्रित रुपमा समय मिलाएर चल्न दिइनेछ । सरकारी सवारी साधनको हकमा गृह मन्त्रालयको पासको आधारमा र कूटनीतिक नियोगले सुरक्षा पासका आधारमा, सञ्चारमाध्यमले सञ्चारमाध्यम उपसमितिको पासका आधारमा जोरविजोर प्रणाली लागू नगरिने महाशाखाले जनाएको छ ।
सम्मेलनस्थल राष्ट्रिय सभागृह नजिकै रहेको पुरानो बसपार्क मङ्सिर 24 तारीख देखि नै खाली गरिने छ । त्यहाँ पार्किङ गरिने सवारी साधनका लागि रुटअनुसार सानो–गौचरन, लैनचौर, जडीबुटी, त्रिवि गेट कीर्तिपुरनजिकै र ढुङ्गेअड्डामा पार्किङ्को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।सम्पूर्ण सवारी मार्ग, वैकल्पिक मार्ग, समारोहस्थल, पार्किङलगायत व्यवस्थापन योजना, ट्राफिक परिचालनको योजना, सार्कमा खटिने सम्पूर्ण ट्राफिक प्रहरीलाई अनुशिक्षण दिइएको प्रमुख अधिकारीले बताउनुभयो ।

0 Response to "सार्कको ट्राफिक व्यवस्थापनको सम्पूर्ण तयारी पूरा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.