साहित्यमा हस्तक्षेप आन्दोलन सँगै ‘1986’ कथासङ्ग्रहको विमोचन
उक्त पुस्तक सँगै नेपाली भाषी कविहरूका बङ्गला भाषामा अनुवादित कविताहरूको संकलन ‘आजकेर उत्तर पनि विमोचन गरिएको थियो।
यस अवसरमा नेपाली साहित्यमा न्ययाँ आन्दोलनको रूपमा सुरू भएको हस्तक्षेप आन्दोलनको पनि मुखपत्र ‘हस्तक्षेप’ विमोच्न गरेर औपचारिक साहित्यिक आन्दोलनको घोषणा गरिएको छ। कवि सानुमति राई, टीका भाई, राजा पुनियानी, समिक चक्रवर्ती, अभिनेता सालोम काबो, छुदेन काविमो, लिलाबहादुर छेत्री लगायत साना नानीहरू आरोहण र मानवीको बाहुलीबाट सामुहिक रूपमा तीनवटै पुस्तक सार्वजनिक गरिेएको हो।
यसक्रमा कवि टीका भाइले ‘छुदेन काविमो समाजका मनोविज्ञानलाई समातेर कथा लेख्न सफल छन्’ भन्दै ‘कथासङ्ग्रह 1986 पढिएन भने भारतेली नेपाली कथा साहित्यकै एउटा उत्कृष्ट कृति पढ्नबाट विमुख हुनु पर्नेछ’-भनि दाबी गरे। ।
‘1986 आएर 2015 पछि मात्र लेखियो’-सङ्ग्रहमाथि टिप्पणी राख्दै टिका भाईले भने, ‘छुदेनले त्यसेबेला शहरले गाउँलाई गरेको अतिक्रमणलाई मिथकीय रूपमा नकारात्मक पात्रको रूपमा उभ्याइएका छन्। टिका भाईलाई लाग्छ, छुदेनको सबैभन्दा शक्तिशाली पक्ष भनेको उनले लेखनको तरिकाको हो। लेखनमा फरक शैलीका कारण कथा पढ्दै जॉंदा पाठकलाई खुसी पार्नमा छुदेन सफल रहेको कवि टीका भाइले बताए।
‘1986 मा समय र समाजको सही व्याख्या भएको छ’-टिका भाईले भने, ‘ छुदेनका कथाहरू पढिसकेपछि भारतमा नै यसकिसिमको कथा सङ्ग्रह लेखिएको छ के भन्नेकुरामा सन्देह गर्न सकिन्छ।’ कार्यक्रममा आफ्नो सङ्ग्रहबारे कथाकार छुदेन काविमोले धेरै केही भनेनन्। केवल उनले आन्दोलनकालमा गाउँले भोगेका मसिना कुराहरू गाउँलाई नै सोधेर लेखिएको बताए।
सङ्ग्रहभित्र 1986, लाइनबाहिर, बेस्ट टिचर, द लास्ट कल जस्ता 11 वटा कथाहरू समावेश छन्। गजलकार लीलाबहादुर छेत्रीद्वारा प्रकाशित यस सङ्ग्रहमा कवि राजा पुनियानिले टिप्पणी राखेका छन्। आजको कार्यक्रममा सरिता समदर्शी, भीमा राई तोलाछा, लेखनाथ छेत्री आदिले कविता वाचन गरेका थिए भने विनोद प्रधानको एकल नाटकले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
सुमन तौलङ्गीद्वारा प्रस्तुत गरिेएको क्रान्तिकारी गीतबाट आरम्भ भएको कार्यक्रमलाई कवि मनोज वोगटीले सञ्चालन गरेका थिए भने कार्यक्रमको अन्तमा अमीर सुन्दासको जनसङ्गीत प्रस्तुति रोचक थियो।
0 Response to "साहित्यमा हस्तक्षेप आन्दोलन सँगै ‘1986’ कथासङ्ग्रहको विमोचन "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.