प्रबन्धनको कमिले पानीको समस्या भएको विधायकको बुझाइ
प्रज्ज्वल छेत्री, कालिमन्युज, कालेबुङ, 5 अगस्त। कालेबुङमा पिउने पानीको समस्यामाथि अन्ततः कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले ताजा वयान जारी गरेका छन्। डा. छेत्रीले आज सोझै प्रबन्धनको कमिले कालेबुङ शहरमा पिउने पानीको समस्या भएको जनाएका छन्।
छेत्रीले भने, सेनाको लाइनले पाइपहरू बिगारेको कारण धेरै समस्या भएको छ। यसबाहेक भलपैह्रोपछि धेरै झोडा, नाला, मुहानहरू सुकेको छ अनि पानीका पाइपहरू भत्किएका कारण अर्को समस्या थपिएको हो। यसभन्दा ठूलो कुरा कालेबुङमा प्रबन्धनपक्षको कमजोडीले पिउने पानीको समस्या अझ जटिल बनेको हो।
पिउने पानी व्यवस्थापनलाई लिएर जनस्वास्थ्य विभागका अभियन्तासित सम्पर्क गर्दापनि दिनभरि नै फोन बन्द राखेर गैरजिम्मेवारीपूर्ण कार्य गरिरहेको डा. छेत्रीले आरोप लगाएका छन्। यसका अतिरिक्त पिउने पानीको सम्बन्धमा नेउरा, वाटरवक्स अनि पीएचई विभागले ठिकसित जिम्मेवारी वहन गर्नुको सट्टा एकाअर्कालाई दोष लगाउने गरेको डा. छेत्रीको बुझाइ छ। जसले गर्दा विभागीय तालमेलको अभावको कारण शहरबासी पिउने पानीको समस्यासित जुझ्न परिरहेको डा. छेत्रीले बताएका छन्।
यदि वितरण प्रणाली ठिक भए शहरमा पिउने पानीको समस्या आधा समाधान हुने उनले बताए। यसैले डा. छेत्रीले शहरमा पिउने पानीको सर्वराहको जिम्मेवारी नगरपालिकालाई दिएको उचित हुने सुझाउ राखेका छन्। पिउने पानीको आपूर्तिको समस्या अनि अहिले शहरमा प्रदान गरिने पानी नै विषाक्त रहेको कुरा प्रकाशमा आएपछि डा. छेत्रीले आज जीटीएका मुख्य सचिव अनि जिल्लापाललाई पनि यसबारे अवगत गराएको बताएका छन्।
यसरी नै अहिले पिउने पानी नै विषाक्त रहेको कुरा सार्वजनिक भएको घटना प्रकाशमा आएको सन्दर्भलाई केन्द्र गर्दै डा. छेत्रीले भने, यदि शहरमा वितरण गरिने पानी साँचै विशाक्त छ भने यो गम्भिर कुरा हो। यसैले यसबारे चाँडै पहल हुनुपर्छ भने दार्जीलिङ जिल्लापाल अनि जीटीएका प्रिन्सिपल सेक्रेटिरीलाई यसबारे जानकारी गराएको छ। डा. छेत्रीले जीटीए अनि जिल्ला प्रशासनबाट चाँडै पिउने पानीको समस्या सम्बन्धमा पहल हुने आशा गरेका छन्।
यसबाहेक जिल्लापाल अनि जीटीए प्रिन्सिपल सेक्रेटिरीलाई विभागीय अभिन्ताहरूको लापर्वाही सम्बन्धी पनि जानकारी गराउँदै जनताले नै सडक आएर कुनै कार्य गर्नअघि यसबाहेक ठोस् पहल हुनुपर्ने माग राखेको बताएका छन्। डा. छेत्रीले अझ भने अनुसार पानी वितरण सम्बन्धमा सरकारले ठूलो-ठूलो योजनाको कुरा गरेपनि आजसम्म सम्बन्धित विभागहरू कोषको अभावसित जुझिरहेको छ। यसैले कुनै पनि योजना तयार गरेपछि त्यस योजनालाई पूर्ण गर्ने दिशामा सम्बन्धित निकायसितै सरकार पनि आग्रही हुनपर्ने बताएका छन्।
0 Response to "प्रबन्धनको कमिले पानीको समस्या भएको विधायकको बुझाइ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.