टिस्टा ब्रीज उच्चतर विध्यालयमा तर्क प्रतियोगिता सम्पन्न
डी के वाइबा, कालिमन्युज, 5 अगस्त, टिस्टा । विद्यार्थीवर्गलाई मञ्चमा बोल्ने क्षमता बृद्धि गर्नका निम्ति टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालयको आयोजनामा अन्तर सदन तर्क प्रतियोगिता सम्पन्न भएको थियो।
‘आदर्श समाज निर्माणमा नारी भन्दा पुरूषको भूमिका महत्वपूर्ण छ’ भन्ने विषयमा सम्पन्न तर्क सभाको निर्णायक प्रतियोगितामा भानु सदन पक्षमा रहेको थियो भने रवीन्द्र सदन विपक्षमा रहेको थियो। तर्कसभामा दुवै दलका वक्ताहरूले खुवै उत्कृष्ट तर्क प्रस्तुत गरेका थिए जसमा रविन्द्र सदनले विजय हासिल गर्न सफल बनेको छ।
भानु सदनले 398 अङ्क प्राप्त गरेको थियो भने रविन्द्र सदनले 409 अंक प्राप्त गरेर 11 अङ्कको अन्तरले बिजय हासिल गरेको छ। उक्त तर्क प्रतियोगितामा रविन्द्र सदनका छात्रा सोनु सिंह र कुमार छेत्री दुवैले 91 अङ्क हासिल गरेर उत्कृष्ट वक्ता चयन भए।
तर्कसभाका विजय र उप-विजयी दुवै दलका तार्किकहरुलाई सभापति प्रधानाध्यापक टी.टी. लेप्चाको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो । गत महिना दिन अघि यस तर्क प्रतियोगिताको उप-चुढान्त खेल सम्पन्न भएको थियो ।
कार्यक्रमलाई शिक्षक सी. के. ब्लोनले सन्चालन गरेका थिए भने कार्यक्रममा शिक्षक विशाल राईले कविता र शिक्षक राजेन छेत्री र छात्रा विन्ती छेत्रीले गीत प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा निर्णायकहरु क्रमैले शिक्षक राजेन छेत्री, इम्मानुएल लेप्चा, शिक्षीका श्रीमती रोशनी शर्मा थिए । यसरी वर्षेनी विध्यालयमा सम्पन्न गरिने तर्क प्रतियोगिताले विध्यार्थीहरुमा तार्किक, वैचारिक क्षमताको विकास भएर जाने हुनाले यसलाई निरन्तर सन्चालन गरिने प्रधानाध्यापक टी. टी. लेप्चाले कार्यक्रममा घोषणा गरेका थिए ।
0 Response to "टिस्टा ब्रीज उच्चतर विध्यालयमा तर्क प्रतियोगिता सम्पन्न"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.