-->
कालेबुङ अनि मिरिकमा पोलिटेक्निक कलेज बन्ने निश्चित-डा. छेत्री

कालेबुङ अनि मिरिकमा पोलिटेक्निक कलेज बन्ने निश्चित-डा. छेत्री

प्रज्ज्वल छेत्री, कालिमन्युज, कालेबुङ, 5 अगस्त। ‘कालेबुङ अनि मिरिकमा पोलिटेक्निक कलेज बन्ने निश्चित भएको छ। राज्यको तक्निकीय शिक्षा मन्त्रालयले यसको स्वीकृति दिएको छ’-उपरोक्त कुरा कालेबुङका विधायक डा. हर्कबदादुर छेत्रीले भनेका हुन्।
पहाडमा दुईवटा पोलिटेक्निक कलेज स्थापनाको स्वीकृति पाएको कुरा तक्निकीय शिक्षा विभागका निर्देशक डा. पारिजात डे.ले बताएको जानकारी गराउँदै डा. छेत्रीले कलेज स्थापनाका निम्ति चाँडै इ-टेण्डर गराउने निर्णय भएको बताएका छन्।
डा. छेत्री अनुसार कलेज स्थापनाका निम्ति पीडब्ल्यूडी विभागद्वारा डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइसकेको छ। कलेज स्थापनाको जिम्मा केन्द्रको रुफ एण्ड ब्रिजेस नामक कम्पनीलाई दिइएको छ। यसैले कम्पनीले चाँडै ई-टेण्डर गर्ने भएकोले कालेबुङ अनि मिरिकमा कलेज बन्ने कुरा निश्चित भएको डा. छेत्रीले जनाएका छन्। “पहाडमा एकैचोटि दुईवटा पोलिटेक्लि कलेज स्थापना हुनु गर्वको कुरा हो”-डा. छेत्रीले भने।
 “ घर आँगनमा नै कलेज स्थापना हुने भएकाले यसले मिरिक अनि कालेबुङमा अनेकौँ विद्यार्थीहरू लाभान्वित हुनेछन्।” उनले अझ भने अनुसार वर्ष 2013 मा नै पहाडमा दुईवटा सरकारी महाविद्यालय अनि तीनवटा तक्निकीय कलेज स्थापना हुनुपर्ने कुरा भइसकेको थियो। तर अहिले आएर सरकारी महिविद्यालय स्थापना भएपनि पोलिटेक्निक कलेज राज्य सरकारको तक्निकीय शिक्षा मन्त्रालयभित्र पर्ने भएका कारण केही विलम्ब हुन गएको डा. छेत्रीले बताए। 
तक्निकीय शिक्षा विभागका निर्देशक डा. पारिजात डे ले वर्ष 2013 मा नै आएर यहाँको गौरीपूर हाउस परिसरमा कलेज स्थापनाका निम्ति निरिक्षण गरिसकेको हो। यसका अतिरिक्त कलेज अनि होस्टल बन्नलागेको गौरिपुर हाउस परिसरमा भू-वैज्ञानिकहरूद्वारा भू-निरिक्षणको काम पनि पूर्ण भइसकेको डा. छेत्रीले बताएका छन्। 
पोलिटेक्निक कलेजको नियणन्त्र अनि शैक्षिक प्रणाली सोझै राज्य सरकार अधिनस्थ रहने भएका कारण संस्थान र सञ्चालन, पूर्वाधारको निर्माण र शिक्षक-शिक्षिकाको नियुक्ति प्रक्रियामा पनि कुनै असुविधा नहुने डा. छेत्रीको आशा छ। 
यसबाहेक केन्द्रिय विश्वविद्यालयको मागको सन्दर्भमा प्रश्न गर्दा डा. छेत्रीले यसबारे अघिबाटै केन्द्रिय शिक्षामन्त्री स्मृति ईरानीसित कुराकानी भइसकेको बताए। यद्यपि केन्द्रिय विश्वविद्यालय आजको भोलि नै बनिन नसक्ने तर्क राख्दै तिनले भने, केन्द्रिय विश्वविद्याय स्थपना गर्न धेरै समय लाग्छ। जसरी सिक्किम केन्द्रिय विश्वविद्यालय बनिएको 7-8 वर्ष बतिसक्दा पनि यसको जम्मै पूर्वाधार तयार भइसकेको छैन। तर पहाडमा केन्द्रिय विश्वविद्यालय ढिलै भएपनि अवश्य बनिनेछ, यसको प्रक्रिया अघि बढिरहेकै छ।

0 Response to "कालेबुङ अनि मिरिकमा पोलिटेक्निक कलेज बन्ने निश्चित-डा. छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.