-->
खम्बु राइट्स मुभमेन्टले कोलकातामा आन्दोलन गर्ने ......‘जनजातिको मागमा राज्य सरकारको सहयोग अनिवार्य’

खम्बु राइट्स मुभमेन्टले कोलकातामा आन्दोलन गर्ने ......‘जनजातिको मागमा राज्य सरकारको सहयोग अनिवार्य’

प्रज्ज्वल छेत्री, कालिमन्युज, कालेबुङ, 5 अगस्त। जनजाति मान्यता प्राप्तीका निम्ति किरातीँ खम्बु राई राईट्स मुभमेन्टले अब कोलकोतामा आन्दोलन गर्ने निर्णय लिएको छ।
जनजाति मान्यता प्राप्तिका निम्ति बितेको वर्ष मुभमेन्टले गरेको दिल्लीको आन्दोलनबाट राज्य सरकारको सहयोग पनि उत्तिकै जरूरी रहेको कुरा बुझेपछि यसपल्टको आन्दोलन कोलकोतामुखि बनाउने भएको हो। किरातीँ राईहरूले जनजाति पाउनुपर्ने प्रशस्त आधार रहेको कुरा राज्य सरकारले केन्द्र सरकारसमक्ष सिफारिस गरिदिने मागमा यसपल्ट मुभमेन्टले कोलकोतामा आन्दोलन गर्ने भएको छ।
आज मुभमेन्टका प्रतिनिधिहरूले एक पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको घोषणा गरेका हुन्। मुभमेन्टका प्रवक्ता मनोज राईले भने, जनजातिको मागमा राज्य सरकारबाट अहिलेसम्म सकारात्मक पहल भएको छैन। यसैले दिल्लीमा गएर आन्दोलन गर्दा राज्य सरकारको सिफारिस पनि उत्तिकै जरूरी रहेको कुरा बझेपछि अब सितम्बर महिनामा कोलकातामा विविध कार्यक्रमहरू गर्ने तय गरेका हौँ। यसपल्टको कोलकाता अन्दोलनमा सहभागिता जनाउन भारतभरि छरिएर बसेका खम्बु समुदाय एवं सङ्घ संस्थालाई मुभमेन्टले पत्राचार गर्नेछ।
कोलकोतामा राज्यका सासंद, विधायक आदिसित भेट गरी राई समुदायले जनजाति पाउनुपर्ने आधारहरू सम्बन्धी जानकारी गराउने, पर्चा वितरण गर्ने आदि कार्यक्रमको समावेश रहने राईले जानकारी गराएका छन्। अर्कोतिर मुभमेन्टका सचिव सन्दिप कुलुङले खम्बु समुदाय खाँटी जनजाति रहेको कुरा सरकारको आँखाअघि भएता पनि सरकारले यस सम्बन्धमा कुनै पहल नगरेको बताएका छन्। 
उनले भने, दिल्लीमा कार्यक्रम गरेर हामीले केन्द्र सरकारलाई हाम्रो मागबारे बुझाउन सकेका छौँ। दिल्लीको कार्यक्रमपछि हाम्रो मुद्दालाई अघि बढाउन राज्यभित्र पनि धेरै काम गर्नुपर्ने अनुभव गरेका छौं। यसैले राज्य सरकारले अब अभिभावकको रूपमा हाम्रो मागबारे बोलिदिन पर्छ। जनजातिको मागमा राज्य सरकारको सहयोग अनिवार्य छ। 
यसअवधि उनले सिक्किम राज्यका मुख्यमन्त्री पवन कुमार चामलिङले जनजातिको मुद्धालाई अघि बढाएर केन्द्र सरकारसमक्ष समक्ष उठान गरेजस्तै बङ्गाल सरकारले पनि यसदिशमा पहल गर्नुपर्ने आह्वान गरेका छन्। उनले अझ भने, पुर्वजहरू काँडधनु लिएर लडेका थिए भने हामी गणतन्त्रको मन्त्र अनि कलमले लड्नेछौँ। पुर्खाहरूले आफ्नो जातिको निम्ति बलिदान दिए तर आज ती पुर्खाका सन्तान हामीलाई सरकारको सहुलियतबाट वञ्चित राखिएको छ। ती पुर्खाहरूको बलिदान सम्झेर युवा योद्धाहरू अघि आउने उनले आह्वान गरेका छन्। 
मुभमेन्टले आज प्रेस प्रिज्ञप्ति पनि जारी गर्दै भनेअनुसार मुभमेन्टका सभापति एके राईको सभापतित्वमा सम्पन्न सभापछि आन्दोलन घोषणा गरिएको हो। आजको पत्रकार सम्मेलनमा संयोजक बिनेश खम्बु अनि कोषाध्यक्ष मणिकुमार राई पनि उपस्थित थिए।

0 Response to "खम्बु राइट्स मुभमेन्टले कोलकातामा आन्दोलन गर्ने ......‘जनजातिको मागमा राज्य सरकारको सहयोग अनिवार्य’"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.