
चुलिन्दैछ दूषित पिउने पानीको विवाद .... जनतालाई दूषित पानी वितरण गर्नु दुर्भाग्यजनक – नागरिक अधिकार मञ्च
विभागले जनतालाई प्रदूषित पानी वितरण गरिरहेकै सन्दर्भमा आज नागरिक अधिकार मञ्चको एउटा जरूरी सभा सम्पन्न भएको थियो। मञ्चका अध्यक्ष एन.पी दिक्षितको अध्यक्षतामा सम्पन्न सभामा विभागले जनतालाई दूषित पानी वितरण गरेको सन्दर्भमा खेद प्रकट गर्दै विभागको लापारवाही प्रति बिरोध जनाएको छ। दैनिक समाचार पत्रहरूमा पिउने पानी दूषित रहेको खबर प्रकाश आइरहे पनि विभागले कुनै पहल नगरेको नागरिक अधिकार मञ्चले आरोप लगाएको छ। यसको साथै दूषित पानी वितरण गर्ने विभागको विरोधमा आवाज उठाउने संघ संस्था अनि राजनैतिक दलप्रति मञ्चले प्रशंसा गरेको छ।
नागरिक अधिकार मञ्चका सचिव पी.के प्रधानले जारी गरेको विज्ञप्तिमा विभागले जनतालाई दूषित पानी वितरण गरेर अत्यन्तै हेलचेक्राई गरेको आरोप लगाएको छ।
“दूषित पानी वितरण गर्न अघि विभागले जनतालाई सूचित गर्न पर्थ्यो। विभागको यस्तो कार्यले उनीहरूको लापारवाही रहेको प्रमाणित भएको छ। यो जनतालाई सरासर हेप्ने कार्य हो” मञ्चले दाबी गरेको छ। यसैक्रममा नागरिक अधिकार मञ्चले शहरका जनताको स्वास्थ्य सम्बन्धि ध्यान दिने कार्य नगरपालिका स्वास्थ्य विभागको हो भन्दै नगरपालिकाको स्वास्थ्य विभागले पनि यसबारे कुनै कार्य नगरेको आरोप लगाएको छ। ‘दूषित पानी स्वास्थ्यको निम्ति हानिकारक हो, यद्यपी नगरपालिकाको स्वास्थ्य विभागले कुनै कार्य गरेन। दूषित पानी पिएर कुनै घटना घटे मात्र विभागले पहल गर्नेछ ?” नागरिक अधिकार मञ्चले प्रश्न गरेको छ।
नगरपालिकाको कार्यप्रणाली प्रति असन्तुष्टि जाहेर गर्दै यसको मञ्चले बिरोध जनाएको छ। ‘जनतालाई दूषित पानी वितरण गर्दा समेत नगरपालिकाको जनस्वास्थ्य विभागले कुनै कार्य नगर्नुको घटनाले उनीहरूले जनताको स्वास्थ्यमा ध्यान नदिएको प्रमाणित भएको छ” नागरिक अधिकार मञ्चले दाबी गरेको छ।
यसैक्रममा कालेबुङका जनतालाई पिउने पानीको समस्या समाधान गर्न जनस्वास्थ्य अभियन्ता विभागलाई 6 करोड रूपियाँ प्राप्त भएको मञ्चले दाबी गर्दै उक्त धनराशी कहाँ प्रयोग गरियो यसको सम्पूर्ण रिपोर्ट सार्बजनिक गर्नुपर्ने पनि माग गरेको छ। यदि विभागले उक्त धनराशी प्रयोगबारे रिपोर्ट सार्बजनिक नगरे मञ्चले सूचनाको अधिकार अन्तर्गत सम्पूर्ण रिपोर्ट माग्ने बताएको छ।
0 Response to "चुलिन्दैछ दूषित पिउने पानीको विवाद .... जनतालाई दूषित पानी वितरण गर्नु दुर्भाग्यजनक – नागरिक अधिकार मञ्च"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.