
आईसीडीएस कर्मीहरू जीटीएले किन नियुक्ति गर्दैन ? – तारा सुन्दास
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 7 अगस्त। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रभरी आईसीडीएस (आगनबाड़ी) कर्मी, सहायिका अनि सुपरभाइजरहरू नियुक्त नभएको सन्दर्भमा मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा) नेता तारा सुन्दासले बिरोध जनाएको छ।
माकपा पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुन्दासले राज्यभरी नियुक्ति हुँदा जीटीए क्षेत्रमा किन नियुक्ति हुँदैन ? भनि प्रश्न तेर्साए। उनले 22 जुलाई 2015को दिन पश्चिम बङ्गाल सचिवालय नवन्नामा क्याबिनेट सभामा शिशु कल्याण मन्त्रीले एउटा बजेट प्रस्तुत गर्दै राज्यमा थप 4 हजार 6 सय 22 जना आईसीडीएस कर्मी अनि 92 जना सुपरभाइजर नियुक्त गर्ने घोषणा गरेका जानकारी गराउँदै यसका निम्ति राज्य सरकारले 26 करोड रुपियाँ खर्च गर्नेछ भनि घोषणा गरेको जानकारी गराए। तर यता गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन क्षेत्रमा वर्ष 2010 नै अन्तर्वार्ता बसेर पनि नियुक्ति प्रक्रिया रोकिएका कारण यसपल्टको नियुक्ति प्रक्रियामा पनि जीटीए छुट्नजाने सुन्दासको बताए। वर्ष 2010 मा कालेबुङमा मात्र आईसीडीएस कर्मीहरूको रिक्त पद 3 सयभन्दा अधिक थियो भन्दै आजसम्म किन नियुक्ति नगरेको भनि प्रश्न तेर्साए।
“जीटीए क्षेत्रभरी यति धेरै रिक्त पदहरू छन् तर किन नियुक्ति गर्दैन ? यसको निम्ति जीटीएको पैसा जाँदैन। राज्य र केन्द्रले पैसा दिन्छ अनि हाम्रा मानिसहरूले नियुक्ति पाउनेछन् तर जीटीएले किन नियुक्ति गर्दैन ? के कारण छ ?” तारा सुन्दासले प्रश्न तेर्साए। उनले रोजगार जोसुकैलाई दिओस तर दिनचाहीँ आवश्यक छ भन्ने कुरामा जोड दिए।
“झण्डा बोक्नेलाई, भोकहडताल बस्नेलाई अथवा आन्दोलन गर्नेलाई रोजगार देऊ तर नियुक्ति चाहीँ गरेर देखाऊ। नत्र सरकारको पैसा फर्केर जान्छ” तारा सुन्दासले जीटीए प्रति कटाक्ष गर्दै भने। यसै विषयलाई लिएर जिल्ला प्रोजेक्ट अफिसरसमक्ष माकपा कार्यकर्ताहरूलेभेटेर यथाशिघ्र नियुक्ति गर्नुपर्छ भनि माग गरेको तिनले दाबी गरे। उनले 2010 देखि यता पहाडका बेरोजगार युवतीअरूले नियुक्ति पाउने आशा साँचेर फारम भरेको अनि अन्तर्वाता लिने कार्य समेत भएर पनि नियुक्ति नगरेको सन्दर्भमा जीटीए प्रति आक्रोश पोख्दै “जीटीएले कसलाई पर्खेको ?” भनि प्रश्न गरे।
भारत सरकारले 13 औँ फाइनेन्स कमिशनले आईसीडीएस केन्द्र निर्माणका निम्ति राज्य सरकारलाई 3 सय करोड रुपियाँ दिएको जानकारी गराउँदै यसबाट जीटीए पनि प्राप्त गरेको दाबी गरे। “आईसीडिएस केन्द्र निर्माणको निम्ति जीटीएले कति पैसा पाएको छ ? त्यस पैसाले कहाँ कतिवटा केन्द्रहरू निर्माण भयो ? जीटीएले सबै सार्बजनिक गर्नपर्छ” तारा सुन्दासले भने। यदि सार्बजनिक नगरे यसले केही ठेकादारहरूलाई मात्र फाइदा पुग्ने सुन्दासले आरोप लगाउँदै जीटीएले ठेकादारहरूलाई मात्र फाइदा हुने काम गर्नु नहुने सुझाव दिए। उनले जीटीए क्षेत्रमा 164 जना सुपरभाइजर हुनुपर्ने भएपनि हालसम्म केवल 81 जनाले मात्र सुपरभाइरजको रूपमा काम गरिरहेको जानककारी गराए। “आईसीडीएस जीटीएमा हस्तान्तरित विभाग हो। तर यति हुँदाहुँदै पनि जीटीएले यस दिशामा किन ध्यान दिँदैन?” सुन्दासले प्रश्न तेर्साए।
यसैक्रममा यसपल्ट राज्य सरकारले छुट्टाएको राशी जीटीएले कति पाउँछ त्यसबारे खोजी गर्नुपर्ने सुझाव दिए। सुन्दासले नियुक्ति प्रक्रिया रोकर जीटीएले पनि भोटको राजनीति गर्ने सोच बनाइरहेको हुनसक्ने आरोप लगाउँदै भविष्यमा यस्तो परिणाम ठिक नहुने स्पष्ट पारे। यसका अतिरिक्त ‘आशा’-को नियुक्ति पनि जीटीए क्षेत्रमा रोकेर राखेको सुन्दासले आरोप लगाउँदै आफ्नै दाजु-भाइलाई मात्र रोजगार दिने हो भने पनि झट्टा दिनु भन्दै जीटीएको आलोचना गरे।
0 Response to "आईसीडीएस कर्मीहरू जीटीएले किन नियुक्ति गर्दैन ? – तारा सुन्दास"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.