-->
‘अक्षर ग्यालेरी’ भित्ते पत्रिकाको बिमोचन

‘अक्षर ग्यालेरी’ भित्ते पत्रिकाको बिमोचन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 14 जुलाई 2015। टिस्टा ब्रीज उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीवर्गलाई साहित्य प्रति प्रोत्साहित गर्न ‘अक्षर ग्यालेरी’ नाम बित्ते पत्रिका सुरू गरिएको छ। विद्यार्थीवर्गलाई साहित्यप्रति प्रोत्साहित गर्न सुरू गरिएको उक्त भित्ते पत्रिको प्रधान अध्यापक टी.बी. लेप्चा अनि शिक्षक बिशाल राईको बाहुलीबाट लोकार्पण गरियो। '
यसै अवसरमा विद्यार्थीवर्गलाई ज्ञानवर्द्धक उक्तिहरू दैनिक लेखेर जानकारी प्रदान गर्न दैनिक बिचार पटको पनि लोकार्पण गरिएको छ। उक्त बिमोचन गरिएको अक्षर ग्यालेरीमा विद्यार्थीवर्गको स्वरचित रचना अनि चित्रहरू प्रकाशित गरिएको छ। उक्त भित्ते पत्रिकालाई मासिक रुपले प्रकाशित गर्नका निम्ति विद्यार्थीवर्गलाई लिएर सम्पादन मण्डली पनि गठन गरिएको छ। जसमा प्रधान सम्पादक शिक्षक बिशाल राई रहेका छन् भने दशजना विद्यार्थीवर्ग सम्पादन मण्डलीमा राखिएको छ। 
उक्त मासिक भित्ते पत्रिकामा प्रकाशित श्रेष्ठ रचनालाई सम्पादन मण्डलीले पुरस्कार दिने भएको छ। विशेष गरेर विद्याथीवर्गको प्रतिभालाई निखारेर रचनात्मक कार्यको निम्ति प्रोत्साहित गर्न उक्त भित्ते पत्रिका प्रकाशित गरेको हो। यस भन्दा अघि बिद्यालयमा 80को दशकमा ‘स्मृति’ नामक भित्ते पत्रिका प्रकाशित हुने गर्थ्यो भने उक्त पत्रिका केही समय पछि बन्द भएको थियो। उक्त पत्रिकाको प्रकाशनले बिद्यार्थीवर्गलाई खुबै उत्साह मिल्ने बताउँदै यसबाट नानीहरू मानसिक रूपले बिकसित हुन सहयोग पुग्ने प्रधान अध्यापक टी.बी लेप्चाले बताए।

0 Response to "‘अक्षर ग्यालेरी’ भित्ते पत्रिकाको बिमोचन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.