लाभा-कोलाखामको जनजीवन अझपनि हुनसकेको छैन साम्य ..... क्षेत्रकै पैह्रो पीडितहरूलाई विभिन्न सङ्घ-संस्थाद्वारा राहत सामग्री प्रदान,
प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 14 जुलाई 2015: लाभा-कोलाखाम क्षेत्रका पैह्रो पीडितहरूलाई अहिले विभिन्न सङ्घ-संस्थाले राहत वितरण गर्ने काम गरिरहेको छ।
यूरेसिया रेयुकाई, राष्ट्रिय स्वयंसेवक दल आदिले आइतबार पैह्रोजन्य क्षेत्रहरूको भ्रमण गरी पीडितहरूलाई आवश्यक सामग्री अनि चिकित्सा प्रदान गरे । कालेबुङ खण्ड दुईको सबैभन्दा धेर प्रभावित लाभा-कोलाखाम क्षेत्रमा सैयौ परिवार विस्थापित बनेका छन् भने सैयौ मानिसहरूको व्यापक रूपमा जनधनको नोक्सानी भएको छ।
लाभा-कोलाखाम, रबेक क्षेत्रका अधिकांश परिवार विभिन्न शिविरहरूमा आश्रय लिएर बसिरहेका छन्। हालसम्म पनि यी क्षेत्रहरूको जनजीवन समान्य बन्न सकिरहेको छैन। उनीहरू मध्ये अधिकांशले आफ्नो घरबार गुमाएका छन् भएका खेतीजन्य जमीन पैह्रोले सोहोरेर लगिदिएको छ। यस्तोमा उनीहरूसित शिविरमा बसेर जीवन धान्नु बाहेक् अन्य कुनै विकल्प छैन।
लाभा-कोलाखाम, रबेक क्षेत्रका अधिकांश परिवार विभिन्न शिविरहरूमा आश्रय लिएर बसिरहेका छन्। हालसम्म पनि यी क्षेत्रहरूको जनजीवन समान्य बन्न सकिरहेको छैन। उनीहरू मध्ये अधिकांशले आफ्नो घरबार गुमाएका छन् भएका खेतीजन्य जमीन पैह्रोले सोहोरेर लगिदिएको छ। यस्तोमा उनीहरूसित शिविरमा बसेर जीवन धान्नु बाहेक् अन्य कुनै विकल्प छैन।
रबेक-कोलाखाम क्षेत्रमा मानिसहरूको पीडा अन्तन्य सोचनीय रहेको छ। धेरजसो मानिसहरू कृषि क्षेत्रमा निर्भर रहेका कारण उनीहरूले आफ्नो घरसितै अन्नबाली पनि गुमाएपछि अहिले उनीहरूको जीवन कष्टकर बनेको छ।
आफू बसेको ठाउँ नै छोडेर विस्थापित बन्न परेपछि स्थानीय नानीहरू स्कूल जान सकिरहेका छैनन्। भाग्यले ज्यान जोगिएपनि आफ्नै सर्वस्व गुमाएका कारण फेरि कहिले जीवन सामान्य होला भन्ने प्रतीक्षामा उनिहरु छन्।
युरेसिया रेयूकाई राहत समितिद्वारा सेउले पोखरी डाँडाका लगभग 105 परिवारका सहयोगका निम्ति च्यादर, प्लास्टिक टेन्ट लगायत खाद्य सामग्रीहरू प्रदान गरिएको छ। यसरी नै अखिल भारतीय विद्यार्थी परिषद अनि सीडी भिजनको सौजन्यमा उत्तर बङ्गाल मेडिकल कलेजका डाक्टर अग्निभव बन्दोपाध्याय, डा. शिखर मिश्रा, डा. राजीव कुमार सिंह आदिका टोलीद्वारा क्षेत्रका पीडितहरूको निःशुल्क स्वास्थ्य जाँच गरी औषधी प्रदान गरिएको छ।
यसरी नै अर्कोतिर राष्ट्रिय स्वयंसेवक सङ्घ कालेबुङ अनि सेवा विभाग उत्तर बङ्ग सेवा भारतीको तर्फबाट पनि पीडितहरूलाई कम्बल, टेन्ट र लुगाफाटाहरू वितरण गरिएको छ। राहत सामग्री वितरण कार्यक्रम अवधि यूरेसिया रेयुकाईका मुख्य संयोजक उदय चन्द्र अधिकारी, किरण शोभा, सुमन कुमार बस्नेत, ग्याल्पो छिरिङ भोटिया आदि रहेका थिए भने आरएसएसका पक्षमा महेश गुप्ता, सन्तोष शर्मा, राजेद्र गर्ग आदि उपस्थित थिए।
0 Response to "लाभा-कोलाखामको जनजीवन अझपनि हुनसकेको छैन साम्य ..... क्षेत्रकै पैह्रो पीडितहरूलाई विभिन्न सङ्घ-संस्थाद्वारा राहत सामग्री प्रदान,"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.