-->
 भानुजयन्तीको आज दोस्रो दिनमा पूर्ण राई स्मृति पुरस्कार पवन राई नाम्दुङलाई प्रदान

भानुजयन्तीको आज दोस्रो दिनमा पूर्ण राई स्मृति पुरस्कार पवन राई नाम्दुङलाई प्रदान

प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 14 जुलाई 2015: नेपाली साहित्य अध्ययन समिति अनि सूचना एंव सांस्कृतिक विभाग पश्चिम बङ्गाल सरकारद्वारा संयुक्त रूपमा सम्पन्न भइरहेको आदिवकि भानुभक्त आचार्यको 201 औँ जन्मजयन्तीको आज दोस्रो दिन विविध कार्यक्रमहरूसाथ सम्पन्न भयो।
गत सोमबारदेखि आरम्भ भएको भानुजयन्ती समारोहको आज दोस्रो र अंतिम दिन यहाउँको टाउनलमा आयोजित कार्यक्रममा नियात्राकार सलोन कार्थक मुख्य अतिथिका रूपमा उपस्थित थिए भने विभिन्न शैक्षिक सस्था, गैरसरकारी सङ्ग-संस्थाका प्रतिनिधिहरूसितै साहित्यनुरागी अनि विद्यार्थीहरूको कार्यक्रममा उपस्थिति थियो।
आजको कार्यक्रममा कविता अनि आवृत्ति पाठ प्रतियोगिता सम्पन्न भएको थियो जसमा यहाँका 20 जना कविहरूले अंशग्रङण गरेका थिए भने आवृत्ति पाठ प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। यसै कार्यक्रममाझ संस्थापित समर्पित सदस्यहरूलाई सम्वर्द्धना जनाइयो भने बोर्ड परीक्षामा नेपाली विषयमा सर्वोत्कृष्ठ अङ्क हासिल गर्ने विद्यार्थाहरूलाई पनि सम्मान जनाइयो।
समितिको पूर्वनिर्धारित कार्यक्रम अनुसार यसवर्षको पूर्ण राई स्मृति पुरस्कार कथाकार पवन राई नाम्दुङलाई प्रदान गरियो। समितिद्वारा प्रकाशित हुने साहित्य सङ्केतमा प्रकाशित खोजी कथाका निम्ति पवन राई नाम्दुङलाई उक्त पुरस्कार प्रदान गरिएको हो। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन विभिन्न कलाकारहरूद्वारा लोक नृत्य पनि प्रस्तुत गरिएको थियो।

Related Posts

0 Response to " भानुजयन्तीको आज दोस्रो दिनमा पूर्ण राई स्मृति पुरस्कार पवन राई नाम्दुङलाई प्रदान"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.