-->
खण्ड विकास अधिकारीको स्थानान्तरणको माग

खण्ड विकास अधिकारीको स्थानान्तरणको माग

प्रज्ज्वल छेत्री, कालिमन्युज, कालेबुङ, 1 जुन। कालेबुङ खण्ड 1 का खण्ड विकास अधिकारी विमलेन्दु दासको स्थान्तरणको माग गर्दै आज पार्वत्य अपाङ्ग कल्याण सङ्गठनले दार्जीलिङ जिल्लापाललाई ज्ञापन-पत्र चढाएको छ। 
सङ्गठनको एक प्रतिनिधि टोलीले कालेबुङ महकुमा अधिकारी के. राधिका अय्यरमार्फत दार्जीलिङ जिल्लापाललाई पत्राचार गरेको हो। खण्ड विकास अधिकारीले अपाङ्गहरूले पाउने विविध सहुलियतहरू प्रदान नगरेकोको कारण पार्वत्य अपाङ्ग कल्याण सङ्गठनले कालेबुङमा अपाङ्गहरूको गुनासो र समस्या बुझ्ने अधिकारी आउनुपर्ने माग गरेको छ। 
सङ्गठनका अध्यक्ष छोटेलाल प्रसादले ज्ञापन-पत्रबारे जानकारी गराउँदै अपाङ्ग भनेर कसैले पनि अवहेलना गर्न नमिल्ने बताएका छन्। यसका अतिरिक्त अपाङ्गहरूलाई सरकारी राशिन पाउनबाट वञ्चित गराउने कालेबुङका जीआर डिलरमाथि पनि कार्यवाही हुनुपर्ने छोटेलाल प्रसादले माग गरेका छन्। अर्कोतिर उनले अपाङ्गहरूलाई लिएर राजनीतिकरण गर्नुनहुने सुझाउ राखेका छन्। 
विशेष गरी गत केही दिनअघि मार्क्सवादी कम्यूनिष्ट पार्टीका आञ्चलिक सचिव तारा सुन्दासले अपाङ्गहरूले सरकारी प्रावधान अनुसार उनीहरूलाई नोकरीमा आरक्षण प्रदान गर्नुपर्ने माग गरेको घटनालाई केन्द्र गर्दा प्रसादले अपाङ्गहरूलाई लिएऱ राजनीति नगरिदिने सुझाउ राखेका हुन्। 
प्रसादले भने, खण्ड विकास अधिकारीले जीआर राशिन धरी दिन सक्दैन भने नोकरी दिने त प्रश्न नै उठ्दैन। जुन अपाङ्गहरूलाई नोकरीको प्रलोभन देखाएर खण्ड विकास अधिकारी कार्यालय ल्याइने काम भयो आज उनीहरू हामीसित नै छन्। वास्तवमा राजनैतिक फाइदा उठाउनका निम्ति ती अपाङ्गहरूलाई अन्योलमा पार्ने काम भएको सङ्गठनको आरोप छ।

0 Response to "खण्ड विकास अधिकारीको स्थानान्तरणको माग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.