-->
सिलगढ़ीमा नेक्स्ड नेस्ट विल्डर्स गोर्खाहरूको निम्ति गौरवको कुरा हो-बीएम रामुदामु

सिलगढ़ीमा नेक्स्ड नेस्ट विल्डर्स गोर्खाहरूको निम्ति गौरवको कुरा हो-बीएम रामुदामु

प्रज्जवल छेत्री, कालिमन्युज, सिलगढ़ी, 2 जून। ‘पृथ्वी विस्तारै साघुँरो बन्दैगएको स्थितिमा घर अनि जमीन उपलब्ध गराउने भरोसालाग्दो कम्पनी अघि आउनु हामी सबैको निम्ति सौभाग्यको कुरा हो,’ सिक्किमका पूर्व वनमन्त्री बीएम रामुदामुले हिजो शहिद नगरमा नेक्स्ड नेस्ट विल्डर्स प्रााइवेट लिमिटेडको कार्यालय उद्घाटन गर्दै भने, ‘मानिसको प्राथमिक आवश्यकता नै घर हो। घरकोे बन्दोबस्त गर्न प्रतिबद्ध रहेको एनएनबी प्राइवेट कम्पनीलाई मेरो शुभकामना छ।’
कम्पनीका म्यानेजिङ डाइरेक्टर पारसमणि छेत्रीले कम्पनी धेरैअघिदेखि सञ्चालनमा आइरहेको अनि यसलाई व्यवस्थित गर्न कार्यालय निर्माण गरेको जनाए। घर निर्माण अनि जमिन उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताउँदै छेत्रीले कम्पनीमा लगानीकर्ताहरूको सहयोगको खॉंचो रहेको जनाए। कार्यालय उद्घाटन गर्न अघि कार्यक्रममा विशिष्ट अतिथि गोर्खालिग महासचिव प्रताप खाती, तृणमूल कंग्रेस राज्य युवा इकाईका सचिव विशाल छेत्री, वरिष्ठ व्यवसायी हिरु शर्मा, श्यामलाल अग्रवाल, शान्ति लामा अनि मोहन कटेलले दीयो प्रज्ज्वलन गरे।
मुख्य अतिथि पूर्व वनमन्त्री बीएम रामुदामुले रिबन काटेर कार्यालय उद्घाटन गरेपछि कार्यक्रमलाई तिनले सम्बोधन पनि गरे। तिनले भने, सानै उमेरमा पारसमणि छेत्रीले गरेको यो उन्नति गोर्खाहरूको निम्ति गौरवको कुरा हो। यसै सन्दर्भमा पारसमणि छेत्रीले कम्पनीको औचित्य, उद्देश्य र सपनाबारे जानकारी गराए भने पॉंचवटा चिया बगानका प्रबन्धक राजेन सुब्बाले घरबिहिनहरूका घर बनाउने सपनालाई विपनामा रुपान्तर गर्ने जिम्मा अब नेक्स्ड नेस्ट विल्डर्सको रहेको बताए। तिनले कम्पनीलाई आभार व्यक्त गर्दै आफ्नो पक्षबाट सहयोग गर्ने पनि जनाए।
कार्यक्रममा वरिष्ठ् नागरिक मोहन कटेल, घुम भालूखोप प्राथमिक पाठशालाका प्रधान अध्यापक प्रदीप मुखिया, कवि एवं शिक्षक प्रकाश कटेल, आमुक्त परिवारका सचिव मकरधोज तामङ, डा. बीएस निरौला, शान्ति लामा, राधिका सिन्हा, कवि मनोज बोगटी विशिष्ट अतिथि रहेका थिए।

0 Response to "सिलगढ़ीमा नेक्स्ड नेस्ट विल्डर्स गोर्खाहरूको निम्ति गौरवको कुरा हो-बीएम रामुदामु"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.