-->
छोराद्वारा बाबुको हत्या

छोराद्वारा बाबुको हत्या

प्रज्ज्वल छेत्री, कालिमन्युज, कालेबुङ, 1 जुन। कालेबुङ महकुमाको खण्ड दुई अन्तर्गत पर्ने लाभा-गीतबियोङ ग्राम पञ्चायत अन्तर्गत पासाबुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेको घटना अघि आएको छ। आमालाई घरमा शारिरिक अनि मानसिक यातना दिने गरेको भन्दै कान्छा छोरा निमा शेर्पा(23) ले 65 वर्षीय आफ्नै बाबु ओङ्दी शेर्पालाई टाउकोमा चिरुवा दाउरा अनि फलामको सोतेले प्रहार गरेर हत्या गरेको आरोप छ। 
सोमबार साँझ लगभग 6 बजीतिर भएको यस प्राणघातक हमलापछि घटनास्थलमा नै ओङ्दी शेर्पाको मृत्यु भएको हो। यसपछि नजिकैमा छुट्टिएर बसेका जेठा छोरा तेन्जी शेर्पाले आफ्ना बुबालाई मृत अवस्थामा भेट्टाएपछि गाउँलेहरूले कालेबुङ थानालाई घटनाबारे जानकारी गराएका हुन्। हत्याको खबर पाएपछि पुलिसले सोमबार मध्य राती 11.30 बजीतिर आरोपी निमा शेर्पालाई गाउँबाट नै पक्राउ गरेको छ। 
यता कालेबुङ थानाका प्रभारी टीएस नाथले घटनाको पुष्टि गर्दै भने, दैनिक रूपमा नै मतृक ओङ्दी शेर्पाले घरमा आमालाई यातना दिने गर्थे। यसैले सँधै घरमा बाबु अनि छोराको कहल हुने गर्थ्यो। यसैकारण नै निमा शेर्पाले आफ्ना बाबुको हत्या गरेको अधिकारी टीएस नाथले बताए। आरोपी निमा शेर्पालाई भारतीय दण्ड संहिताको धारा 302 अन्तर्गत हत्याको मामिला दर्ता गरेर आज कालेबुङ न्यायालयमा पठाइएको छ भने न्यायालयले शेर्पालाई 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ। मृतक ओङ्दी शेर्पाको शव कालेबुङ महुकुमा अस्पतलामा पोष्टमर्टमपछि परिवारपक्षलाई सुम्पिएको छ।

0 Response to "छोराद्वारा बाबुको हत्या"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.