-->
कुनाल घतानीः युवाहरूमा प्रेरणाको स्रोत "बाईक किन्ने सपना नानीहरूको शिक्षाभन्दा ठूलो होइन"

कुनाल घतानीः युवाहरूमा प्रेरणाको स्रोत "बाईक किन्ने सपना नानीहरूको शिक्षाभन्दा ठूलो होइन"

प्रज्ज्वल छेत्री, कालिमन्युज, कालेबुङ, 6 जुन। आजका युवाहरू फेसन र भौतिक सुखको उपोभोग गर्नसम्ममा मात्र सिमित छैनन्। जुन कुरालाई कुनाल घतानीले प्रमाण गर्दै युवावस्थादेखि नै सामाजिक सोच निर्माण गरिसकेका छन्। यहाँको इष्टमेन रोड निवासी कुनाल बाइकको सौखिन थिए। 24 वर्षिय कुनालले इन्फिल्ड बाइक किन्ने सपना सजाएका थिए। साधरण परिवारका छोरा कुनालको जिम अनि साउण्ड सिस्टमको आफ्नै व्यवसाय छ। यसै व्यवसायबाट निक्लेको मुनाफाले तिनले 2013 मा इन्फिल्ड बाइक किन्ने योजना बनाएका थिए।
डुवर्सको ओदलाबारीमा सेकेन्ड हेण्ड इनफिल्ड छ भन्ने तिनले सुँइको पाएका थिए। सुइँको पाउनसाथ ओदलाबारी पुगेका कुनालले इनफिल्ड होइन तर आफूसँग स-साना 11 जना नानीहरू लिएर घर फर्के। कुनाल अहिले 11 जना आर्थिकरूपले विपन्न परिवारका नानीहरूका बाबु बनेका छन्। " ओदलाबारीमा गएर बाईको दाककाम गरिसकेको थिएँ"-कुनाल भन्छन्-" तर त्यस क्षेत्रमा आर्थिक रूपले असक्षम परिवारका अनेकौँ नानीहरू घुमिरहेको देखेपछि उनीहरूलाई पढाउनुपर्छ भन्ने लागेर कालेबुङ लिएर आएको हुँ।'ति नानीहरूले धेरजसो शिक्षाबाट वञ्चित थिए। उनीहरूका अविभावकहरू नानीहरूलाई पढाउन असमर्थ थिए। यस्तो स्थितिमा गाउँलेहरूसित लेखापढी गरेर उनले बाईक किन्ने पैसाले नानीहरू लिएर आएका हुन्।
कुनालसित रहेका नानीहरूमध्ये कतिका आमा-बाबा छैनन्। कतिका अभिभावक छन् तर मदिरा सेवन गर्नाले नानीहरूलाई शिक्षा प्रदान गर्नेबारे सोच्दैनन भने कति आर्थिक रूपले असक्षम छन्। कतिपय नानीहरू घरेलु काम-काजमा पनि संलग्न थिए। बितेको वर्षदेखि कुनालले नानाहरूलाई शिक्षा-दिक्षासितै गाँस-बासको व्यवस्था मिलाइरहेका छन्। ति नानाहरूलाई कालेबुङको इस्टमेनरोडमा अवस्थित आफ्ना घरमा राखेर तिनले एक वर्षदेखि पढाइरहेका छन्। आफ्ना घरका परिवरका सदस्यलाई मात्र शिक्षा दिनु, भरण-पोषण गर्नु एउटा सामान्य परिवारका निम्ति निक्कै ठूलो चुनौति हुन्छ। तर कुनालले आफू सामान्य परिवारमै रहेर पनि परिवारका सदस्याहरू साथै यी नानीहरूलाई शिक्षित बनाउने संकल्प गरेका छन्।
तिनी भन्छन् - मेरो बाईक किन्ने सपमा नानीहरूको शिक्षाभन्दा ठूलो होइन। म जसरी पनि यी नानीहरूलाई उचित शिक्षा प्रदान गर्नेछु। कुनालको कुनै सरकारी नोकरी छैन।  न त तिनी सम्पन्न परिवारका छोरा नै हुन्। एउटा साधारण परिवारका कलेज पढिरहेका विद्यार्थी हुन् कुनाल।
तिनले जीम सञ्चालन गर्नेगर्छन् अनि साउन्ड सिस्टमको माध्मयबाट आर्थिक आय आर्जन गर्छन्। तरै पनि तिनले परिवारका अन्य सदस्यहरूको सह्योगमा नानीहरूलाई यहाँका विभिन्न अङ्ग्रेजी माध्यमको विद्यालयहरूमा पढाइरहेका छन्।"जतिसक्दो नानीहरूलाई राम्रो शिक्षा दिने मेरो सपना छ" तिनी भन्छन् "मेरो जीवननै उनीहरूमाथि नै खर्चिनेछु।अहिले कुनालको घरको साघुरो कोठा नानीहरूलाई पर्याप्त हुन छोडेको छ। एउटै कोठामा राखेको दुईवटा पलङ्गहरूमाथि नानीहरूले रात बिताउनु परिरहेको छ। यसैले कुनालले घरको केही तलतिर एउटा ठूलो घर निर्माण गर्ने योजना बनाएका छन्। तिनको योजनाको घडेरी पनि खडा भइसकेको छ। तर घर निर्माण कार्य भने पूर्ण भएको छैन।
कुनाललाई सिलगढीको सिटिजन वेलफेयर सोसाइटीको सानो सहयोग प्राप्त भएपनि उनीसित अन्य कसैको सहयोग छैन।  कुनाललाई यी नानीहरूको देखरेखका निम्ति परिवारको भने प्रशस्त सहयोग छ। आमा अनि बहिनी भएर खानासितै नानीहरूलाई घरमा पढाइने काम पनि गरिन्छ।  कुनालको घरमा 3 वर्षदेखि 13 वर्षसम्मका नानीहरू छन्। शुरुमा अक्षर समेत चिन्न नसक्ने ति नानीहरूलाई केवल विद्यालयको भरमा मात्र होइन घरमा पनि पढाइनु पर्ने अनिवार्यतालाई कुनालले राम्रोसँग बुझेका छन्। यसैले तिनको परिवारका सदस्यहरूले नानीहरूको देखरेखसँगै शिक्षाका निम्ति पनि सह्योग पऱ्याइरहेका छन्।
अब तिनले यी नानीहरूलाई आधाबिचैमा छोड्न पनि सक्दैनन्। सँधैभरी नानीहरूलाई आफूसितै राख्ने अठोट गरेका कुनाललाई पनि आगामी दिनका चुनौतिहरू कठिन हुने कुरा राम्ररी अवगत छ। यदि कुनै पनि सङघ-सङ्स्था, व्यक्ति विशेष आदिले कुनाललाई सहयोग पुऱ्याए नानीहरूले उज्ज्वल भविष्य पाउनेछन्। सामाज सरकोरका दिशामा कुनालले गरिरहेको कार्य सम्पूर्ण युवाहरूका निम्ति प्रेरणाको स्रोत बनेको छ।&

Related Posts

0 Response to "कुनाल घतानीः युवाहरूमा प्रेरणाको स्रोत "बाईक किन्ने सपना नानीहरूको शिक्षाभन्दा ठूलो होइन""

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.