-->
गोजमुमो अध्यक्ष बिमल गुरुङलाई पक्राउ गरे पहाडमा आगो लाग्ने आशयका पोष्टरिङ्

गोजमुमो अध्यक्ष बिमल गुरुङलाई पक्राउ गरे पहाडमा आगो लाग्ने आशयका पोष्टरिङ्


डी डी के वाइबा, कालिमन्युज, 6 जुन 2015: मदन तामाङ हत्याको आरोपमा अदालतले आरोपित व्यक्तिहरुलाई पक्राउ गर्ने आदेश दिएपछि यता रात पर्दा पर्दै कालेबुङ शहरमा पोष्टरिङ भएको छ।
"यदि गोजमुमो अध्यक्ष बिमल गुरुङलाई कसैले पक्राउ गरे पहाडमा आगो लाग्नेछ -सम्पूर्ण जनता" भनि एउटा पोष्टरमा लेखिएको छ । यहाँको मेनरोड, डम्बरचौक लगायत अन्य स्थानहरुमा व्यापकमात्रामा गरिएको पोष्टरिङ्हरुमा यस्तै प्रकारका आशयका चेतावनीपुर्वक कुराहरु उल्लेख गरिएकोछ। अन्य कुनै एउटा पोष्टरमा "गोर्खाल्याण्डको साचो योद्धामाथि हत्याको आरोप लाग्यो भन्दैमा पहाडको जनता कदापी पछि हट्नेछैन,पहाडको जनता बिमल गुरुङको साथमा छ" भनि गोजयुमो कालेबुङ महकुमा समितिको नाउमा पोष्टरिङ गरिएको छ।
सम्पूर्ण जनता र गोजयुमो महकुमा समिति कालेबुङ्को नाउमा पोष्टरहरु कालेबुङ शहरको विभिन्न स्थानहरुमा व्यापकमात्रमा टासिएकोछ ।

0 Response to "गोजमुमो अध्यक्ष बिमल गुरुङलाई पक्राउ गरे पहाडमा आगो लाग्ने आशयका पोष्टरिङ्"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.