-->
मदन तामाङ हत्याकाण्डका आरोपीहरूलाई पक्राऊ गर्नुपर्ने न्यायालयको निर्देश न्यायिक प्रक्रियाप्रति हामी सन्तुष्ट छौँ – प्रताप खाती

मदन तामाङ हत्याकाण्डका आरोपीहरूलाई पक्राऊ गर्नुपर्ने न्यायालयको निर्देश न्यायिक प्रक्रियाप्रति हामी सन्तुष्ट छौँ – प्रताप खाती

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 6 जून। गोर्खालीग पार्टीका नेता मदन तामाङ हत्याकाण्डका आरोपीहरूलाई आगामी 20 दिनभित्रमा पक्राऊ गरेर न्यायालयमा हाजिर गर्नुपर्ने निर्देश कोर्टले दिएको छ।
सीबीआईले दर्ता गरेको चार्जसिटको आधारमा आज कोलकोताको ब्याङ्कशाला न्यायालयमा पहिलो सुनवाई भएको थियो। यस अवधी सीबीआईले चार्जसिटमा उल्लेखित हत्याका आरोपीहरूलाई पक्राऊ वारण्ट जारी गर्नुपर्ने न्यायालयमा आवेदन गरेको थियो भने उक्त आवेदनलाई न्यायालयले स्वीकार गर्दै सबै आरोपीहरूलाई पक्राऊ गर्नुपर्ने वारण्ट जारी गरेको छ।
न्यायालयले मदन तामाङ हत्याकण्डका आरोपीहरूलाई पक्राऊ वारण्ट जारी गरेपछि यता सनसनी छाएको छ। अर्कोतर्फ प्राप्त जानकारी अनुसार गोर्खा जनमुक्ति मोर्चाका कानूनी विशेषज्ञहरूको एउटा दल कोलकोतामा पुगेको छ भने उनीहरूले आज न्यायालयमा अन्तरिम जमानतको कुनै आवेदन गरेको थिएन। यद्यपी आगामी सोमबार भित्रमा मोर्चाको कानुनी विशेषज्ञको एउटा दलले न्यायालयमा अन्तरिम जमानतको अर्जी चढाउने सम्भावना रहेको छ।
यता आज न्यायालयमा सीबीआईले दर्ता गरेको चार्जसिटमा उल्लेखित व्यक्तिहरू सबैलाई पक्राऊ गर्न सीआरपीसीको धारा 76 अनुरूप पक्राऊ वारण्ट जारी गर्नुपर्ने आवेदन गरेपछि न्यायालयले उक्त सीबीआईको आवेदनलाई स्वीकार गर्दै पक्राऊ वारण्ट जारी गरेको हो। न्यायालयले चार्जसिटमा उल्लेखित गोजमुमो पार्टीका शिर्षस्थ आरोपी नेताहरूलाई पक्राऊ गर्नुपर्ने निर्देश दिएपछि गोर्खालिग पार्टीले खुशी व्यक्त गरेको छ। अभागोपी पार्टीका महासचिव प्रताप खातीले कानूनभन्दा ठूलो कोही नरहेको बताउँदै अदालतको कार्वाहीप्रति आफूहरू सन्तुष्ट रहेको टेलिफोनिक कुराकानीको क्रममा वताएका छन्।
“हामी न्यायालयको न्यायिक प्रक्रियाप्रति सन्तुष्ट छौँ। आरोपी व्यक्तिहरूलाई पक्राऊ वारण्ट जारी भएपछि कानूनभन्दा ठूलो कोही छैन भन्ने स्पष्ट बनेको छ। हामी यी सबै आरोपीहरूलाई झट्ट पक्राऊ गर्नुपर्छ भन्ने माग गर्छौँ” अभागोली महासचिव प्रताप खातीले भने।
उनले मदन तामाङ हत्याकाण्डका आरोपीहरू विरूद्ध सीबीआईले सबै प्रमाण हात पारेकै कारण चार्जसिट दर्ता गरेको बताउँदै आफूहरू न्याय पाउने कुरामा आशावादी बनेको दाबी गरे। कोलकोताको उच्च न्यायालयले चार्जसिटको सुनवाई गर्नुपर्ने आदेश दिएको कारण आज पहिलो सुनवाई भएको बताउँदै आरोपीहरूलाई 20 दिनभित्रमा पक्राऊ गरेर न्यायालयमा हाजिर गर्नुपर्ने निर्देश दिएको पनि खातीले जानकारी गराए।
गोजमुमो पार्टीका नेताहरूले गोर्खाल्याण्डको मुद्दा पैसामा बिक्री गरेर पैसा र बलको आधारमा जे पनि गर्न सक्छु भन्ने धारणा राखेको खातीले आरोप लगाउँदै अब उनीहरूको धारणा सबै गलत प्रमाणीत हुने पनि खातीले दाबी गरेका छन्।
उनिहरुलाई हत्याको अपराधको अपराधीक षडयंत्र, हत्या, अपराधिक उस्कानी, अनि अन्य अपराधको निम्ति सेक्सन 120 (b) लाई 150, 506, 302 आइपीसी संग . अनि अन्य 14 जनालाई हत्याको अपराधको अपराधीक षडयंत्र, गम्भिर हतियारहरु लिएर हुलदंगा मच्चाएको, हत्या गरेको सेक्सन 120 (b) लाई  आइपीसी 147, 148, 149, 427, 506, 302 संग पक्राउ गर्ने मुद्धा लगाइएकोछ। 

Related Posts

0 Response to "मदन तामाङ हत्याकाण्डका आरोपीहरूलाई पक्राऊ गर्नुपर्ने न्यायालयको निर्देश न्यायिक प्रक्रियाप्रति हामी सन्तुष्ट छौँ – प्रताप खाती"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.