-->
कालेबुङमा विश्व पर्यावरण दिवस पालन .... शहरमा मैला थुपार्ने व्यवस्था बन्द गरिने

कालेबुङमा विश्व पर्यावरण दिवस पालन .... शहरमा मैला थुपार्ने व्यवस्था बन्द गरिने

प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 5 जुन। विश्व पर्यावरण दिवस आज यहाँका विभिन्न सङ्घ-संस्था, शैक्षिक संस्थान लगायत सरकारी निकायले विविध कार्यक्रमरूसहित पालन गरे। संयुक्त राष्ट्रद्वारा घोषित पर्यावण दिवस विश्वस्तरमा नै सामाजिक जागृति ल्याउनका निम्ति पालन गर्ने गरिन्छ। यसदिन सम्पूर्ण विश्वमा नै पृथ्वीमा हरियाली ल्याउन अनि प्राकृतिक सम्पदाहरूको संरक्षण गर्ने दिशा काम गर्ने गरिन्छ। फलस्वरूप आज विश्व पर्यावरण दिवसलाई केन्द्र गर्दै कालेबुङ नगरपालिकाले पनि यहाँको मेलाग्राउण्ड माथिल्तिर रहेको मैला फ्याँक्ने ढ्वाङलाई बन्द गरेर उक्त ठाउँमा वृक्षरोपण गरेको छ।
विशेष गरी शहरमा जताततै मैला थुपार्ने गरेकाले शहर नै प्रदुशित हुने गरेको भन्दै नगरपालिकाले अस्थायी रूपमा डम्पिङ गर्ने व्यवस्था हटाउने भएको हो। नगरपालिका उपाध्यक्ष जायन लेप्चाले भने, शहरलाई सुन्दर राख्ने जिम्मेवारी सबै कालेबुङबासीको हो। जताततै मैला थुपारेको कारण पर्यटकहरूले समेत कालेबुङलाई लिएर नकारात्मक धारणा बनाइरहेका छन्। यसैले यी मैला फ्याक्ने ढ्वाङहरूमा मैला फ्याँक्न बन्द गरेर उक्त ठाउँमा वृक्षरोपण गरी शरहमा हरियाली फर्काउने नगरपालिकाको योजना रहेको लेप्चाले बताए।
आजको वृक्षरोपण कार्यक्रमअवधि नगरपालिका स्वास्थ्य अधिकारी एसडी जिम्बा, स्वास्थ्य निरिक्षण सञ्जय प्रधान लगायत नगरपार्षदहरूको विशेष उपस्थिति थियो। यसरी नै अर्कोतिर यहाँको एक सामाजिक संस्था हू केयर्सले पनि आज पर्यावरण दिवशको अवसरमा शहर सर-सफाई गरेको छ। यहाँको मेन रोड, ओङ्देन रोड लगायतका ठाउँहरूमा हू केयर्सका सदस्यहरूले सर-सफाई गरेका छन्।
यसै अवसरमा आज हू केयर्सकै सदस्य आनन्द लखोटियाले कालेबुङ मेनरोडका निम्ति 45 वटा गमला वितरण गरेका छन्। केही वर्षअघि पनि लखोटियाले शहरका निम्ति फूलका गमलाहरू वितरण गरेका थिए। तर गमला लगाएको केही दिन नबित्दै ती गमलाहरू शहरबाट हराउने गरेको छ। यसैले आज लगाइएको गमलाको सुरक्षालाई लिएर पहल गर्न आवश्यक देखिन्छ। नगरपालिका, हू केर्यस साथै आज कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयले पनि विद्यार्थाहरूलाई लिएर पर्यावरण सम्बन्धि जनचेतामूलक कार्यक्रम आयोजना गरेको थियो।
यस अवसरमा स्कूलका प्रधान शिक्षिका एसएस प्रधान, सह-शिक्षिका योगमाया खवास आदिले पर्यावरण संरक्षणको दिशामा विद्यार्थीहरूलाई जानकारी प्रदान गरेकी थिइन्। यस असवरमा स्कूलका विद्यार्थी प्रशान्ति विश्वकर्मले पर्यावरण संरक्षण सम्बन्धि कविता पनि वाचन गरिन्।

0 Response to "कालेबुङमा विश्व पर्यावरण दिवस पालन .... शहरमा मैला थुपार्ने व्यवस्था बन्द गरिने "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.