-->
कालेबुङमा म्यागी नूडल्सको बिक्रीमाथि प्रतिबन्ध

कालेबुङमा म्यागी नूडल्सको बिक्रीमाथि प्रतिबन्ध

प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 4 जुन। कालेबुङ नगरपालिकाले शहरमा म्यागी नूडल्सको ब्रिक्रीमाथि प्रतिबन्ध लगाएको छ। एक परिक्षणमा म्यागी स्वास्थ्यको निम्ति हानिकार रहेको कुरा पत्तो लागेपछि अहिले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यहरूमा म्यागीको बेचबिखनमा प्रतिबन्ध लगाइएको छ।
म्यागी नुडल्सलाई लिएर राष्ट्रिय मिडियाहरूमा दैनिक रूपमा नै खबर आइरहेको कारण यता कालबुङमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ। फलस्वरूप म्यागी नूडल्स बिक्री नगरिदिन कालेबुङ नगरपालिकाले सहरका रिटेलक अनि होलसेलरहरूलाई निर्देश गरेको छ|
आज नगरपालिका स्वास्थ्य विभागका अधिकारी एसडी जिम्बाको यसको जानकारी गराएका हुन्। उनले भने अनुसार सरकारबाट म्यागी बेचबिखन सम्बन्धमा कालेबुङमा नगरापालिकालाई कुनै आधिकारीक निर्देश आएको छैन। तरैपनि कालेबुङ नगरपालिकाले राष्ट्रिय मिडियाहरूको खबरको आधारमा शहरमा म्यागी बेचबिखानमा प्रतिबन्ध लगाइएको नगरपालिका स्वास्थ्य अधिकारी एसडी जिम्बाले बताएका छन्। डा. जिम्बाले म्यागीमा भेटिएको मोनो सोडियम गुरासेट अनि अजिनोमोटोको अत्याधिक मात्राको कारण हड्डी कमजोर हुने, नानीहरूलाई पढाइमा प्रभाव पार्ने, कड्नी-लिभरलाई असर गर्ने जस्ता रोगहरू लाग्ने भएको कारण परिक्षण नगरेका म्यागी लगायत अन्य नुडल्सहरू पनि नखाने डा. जिम्बाको सुझाउ छ।
नगरपालिकाले शहरमा म्यागी नुडल्सको बिक्रीमा प्रतिबन्ध लगाएपछि स्थानीय व्यापारीहरूले पनि म्यागी बेचबिखान बन्द गरेको छ। पत्रकारहरूसितको कुराकानीमा स्थानीय व्यापारीहरूले राष्ट्रिय मिडियामा खबर आएदेखि नै म्यागी बेचबिखन बन्द गरिदिएको दावी गरेका छन्। नेस्ले इण्डियाले बजारमा ल्याएको यस म्यागी नूडल्समा अत्यधिक मात्रामा लेड मोनो सोडियम गुरासेट अनि अजिनोमोटो भेटिएको कारण म्यागी सेवन गर्नु स्वास्थ्यको निम्ति हानिकार रहेको परिक्षणअवधि थाहा लागेको छ। जसले गर्दा दिल्लीमा बुधाबारदेखि म्यागीको बेचबिखनमा प्रतिबन्ध लगाइएको छ भने केन्द्र सरकारले म्यागी विषय राष्ट्रिय उपभोक्ता विवाद निवारण आयोगकहाँ परिक्षणका निम्ति पठाएको छ।
यसैले निवारण आयोगको परीक्षण रिपोर्ट नआएसम्म दिल्लीमा म्यागी नूडल्स बेचबिखनमा प्रतिबन्ध लगाइएको छ भने हालैमा बङ्गाल सरकारले पनि राज्यमा भित्रिएका म्यागी नूडल्स परीक्षणका निम्ति पठाएको छ।

Related Posts

1 Response to "कालेबुङमा म्यागी नूडल्सको बिक्रीमाथि प्रतिबन्ध"

  1. Maggi ma excess lead ra mono sodium glutamate vhetayeko chha. ani Mono sodium glutamate ra ajinomoto eutai chiz ho, jaslai hami huching pani vhanchau.

    ReplyDelete

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.