-->
साइबर क्याफेहरूमा मनपरि अनलाइन भर्ना फारमको दर

साइबर क्याफेहरूमा मनपरि अनलाइन भर्ना फारमको दर

प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 4 जुन। यसवर्षदेखि महाविध्यालयको पहिलो वर्षको भर्ना अनलाइन मार्फत गर्नसकिने प्रावधान रहेका कारण अहिले वियार्थीहरूले शहरका विभिन्न साइबर क्याफेहरूमा गएर फारम भरिरहेका छन्। तर फारम भर्ने शुल्क साइबर क्याफेहरूमा मनपरि लिइरहेको जनगुनासो छ। फलस्वरूप फारम भर्ने शुल्क समान रूपमा हुनुपर्ने भन्दै आज गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा अनि साइबर क्याफे सञ्चालनपक्षमाझ स्थानीय पार्टी कार्यालयमा एक बैठक सम्पन्न भएको थियो। 
बैठकमा स्थानीय साइबर क्याफे सञ्चालनपक्षसितै विद्यार्थी मोर्चाबाट महकुमा समितिका अध्यक्ष दिपेन थापा, सचिव समिर सुन्दास लगायत प्रतिनिधिहरू रोशन छेत्री निरेण गुरूङ, नविन खवास, अविनाश खवास आदिको विशेष उपस्थिति थियो। बैठकबारे जानकारी गराउँदै सचिव समिर सुन्दासले भने अनुसार अनलाइन फारम शुल्क समान रूपमा लिइने कुरामा साइबर क्याफे संचालनपक्ष अनि विद्यार्थी मोर्चामाझ सहमति बनेको छ। यसअघि एउटा फारम भर्न 70 देखि 180 रुपियाँसम्म लिने गरिन्थ्यो। तर अब कालेबुङ कलेजमा भर्ना हुन चाहने विद्यार्थीहरूका निम्ति फारम भर्न 70 रुपियाँ अनि क्लुनी महिला महाविद्यालयको निम्ति 150 रुपियाँ लिने कुरामा सहमति बनेको सुन्दासले जनाए। 
यसबाहेक विद्यार्थीहरूको सुविधाको निम्ति कालेबुङ कलेजमा विद्यार्थी मोर्चाले हेल्पलाइन सेवा पनि शुरू गरेको सुन्दासले थप बताएका छन्। यसबाहेक अबउसो विद्यार्थाहरूलाई स्कूल युनिफर्ममा गेम पार्लरमा भेट्टाइए सम्बन्धित पार्लरहरूलाई कार्यवाही गरिने विमोले चेताउनी दिएको छ।

0 Response to "साइबर क्याफेहरूमा मनपरि अनलाइन भर्ना फारमको दर "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.