-->
भुकम्प पीडितहरूलाई सहयोग गर्न आईतबार एड्रिन र परिक्रमाको साङ्गीतिक प्रस्तुति

भुकम्प पीडितहरूलाई सहयोग गर्न आईतबार एड्रिन र परिक्रमाको साङ्गीतिक प्रस्तुति

प्रज्जवल छेत्री , कालिमन्युज, कालेबुङ, 5 जुन। सन्त अगस्टिन स्कूलका पूर्व विद्यार्थीहरूको सङ्गठन सेसोनियन एल्युम्नाइ एशोसिएसनको आयोजनामा आगामी आईतबारको दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। यसदिनको कार्यक्रममा नेपाली सङ्गीत क्षेत्रका चर्चित गायक एड्रिन प्रधान अनि राष्ट्रिय स्तरका लोकप्रिय व्याण्ड परिक्रमाले आआफ्नो प्रस्तुतिले दिनेछन। 
बितेको १ मईको दिन हुने भनिएको यस कार्यक्रम नेपालका आएको विनाशकारी भुइँचालोपछि स्थागित गरेर आगामी आइतबार 7 जुनका दिन गरिने भएको हो। आज एक पत्रकार सम्मेलनअवधि सङ्गठनका अध्यक्ष अनुप लामाले उक्त कार्यक्रमबाट सङ्ग्रहित राशी नेपालका भुकम्पपीडित अनि मानव तस्करी जस्ता सामाजिक समस्या निवारणका निम्ति प्रयोग गरिने जनाएका छन्। अर्कोतिर गायक एड्रिन प्रधान अनि परिक्रमा व्याण्डका लिड गिटारिस्ट सोनाम शेर्पाले उक्त कार्यक्रम विशेष भुकम्पपीडितहरूका निम्ति भएको कारण कार्यक्रममा उपस्थित दिएर सहयोग पुऱ्याइदिन आह्वान गरेका छन्।

0 Response to "भुकम्प पीडितहरूलाई सहयोग गर्न आईतबार एड्रिन र परिक्रमाको साङ्गीतिक प्रस्तुति"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.