-->
बङ्गविभूषणले सम्मानित ल्याङसोङ ताम्साङलाई सम्बर्द्धना

बङ्गविभूषणले सम्मानित ल्याङसोङ ताम्साङलाई सम्बर्द्धना

प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 5 जुन। बङ्गाल सरकारले प्रदान गर्ने गरेको एक गरिमामय पुरस्कार बङ्गविभूषणले सम्मानित ल्याङसोङ ताम्साङलाई आज एक कार्यक्रमबीच टिस्टा रङ्गीत-पत्रिका परिवारले सम्बर्द्धना जनाएको छ। ताम्साङले हासिल गरेको उपलब्धी सम्पूर्ण पहाडकै उपलब्धी रहेको ठान्दै बहुभाषी पत्रिका टिस्टा रङ्गीत परिवारले ताम्साङलाई सम्बर्द्धना जनाएको छ।
स्थानीय टाउहलमा आयोजिक सम्मान समारोह कार्यक्रममा प्रमुख रूपमा उपस्थित बीटी कलेजका पूर्व प्राचार्य पीआर छेत्रीको बाहुलीबाट ताम्साङलाई खदा लगाएर प्रशस्ति-पत्र प्रदान गरियो। स्मरण गराइन्छ, ग्रामीण विकासका निम्ति गरेको योगादानको कदर गर्दै गत 20 मईका दिन राज्यपाल केशरीनाथ त्रिपाठीको बाहुलीबाट एमलडीबीका अध्यक्ष एलएस ताम्साङ बङ्गविभूषण पुरस्कारले सम्मानित भएका थिए। यसैले आज ताम्साङलाई सम्मान जनाइएको हो।
आज सम्मान समारोह कार्यक्रममा विभिन्न जातीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए। कार्यक्रममा इण्डिजिनियस लेप्चा ट्राइबल एशोसिएसनका अध्यक्ष दोर्जी टी. लेप्चा, गोर्खालीगका महासचिव प्रताप खाती, माकपा आञ्चलिक समितिका सचिव तारा सुन्दास लगायत विभिन्न सङ्घ-सस्था एवं जातगोष्ठीका प्रतिनिधिहरू उपस्थित थिए।

0 Response to "बङ्गविभूषणले सम्मानित ल्याङसोङ ताम्साङलाई सम्बर्द्धना"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.