-->
आतङ्क फैलाउनेहरूलाई प्रशासनले कार्वाही गर्नुपर्छ – प्रताप खाती.......    पहाडवासीले शान्ति बनाएर राख्ने भागोपको अपिल...

आतङ्क फैलाउनेहरूलाई प्रशासनले कार्वाही गर्नुपर्छ – प्रताप खाती....... पहाडवासीले शान्ति बनाएर राख्ने भागोपको अपिल...

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 10 जुन। मदन तामाङ हत्याकाण्डका आरोपित व्यक्तिहरू सीबीआईले आगमी दुई चारदिन भित्र पक्राऊ नगरे अभागोली अध्याक्ष एवं मदन तामाङकी धर्मपत्नि आमरण अनशन बस्ने भएको लीग महासचिव प्रताप खातीले बताएका छन्। उनले एक पत्रकार सम्मेलन डाकेर उक्त जानकारी दिँदै आरोपीहरूलाई यथाशिघ्र पक्राऊ नगरे गवाहीहरू असुरक्षित हुने दाबी गरेका छन्।
“उच्च न्यायलयले मदन तामाङ हत्याकाण्डका आरोपीहरूलाई जमानत दिएको छैन। यसैकारण सीबीआईलाई उक्त आरोपित व्यक्तिहरू झट्ट पक्राऊ गर्नुपर्छ भनेका हौँ” खातीले भने। उनले आरोपित व्यक्तिहरू विरूद्ध सीबीआईले प्रशस्त प्रमाणहरू बटुलेको कारण नै आरोप पत्रमा नाम दर्ता गरेको दाबी गर्दै झट्ट पक्राऊ गर्न पर्ने तिनले माग गरे।
आरोपित व्यक्तिहरूलाई गोर्खालीग पार्टीले झट्ट पक्राऊको माग गरेपछि यहाँ आफूहरूलाई जीटीएको चौकी ताकेको आरोप लगाएको बताउँदै गोर्खालीगले कहिल्यै जीटीएको चौकीमा राल नकाटेको तिनले बताए।
“जीटीए गोर्खालीगले जन्माएको नानी होइन। यसकारण यो मर्दा हामीलाई दुख हुँदैन। गोर्खालीग पार्टीका स्व मदन तामाङ बाँचेका भए मोर्चा नेताहरू जीटीएमा बस्न पाउनेथिएन। यसैकारण उनीहरूले नै राल काट्दैछन्। हामी गोर्खाल्याण्ड चाहन्छौँ अनि यो भन्दा अर्को बिकल्प स्वीकार गर्नेछैनौँ” प्रताप खातीले भने।
यसैक्रममा बोल्दै उनले पहाडमा हत्याकाण्डका आरोपित व्यक्तिहरूको बचावमा टाँसेको पोष्टरले जनतालाई आतङ्कित पार्ने कार्य भएको बाताउँदै यस्ता आतङ्क फैलाउनेहरूलाई पनि प्रशासनले कार्वाही गर्नुपर्ने माग गरे।
“गोर्खाहरूले हत्यारालाई सुरक्षा दिने काम कहिले गरेको छैन। तर आज यहाँ हत्याका आरोपीहरूलाई पक्राऊ गरे पहाडमा आगो लाग्नेछ भनि पोष्टरिङ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो” प्रताप खातीले अझ भने। 
तिनले पहाडका जनताले मदन तामाङले न्याय पाउनका निम्ति खुलेर अघि आउन नसके पनि हत्याराहरूले सजाय पाओस भनि प्रार्थना गरिदिने अपिल पनि गरेका छन्।

पहाडवासीले शान्ति बनाएर राख्ने भागोपको अपिल
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 10 जुन। अभागोली नेता मदन तामाङ हत्याकाण्डको मुद्दामा न्यायलयले आरोपीहरूलाई पक्राऊ गर्ने निर्देश दिएपछि दार्जीलिङ पहाडको वातावरण आतङ्कित बनेको छ। न्यायलयको उक्त आदेशपछि पहाडमा देखा परेको पोष्टरहरूले झनै वातावरण आतङ्कित बनेको हो।
यसक्रममा भारतीय गोर्खा परिसंघले सम्पूर्ण राजनैतिक नेता अनि जनतालाई शान्ति कायम राख्ने अपिल गरेको छ। भागोप राष्ट्रिय प्रवक्ता आर.मोक्तानले उक्त आपिल गर्दै मदन तामाङ हत्याकाण्डको मुद्दा न्यायलयमा पुगेको कारण यसबारे राजनैतिक नेताहरूले जनतालाई उक्साउने किसिमका बयान दिन नहुने पनि आह्वान गरेका छन्।
“मुद्दा न्यायलयमा पुगेको छ। यो न्यायिक प्रक्रियामा जे हुनेछ त्यसमा न्यायलयलाई सम्मान गर्नै पर्छ। तर यसबारे कसैले पनि भडकाऊ बयान दिएर शान्ति भङ्ग गर्नु हुँदैन” आर मोक्तानले भने। यसबारे सबैले धर्य बनाएर राख्नु पर्ने बताउँदै कुनै कारणवस शान्ति भङ्ग भए पहाडकै जनताले दुख पाउने तिनले बताए।

0 Response to "आतङ्क फैलाउनेहरूलाई प्रशासनले कार्वाही गर्नुपर्छ – प्रताप खाती....... पहाडवासीले शान्ति बनाएर राख्ने भागोपको अपिल... "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.